Tuesday, October 22सत्यम खबर
Shadow

चीन-अमेरिकाले नेपाललाई खेलमैदान बनाउदै

काठमाण्डौ, ३ साउन –नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसिसी र एसपिपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफूअनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेलमैदान बनाउन लागेको बताएका हुन् ।

सांसद देवले नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरूले भन्न सक्नुपर्ने बताए । ‘सार्वभौमसत्ता सम्पन्न मुलुक नेपाल हो । हाम्रो विषयमा एमसिसी लिनुहुन्छ कि लिनुहुँदैन ? एसपिपीमा जानुहुन्छ कि हुँदैन ? यो अथवा त्यो रूपमा नेपाललाई प्लेइङ ग्राउन्ड बनाउनेतिर दुनियाँका शक्तिहरू त्यतातिर अग्रसर भएको छ,’ उनले भने, ‘नेताहरूलाई म ध्यानाकर्षण गर्न चाहन्छु । नेपाल यी शक्ति राष्ट्रहरूको प्लेइङ ग्राउन्ड नबनोस् । र, खुला रूपमा, स्पष्ट रूपमा नेपाल सरकार र नेपाली जनताले, नेपालका राजनीतिक पार्टीहरूले भनून् कि नेपालको कुनै पनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाली जनताको हो, तिमीहरू बोल्न पाउँदैनौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *