भाजपाको स्वागतले प्रचण्ड प्रफुल्लित, अध्यक्ष जेपी नड्डासँग गरे यस्तो समझदारी
काठमाण्डौ, २ साउन – भारतको तीन दिने भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण फलदायी र उपलब्धीमूलक भएको बताएका छन् ।
नयाँदिल्लीस्थित दिनदयाल मार्गमा रहेको भाजपा मुख्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले ७ वर्षपछि भएको आफ्नो भारत भ्रमण राम्रो वातावरणमा फलदायी र उपलब्धिमूलक भएको बताएका हुन् ।
भाजपाको भव्य स्वागतले प्रफुल्लित प्रचण्डले आफू धेरै उत्साहित भएको पटक पटक दोहोर्याएका थिए । अध्यक्ष दाहालले थपे, ‘दुनियाँको सबभन्दा ठूलो पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा आएको हुँ । भाजपा मुख्यालयमा आएर यहाँको म्यानेजमेन्ट, पार्टी अफिस कसरी चलेको छ, व्यवस्थापन कस्तो भनेर बुझ्दा म उत्साहित छु ।’ अध्यक्ष दाहालले भाजपा मुख्यालयमा अध्यक्ष नड्डासँग दुई वटा समझदारीसमेत गरेका छन् ।
अध्यक्ष दाहालले दु...









