Friday, March 13सत्यम खबर
Shadow

भारतले घटाएर पठायो इन्धनको मूल्य

काठमाण्डौ, ३ साउन –भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ। आईओसीले आइतबार (जुलाई १७)मा निगमलाई पत्र पठाउँदै पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाइने जानकारी गराएको हो।

भारतले नयाँ मूल्यसूची पठाएसँगै अब एक लिटर पेट्रोल किन्न निगमको लागत १९५.१९ पैसा पर्ने भएको छ। प्रतिलिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ छ। यस्तै १ लिटर डिजेलको लागत १९३.९२ रुपैयाँ पुगेको छ भने मट्टितेलको लागत १६८.९७ रुपैयाँ पुगेको छ। यी दुवै पेट्रोलियम इन्धनको मूल्य १७२ तोकिएको छ।

यसैगरी आन्तरिक हवाइ इन्धनको लागत १५९.४४ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १३५.८ रुपैयाँ पुगेको छ। आन्तरिक हवाइ इन्धनमा १९० मा विक्री गर्दा निगमले १.६४५ डलरमा विक्री गरिरहेको छ।

खाना पकाउने ग्यासको लागत २३८२.४२ रुपैयाँ पुग्दा विक्री मूल्य १८ सय छ।

नयाँ मूल्य सूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १४.१९ रुपैयाँ, डिजेलमा २१ रुपैयाँ ९२ पैसा घाटा छ। ग्यासमा ५८२ रुपैयाँ घाटा रहेको बताइएको छ।

निगममा सञ्चित घाटा ४ अर्ब ३२ करोड पुगेकाले भारतबाट सस्तो भएर आएपनि मूल्य नघटाइने निगमको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *