Saturday, April 18सत्यम खबर
Shadow

‘सिल्ली फो’ असार ३१ प्रदर्शनमा

नेपालगन्ज, २६ असार – ‘सिल्ली फो’ असार ३१ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।

कमेडी विधामा आधारित फिल्म `सिल्ली फो´ मा केकी अधिकारी, धीरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दिपक थापा लगायत स्टार फिल्मको पोस्टरहरु सार्वजनिक गरिएको छ । राजबहादुर सानेको निर्देशित फिल्म चलचित्र हो ।

चारजना पात्रको मुख्य भुमिकामा जीवनमा आउने घुम्ती र संघर्षमा आधारित फिल्म शिक्षामूलक बनेको छ,’ निर्देशक सानेले भने । फिल्ममा केकीको भूमिका अहिलेसम्मकै पृथक रहेको उनले बताए ।

उता बाँके नेपालगन्जमा धेरै ठाउँहरु सुटिङ भएको उक्त फिल्ममा नेपालगन्जका धेरै कलाकारहरुले अभिनय रहेको छ भने तेहि अभिनयमा मुख्य भुमिका रहेका दिपक थापा यतिबेला नेपालगन्जक्षेत्रमा प्रचारप्रसारमा निकै लागि परेका छन । थापाले भनेका छन मेरो तेस्रो फिल्म रहेपनि यो शो हलमा लाग्ने पहिलो फिल्म हो तेसैले नेपालगन्जका दर्शकहरूले एक पटक यो फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *