
धरान, २७ असार – रोट्रयाक्ट कल्ब अफ धरान घोपाले गरिमा डान्स ऐकेडमीको सहकार्यमा “राम्रो स्पर्श र नराम्रो स्पर्श” बारे शनिबार होटल रत्न इन, भानुचोक, धरानमा चेतनामूलक कार्यक्रम सम्पन्न गरेकाे छ ।
बालबालिकाको मनमस्तिष्क निश्चल र पवित्र हुन्छ, उनीहरुमा सहि र गलत छुटाउने चेतनाको कमी हुन्छ । उनीहरुलाई सानैदेखि राम्रो र नराम्रो कुरा सिकाउने जिम्मेवारी हाम्रो हो । यसै उद्देश्यका साथ हामीले यस्ताे कार्यक्रमकाे आयाेजना गरेकाे रोट्रयाक्ट कल्ब अफ धरान घोपाले जनाएकाे छ ।
नेपालमा हरेक दिन औसतमा ६ बलात्कारका घटनाहरु दायेर हुन्छन् र यौन दुव्यर्वहारका घटना पनि दिनहुुँ सुनिन्छन् । यस्तो अवस्थामा बालबालिकालाई राम्रो र नराम्रो स्पर्शको बारेमा हामीले चेतना दिँदा यस्ता घटनाहरुमा केही अंशमा घट्न सक्ने हेतुले हामीले यो कार्यक्रम आयोजना गरेका रोट्रयाक्ट कल्ब अफ धरान घोपाले जनाएकाे छ ।
कार्यक्रममा ७ देखि १४ बर्षका ३० बालबालिकाहरुको उपस्थिति रहेकाे थियोे । उनीहरुको २ समुह बनाई कहाँ छुन सहि र कहाँ गलत ? विषयमा पोस्टर र भिडियोको माध्यमबाट जानकारी दिएकाे रोट्रयाक्ट कल्ब अफ धरान घोपाका अध्यक्षले बताए ।
क्लब अध्यक्षका अनुसार उनीहरुलाई ओठ, छाति, दुई खुट्टाको बिच आदि र आफूलाई अप्ठ्यारो महसुस हुने अङ्गहरुमा छुनु नराम्रो स्पर्श हो भने सहजतापुर्वक हातमा, टाउकोमा छुनु राम्रो स्पर्श हो भनेर सिकाइएकाे बताए ।
त्यसेैगरी आफुलाई कसैले नराम्रो स्पर्श गर्दा आवाज उठाउने, नजिकैको अभिभावक वा ठुुलो मानिसलाई तत्काल त्यसबारे जानकारी गराउने बारे सहभागी बालबालिकाहरूलाई जानकारी गराईएकाे क्लाबले जनाएकाे छ । कार्यक्रम क्लबका अध्यक्ष ऋितिक राज पासवानको प्रमुख अतिथिमा सम्पन्न भएकाे थियाे । अमिसा पन्त, चाहाना पाठक, पिर्यान्सु यादव र सितल सिरीवास्तबको सहभागिता रहनुका साथै गरिमा डान्स ऐकेडमीका सञ्चालक मनिकुमार लिम्बुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
