Sunday, June 28सत्यम खबर
Shadow

आस्था

चिनियाँ उच्च अधिकारीको चासो के

चिनियाँ उच्च अधिकारीको चासो के

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २८ असार – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ । ती भेटवार्तामा नेपाल-चीनबीच द्विपक्षीय सम्बन्ध, पार्टीगत सम्बन्ध, नेपालमा विदेशी चासो‚ चीनलाई पर्न सक्ने प्रभाव र एक चीन नीतिलगायत विषयमा कुराकानी हुने उच्च स्रोतले बतायो । साथै, उनले कम्युनिस्ट पार्टीहरूसँग भने पार्टी एकताको विषयमा जोड दिन सक्ने राजनीतिक वृत्तमा आकलन छ ।...
’नेपालमा चीनविरोधी कुनै पनि गतिविधि नहोस’ : प्रमुख लिउ

’नेपालमा चीनविरोधी कुनै पनि गतिविधि नहोस’ : प्रमुख लिउ

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २८ असार – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गरेका छन् । उनले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै बालुवाटार र सिंहदरबारमा भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पारेका हुन् । दुवै भेटवार्तामा उपस्थित कुटनीतिज्ञ तथा देउवाका अघिल्लो कार्यकालमा परराष्ट्र सल्लाहकार रहेका दिनेस भट्टराईले सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको बताएको जानकारी दिए । ‘नेपाली भूमिमा चीनविरोधी कुनै पनि गतिविधि हुन नपाओस्,’ लिउनलाई उदृत गर्दै भट्टराईले भने । भट्टराईका अनुसार कांग्रेस सभापति तथा प्...
भौतिक पूर्वाधार मन्त्री राईलाई सम्मान

भौतिक पूर्वाधार मन्त्री राईलाई सम्मान

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २८ असार – भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई मंगलबार स्वागत तथा सम्मान गरिएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका नवनियुक्त मन्त्री राईलाई नेपालगन्ज उपमहानगरपालिकाले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुलाई मन्त्री राईलाई स्वागत तथा सम्मान गर्दै बधाई ज्ञापन गर्नुभयो ।नगर प्रमुख विष्टले राईको कार्यकालमा नेपालगञ्जले लाभ पाउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले छोटो समयावधीमा पनि मन्त्री राईले नेपालगन्ज र बाँके जिल्लाका लागि दीर्घकालिन महत्व राख्ने योजना पर्ने आशा र अपेक्षा राखिएको बताउनुभयो ।उपप्रमुख कमरुद्धिन राईले मन्त्री राईको कार्यकालमा नेपालगन्जले विकासको थप फड्को मार्ने भन्दै यहाँ चक्...
बालबालिकालाई राम्रो र नराम्रो स्पर्शबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

बालबालिकालाई राम्रो र नराम्रो स्पर्शबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
धरान, २७ असार - रोट्रयाक्ट कल्ब अफ धरान घोपाले गरिमा डान्स ऐकेडमीको सहकार्यमा "राम्रो स्पर्श र नराम्रो स्पर्श" बारे शनिबार होटल रत्न इन, भानुचोक, धरानमा चेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ । बालबालिकाको मनमस्तिष्क निश्चल र पवित्र हुन्छ, उनीहरुमा सहि र गलत छुटाउने चेतनाको कमी हुन्छ । उनीहरुलाई सानैदेखि राम्रो र नराम्रो कुरा सिकाउने जिम्मेवारी हाम्रो हो । यसै उद्देश्यका साथ हामीले यस्ताे कार्यक्रमकाे आयाेजना गरेकाे रोट्रयाक्ट कल्ब अफ धरान घोपाले जनाएकाे छ । नेपालमा हरेक दिन औसतमा ६ बलात्कारका घटनाहरु दायेर हुन्छन् र यौन दुव्यर्वहारका घटना पनि दिनहुुँ सुनिन्छन् । यस्तो अवस्थामा बालबालिकालाई राम्रो र नराम्रो स्पर्शको बारेमा हामीले चेतना दिँदा यस्ता घटनाहरुमा केही अंशमा घट्न सक्ने हेतुले हामीले यो कार्यक्रम आयोजना गरेका रोट्रयाक्ट कल्ब अफ धरान घोपाले जनाएकाे छ । कार्यक्रममा ७ देखि १४ ...
अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

अनुसन्धानका लागि गण्डकी प्रदेश छुट्यायो १० करोड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
पोखरा, २७ असार – गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले सोमबार विशेष कार्यक्रम गरेर उनलाई सम्मान प्रदान गरिएको हो । उक्त अवसरमा प्रदेश प्रमुख गुरुङले ग्रामीण भेगमा जन्मेर पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनले महत्वपूर्ण योगदान पु¥याउन सफल भएको भन्दै प्रशंसा गरे । शिक्षण पेसामा आबद्ध हुँदा २०२८ सालतिर पुनसँग चितवनमा भेट भएको स्मरण गर्दै प्रदेश प्रमुख गुरुङले निरन्तरको लगावले पुन यो स्थानमा पुगेको बताए । गण्डकी प्रदेश सरकारले निकै राम्रो कामको थालनी गरेको भन्दै आगामी वर्षमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्...
ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेलको निर्देशन

ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन मुख्यमन्त्री पोखरेलको निर्देशन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
पोखरा, २७ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका टूस्ट तथा प्रतिष्ठानका नाममा रकम विनियोजन भएको नागरिकस्तरबाट व्यापक विरोध आएपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएको उनका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी र यस्ता कार्यक्रमहरुमा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन माननीय मुख्यमन्त्री ज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नु भएको व्यहोरा जानकारी गराइन्छ ।’गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रममा समाव...
दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजी जारी भारतीय एसएसबी पनि खोजि गर्दै, प्रमुख जिल्ला अधिकारी उपाध्याय

दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजी जारी भारतीय एसएसबी पनि खोजि गर्दै, प्रमुख जिल्ला अधिकारी उपाध्याय

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
दार्चुला, २७ असार – दार्चुलामा तुइन चुँडिएर बेपत्ता भएका युवकको खोजी कार्य जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनु भयो । गत बुधबार व्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका थिए । भारत गर्वाधारबाट खाने तेल किनेर घर फर्कँदै गरेका उनी तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको खम्बा टुटेर नदीमा बेपत्ता भएका थिए । बुधबारदेखि नै प्रहरीले उनको खोजी गरिरहेको बताएको छ । जिल्लाको लाली देखि दुम्लिङ सम्म ३० देखि ४० जना सम्म खटाएर खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जाएको छ । यता जिल्लाका ५ स्थानबाट सशस्त्र प्रहरीको डिजास्टर म्यानेजमेन्ट टे«निङ प्राप्त टोलि बेपत्ता सचिनको खोजी कार्यमा ल...
भारतद्वारा झुलाघाट पुल मर्मत गरिँदै

भारतद्वारा झुलाघाट पुल मर्मत गरिँदै

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
बैतडी, २७ असार – नेपाल –भारत सीमा जोड्ने झुलाघाटको झोलुंगे पुलको मर्मत कार्य शुरु भएको छ । महाकाली नदीमाथि रहेको झुलाघाट पुल जीर्ण भएपछि मर्मत कार्य शुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । दुवै देशका सुरक्षा अधिकारीहरुको बैठक बसेर पुल मर्मत गर्ने सहमति भएको उनले बताए । झुलाघाट पुलका केही पट्रीहरु टुटफुट भएकाले मर्मत कार्य शुरु गरिएको हो । भारत सरकारका तर्फबाट पुल मर्मत गर्ने कार्य भइरहेको सूचना अधिकारी भारतीले बताए । मंगलबारदेखि पुल मर्मत कार्य शुरु भएको र भोलि पुल मर्मतका लागि नाका बन्द हुन सक्ने सूचना अधिकारी भारतीले बताए । उनले भने ‘पुल मर्मत कार्य शुरु भइसकेको छ । भोलि दिनभर पुल मर्मतको काम हुने भएकाले पुल बन्द हुन सक्छ ।’ करीब डेढ सय बर्ष पुरानो झोलुंगे पुल त्यतिबेला इष्ट इण्डिया कम्पनीले निर्माण गरेको बताइन्छ । झुलाघाट नाका पुरानो ...
‘सिल्ली फो’ असार ३१ प्रदर्शनमा

‘सिल्ली फो’ असार ३१ प्रदर्शनमा

आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असार - ‘सिल्ली फो’ असार ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कमेडी विधामा आधारित फिल्म `सिल्ली फो´ मा केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दिपक थापा लगायत स्टार फिल्मको पोस्टरहरु सार्वजनिक गरिएको छ । राजबहादुर सानेको निर्देशित फिल्म चलचित्र हो । चारजना पात्रको मुख्य भुमिकामा जीवनमा आउने घुम्ती र संघर्षमा आधारित फिल्म शिक्षामूलक बनेको छ,’ निर्देशक सानेले भने । फिल्ममा केकीको भूमिका अहिलेसम्मकै पृथक रहेको उनले बताए । उता बाँके नेपालगन्जमा धेरै ठाउँहरु सुटिङ भएको उक्त फिल्ममा नेपालगन्जका धेरै कलाकारहरुले अभिनय रहेको छ भने तेहि अभिनयमा मुख्य भुमिका रहेका दिपक थापा यतिबेला नेपालगन्जक्षेत्रमा प्रचारप्रसारमा निकै लागि परेका छन । थापाले भनेका छन मेरो तेस्रो फिल्म रहेपनि यो शो हलमा लाग्ने पहिलो फिल्म हो तेसैले नेपालगन्जका दर्शकहरूले एक पटक यो फिल्म हेरेर प्रत...
हरिशयनी एकादशी / बकर इद एकै दिन

हरिशयनी एकादशी / बकर इद एकै दिन

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २६ असार –चतुर्मास व्रत को थालनी असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदै छ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चतुर्मास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ ।विष्णु भगवान् चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहूर्तहरू हुन्छन् । हरिशयनी एकादशीको महत्त्व आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्त्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । सृष्टिकर्ता भगवान् हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन ९सुत्न०...