Saturday, April 18सत्यम खबर
Shadow

चिनियाँ उच्च अधिकारीको चासो के

काठमाण्डौ, २८ असार – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ चारदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली‚ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

ती भेटवार्तामा नेपाल-चीनबीच द्विपक्षीय सम्बन्ध, पार्टीगत सम्बन्ध, नेपालमा विदेशी चासो‚ चीनलाई पर्न सक्ने प्रभाव र एक चीन नीतिलगायत विषयमा कुराकानी हुने उच्च स्रोतले बतायो । साथै, उनले कम्युनिस्ट पार्टीहरूसँग भने पार्टी एकताको विषयमा जोड दिन सक्ने राजनीतिक वृत्तमा आकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *