भारतको सहयोगमा निर्माण टेक्निकल इन्स्टिच्यूट भवनको उद्घाटन
काठमाण्डौ, ५ साउन – भारतको अनुदान सहयोगमा निर्माण भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको उद्घाटन भएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटका लागि निर्मित शैक्षिक भवनको आज संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ४ करोड ४१ लाख नेपाली रुपैयाँको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा भवनको निर्माण भएको हो । परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको हो । प्राविधिक शिक्षा तथा व्यव...









