Friday, April 24सत्यम खबर
Shadow

नेपाल कमर्शियल आर्टिष्ट संघ नेतृत्वमा पौडेल

बब्लु शेख
नेपालगन्ज, १२, असार – गाभरमा नेपाल कमर्शियल आर्टिष्ट संघको जिल्ला भेला शनिवार सम्पन्न गरिएको छ । बाँके जिल्ला आर्टिष्टहरुको बृहत भेलाले नेपाल कमर्शियल आर्टिष्ट संघको केन्द्रीय महसचिव चत्रबहादुर कार्कीको प्रमुख अतिथ्यमा तथा केन्द्रीय सदस्य कमलराज श्रेष्ठ, जिल्ला सचिव केशव लामाको उपस्थितिमा नयाँ कार्य समिति गठन गरिएको छ ।


नारायण पौडेलको अध्यक्षतामा रहेको नयाँ कार्य समितिको उपाध्यक्षमा संजय चन्द ठकुरी, सचिवमा नरेश नेपाली, सहसचिवमा विजयकुमार गिरी तथा कोषाध्यक्षमा गणेश श्रीषलाई चयन गरिएको छ ।
यसैगरी, सदस्यहरुमा क्रमशः देवेन्द्र सिंह, सुरेश नेपाली, निजामुद्दीन बेहना, बब्लु शेष, मो. सरिफ शेष, टेकबहादुर नेपली, शुशिल बि.क, चन्द्रबहादुर रावत, डि.बी भण्डारी, राजेश परियारलाई चयन गरिनुका साथै सल्लाहहकारहरुमा– केशवराज गिरी, श्याम थापा, देवेन्द्र सिंहलाई चयन गरिएको जनाईएको छ ।


बाँके जिल्लाका कमर्शियल आर्टिष्ट संघको जिल्ला सचिव नरेस नेपालीबाट श्रमिकहरुको श्रमको उचित मुल्य नपाउनु, राज्यको कुनै पनि अंगमा श्रमिकको उचित पहिचान नपाउनु र राज्यले लगाएको विज्ञापन अन्तर्गत नगरपालिकाबाट उठाइने विज्ञापनका मनोमानी रकम उठाइने गुनासो गरेका छन् ।
उक्त कार्यक्रममा संगठनको औचित्य माथी प्रकाश पार्ने काम केन्द्रीय महासचिव चित्रबहादुर कार्की र केन्द्रीय सचिव सुबास केसीबाट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *