Sunday, June 28सत्यम खबर
Shadow

आस्था

नेपालगन्जमा २०९ औं भानु जयन्ती मनाईयो

नेपालगन्जमा २०९ औं भानु जयन्ती मनाईयो

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ असार – नेपालगन्ज न्यूरोड स्थिति भानुभक्त चोकमा २०९ औं भानु जयन्ती समारोह सभ्य र भब्य तवरले मनाईएको छ । भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समिति एवम् भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज बाँकेको संयुक्त आयोजनामा भब्य र सभ्य रुपमा २०९ औं भानु जयन्ती समारोह आज बुधबार मनाईएको छ । नवनिर्मित भानुभक्ताको प्रतिमालाई प्रमुख अतिजिमार्फत माल्यर्पण गरेर मनाईएको २०९ औं भानु जयन्ती समारोहमा भानुभक्त आचार्यको जीवनबारे साहित्यकार हरि तिमिल्सिनाले प्रकाश पारेका थिए । कार्यक्रममा भानुभक्तचोक संरक्षण तथा व्यवस्थापन समितिका कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ साहित्यकार तथा लेखक सनत रेग्मी, साहित्यकार किरण कोइराला, खगेन्द्र गिरी “कोपिला” समाजसेवी मधु सुदन शर्मा, नरेन्द्र पिटरलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भानु चोक निर्माणमा सहयोग पु¥याए वापत विभिन्न सामाजिक...
बाल सुधार गृहलाई पुस्तक सहयोग

बाल सुधार गृहलाई पुस्तक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ असार – बाँकेको जयेन्दु बाल सुधार केन्द्रको पुस्तकालयलाई पुस्तक सहयोग गरिएको छ ।जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्दप्रसाद पाण्डेले मंगलबार सुधार गृहकी इन्चार्ज विमला काउचा मगरलाई १३ वटा पुस्तक हस्तान्तरण गरेका हुन् । सकारात्मक सोच, जीउने कला, अध्यात्म, योग, सीपमूलक तालिम, कृषि, लोकसेवा आयोग तयारी, कम्प्युटर शिक्षालगायतका विषयका पुस्तक रहेका छन् ।कार्यक्रममा प्रमुख पाण्डेले सुधार गृहका लागि पुस्तक संकलन अभियान नै सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।...
आर्ट अफ लिभिङद्वारा वृक्षारोपण

आर्ट अफ लिभिङद्वारा वृक्षारोपण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ असार – द आर्ट अफ लिभिङ नेपालगन्जले बाँकेको बाल सुधार गृहमा वृक्षारोपण गरेको छ ।डुडुवा गाउँपालिका–६ आसमानपुरमा रहेको सुधार गृहमा आयोजना गरिएको नव चेतना शिविरको समापनको अवसरमा मंगलबार वृक्षारोपण गरिएको हो । जिल्ला न्यायाधीश षडानन्द तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुधन न्यौपाने, जिल्ला हुलाक कार्यालय बाँकेका प्र्रमुख गोविन्दप्रसाद पाण्डे, आर्ट अफ लिभिङ नेपालगन्जका संयोजक संजय थापा, अधिवक्ता वसन्त गौतम, हरित अभियन्ता हेमन्तराज काफ्ले, बाल सुधार गृहका जग्गादाता जय किसन सिंहलगायतले वृक्षारोपण गरेका थिए । डिभिजन वन कार्यालय बाँके र हरित अभियन्ता काफ््लेले सितल चिनी, जामुनलगायतका विभिन्न थरीका ४५ वटा विरुवा सहयोग गरेका थिए ।...
बाल सुधार गृहको नव चेतना योग शिविर सम्पन्न

बाल सुधार गृहको नव चेतना योग शिविर सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ असार – बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा सञ्चालन गरिएको ५ दिने नव चेतना योग शिविर सम्पन्न भएको छ ।द आर्ट अफ लिभिङ नेपालगन्जले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र प्रिजन फाउण्डेसनको सहयोगमा सञ्चानल गरेको पाँच दिने शिविरको जिल्ला न्यायाधीश षडानन्द तिवारीले मंगलबार समापन गर्नु भएको हो । न्यायाधीश तिवारीले सकारात्मक सोच र सकारात्मक कर्म हुने हो भने कहिल्यै पनि तनाव नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुधार गृहमा बस्दा केही स्वतन्त्रताहरु मात्र खुम्चिए पनि अरु कुराहरु नरोकिएकाले राम्रो काम गरेर समाजमा पुनस्र्थापित हुनुहोस् ।’ सुधार गृहमा योग शिविर सञ्चालन गर्नु अत्यन्तै सह्रानीय काम भएको बताउँदै उहाँले सहभागीहरुलाई सिकेको कुरालाई हरेक दिन व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।सोही कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत...
१३ बुँदे माग राख्दै लोसपा रुपन्देहीले बुझायो ज्ञापनपत्र

१३ बुँदे माग राख्दै लोसपा रुपन्देहीले बुझायो ज्ञापनपत्र

आस्था, प्रदेश ५, राजनीति, समाचार
भैरहवा, २८ असार - विभिन्न १३ बुँदे माग राख्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) जिल्ला कार्यसमिति, रुपन्देहीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । गत जेठ २४ गते प्रधानमन्त्री देउवासमक्ष ज्ञापनपत्र दिइएकोमा हालसम्म पनि माग सुनुवाइबारे ठोस परिणाम नआएकाले सोमबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत ज्ञापनपत्र बुझाइएको लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्माले बताए । जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने र वैवाहिक अंगीकृतलाई वर्तमान कानून अनुसार नै नागरिकता दिने कार्य हालसम्म हुन नसकेकाले दु्रत गतिमा अगाडी बढाइ कार्यान्यवन गर्नुपर्ने, मधेश/थरुहट लगायत विभिन्न आन्दोलनमा लगाइएका झुटा मुद्दा फिर्ता गरी रेशम चौधरी लगायत राजबन्दीहरुलाई अविलम्ब रिहाई गर्नुपर्ने, विभिन्न उत्पीडित समुदाय मधेशी, थारु, आदिवासी, जनजात...
चिनको अबरोधको कारण पारवहन सम्झौता अझै कार्यनयन भएन

चिनको अबरोधको कारण पारवहन सम्झौता अझै कार्यनयन भएन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २८ असार –नेपाल र चीन बिच ब्यापार तथा पारबहन सम्झौता भएको छ बर्ष पूरा भैसक्दा पनि चीन सरकारको अबरोधको कारण अझै कार्यनयनमा आउन सकेको छैन । चीन हुँदै नेपालले तेस्रो मुलुक हरु सङ ब्यापार गर्न पाउने सुबिधा समेटिएको उक्त सम्झौताले चीन सरकारको अनिच्छाले गर्दा नेपालले उपयोग गर्न पाउने सुबिधा समेटिएको उक्त सम्झौता अहिले सम्म ब्यबहारिक रूपमा प्रयोग गर्न पाएको छैन । कोभिड १९ र आफ्नो निहित स्वार्थको लागि चीन सङका मुख्य नाकामा चिनले लगातार अबरोध गरेको कारण सो नाकाहरु बाट हुने ब्यापार नै सहज हुन सकिरहेको छैन ।पारबहन सन्धी चाहिँ गर्ने तर अबरोध पनि गर्ने चिनको दोहोरो चरीत्रले नेपालले ठूलो नोक्सानी बेहोरी रहेको छ।पारबहन सम्झौता अनुसार नेपालले चिनका ल्हासा,लान्झाउ र सिगात्से गरि तीस सुख्खा बन्दरगाह र तियान्जेन,लियान्युझ्याङ ,झाइजिङ्ग सेन्जेन गरि चार समुन्द्रीक बन्दरगाह प्रयोग गर्ने प्रा...
“नेपालमा अनावश्यक सक्रियता बढाउदै चीन”

“नेपालमा अनावश्यक सक्रियता बढाउदै चीन”

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २८ असार –चिनले आफ्नो बिदेस नितीमा नेपाल मिसनलाई प्रमुखता मा राखेको छ । केही महिना अघि संसदबाट अमेरिकी सहयोग परियोजना एम सि सि पास भए संगै नेपालका मुलधारका राजनैतिक दल विच भएको तीव्र धुव्रिकरणलाई आफु अनुकुल प्रयोग गर्दै नेपाल मिसनलाई सक्रिय तरिकाले भरपुर प्रयोग गर्न लागिपरेको छ । राजनैतिक संकट बढीरहेको बेला मै चिनिया राजदुतको सक्रियता र चिनिया विदेशमन्त्री वाङ यी को केही समय अगाडी भएको भ्रमणले धेरै कुराको अर्थ राख्छ । एम.सी सी लाई नेपालमा कार्यान्वयन हुन नदिन र चिनिया परियोजना वेल्ड एण्ड रोड इनिसिएटिभ – वि.आर.आई लाई सफल बनाउने रणनितीका साथ प्रक्रियागत रुपमा नै चिनको सक्रियतालाई लिन सकिन्छ । चिनको नेपाल नितिमा केही परिर्वतन हुन सक्ने सम्भावनाहरु बढेर गएको छ । तर नेपाल प्रतिको परराष्ट्र निती कस्तो हुने हो भन्ने कुरा नेपालका राजनैतिक दलहरुको व्यवहार लाई हेरेर मात्र तय गर्न...
“श्रीलंका को आर्थिक संकट र नेपालको सजकता”

“श्रीलंका को आर्थिक संकट र नेपालको सजकता”

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २८ असार –अहिले दक्षिण एसियाकै आर्थिक अबस्था सन्तोषजनक रहेको छैन किनकी एक पछि अर्को मुलुक चरम आर्थिक संकटको चपेटामा फस्दै गइरहेका छन। कुनै समय दक्षिण एसियाकै धेरै आय श्रोत भएको श्रीलंका चरम रूपमा आर्थिक र उर्जा संकटको सामना गरिरहेको छ।इन्धन समस्या त्यहाको सबै भन्दा ठूलो चुनौती बनेको छ र यहि उर्जा संकट रहिरहेमा अबको दुई चार दिन पछि श्रीलंकामा डिजल पेट्रोलको भण्डारण सकिदैछ। सरकारले समस्या समाधानको लागि कुनै प्रयासहरु अगाडि बढाउन सकेको छैन।भारत सरकारले श्रीलंका लाई केही आर्थिक सहायता गरिरहेको छ यस बाट श्रीलंका लाइ केही राहत मिलेको भए पनि दीर्घकालीन रुपमा आर्थिक संकटको समस्या समाधान गर्न श्रीलंका सङ्ग ठूलो चुनौती रहेको छ। श्रीलंकाको बिदेशी मुद्रा सन्चिती घटेको छ ।खाधान्न औसधि र इन्धन लगायतका अत्यावश्यक आयतका लागि डलरको सन्चिती छैन । दक्षिण एसियामा विभिन्न बिकासे परियोजना...
भारतीय सेनाबाट डरायो चीन, के हो कारण ?

भारतीय सेनाबाट डरायो चीन, के हो कारण ?

आस्था, प्रदेश ५, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २८ असार –भारतीय सेनाले चीन सीमामा शक्तिशाली रेडार राख्न लागेको सञ्चारमाध्यमहरूले खबर दिएका छन् । यस रेडारले पहाडपछाडि, उपत्यकाका कुनाकाप्चा र जंगलमा लुकाइएका हतियारको लोकेसन पत्ता लगाउने बताइएको छ । भारतीय सेनाले पहिला पनि त्यस्तो रेडार राखेको थियो तर अहिले त्यसको अप्ग्रेडेड माउन्टेन भर्जन राख्न लागेको हो । यसका लागि भारतीय सेनाले भारत इलेक्ट्रोनिक्स लिमिटेडलाई स्वाती वेपन लोकेटिङ रेडार बनाउन भनेको छ । यसको उपयोग अग्लो भूभागमा गरिनेछ । यसले शत्रुको आर्टिलरी, रकेट र मोर्टारहरूलाई ट्य्राक गर्नेछ ।पुरानो भर्जनको स्वातीको ४६ वटा युनिट भारतभरि तैनाथ गरिएको छ । यस रेडारले ३० किलोमिटर परबाट आएको आर्टिलरीलाई चिन्छ र त्यसको गति तथा दिशा पनि बताइदिन्छ । त्यस्तै चारदेखि ८० किलोमिटर टाढाबाट आएको रकेट वा सानो क्षेप्यास्त्रलाई पनि यसले ट्रेस गर्छ ।...
जसपा ‍‌‍औपचारिक फुट नजिक

जसपा ‍‌‍औपचारिक फुट नजिक

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, २८ असार – सत्तारुढ जनता समाजवादी पार्टीको विवाद फुट नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षबीचको विवाद विभाजनको सम्मुख पुगेको हो । यादव र भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । उपेन्द्र यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय समिति बैठक बोलाएका थिए । त्यसपछि संघीय परिषद् अध्यक्ष भट्टराई पक्षले भने काठमाडौंमा असार २८ र २९ मा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । काठमाडौंमा बस्ने बैठकमा भट्टराईले समसायमिक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन पेस गर्ने उनी निकट नेता विश्वदीप पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार छलफल हुने विभिन्न एजेन्डाहरू तय गरी बैठकको सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद् सदस्यलाई पठाइएको छ । उनले भनेका छन्, ‘जसपाको केन्द्रीय समितिको विस्तारित...