Monday, June 29सत्यम खबर
Shadow

आस्था

म्यान्मारको सैनिक अदालतद्वारा जापानी डकुमेन्ट्री निर्मातालाई १० वर्षको जेल सजाय

म्यान्मारको सैनिक अदालतद्वारा जापानी डकुमेन्ट्री निर्मातालाई १० वर्षको जेल सजाय

अपराध, आस्था, प्रदेश ५, विदेश, समाचार
काठमाण्डौ, २४ असोज –म्यान्मारको एक अदालतले जापानको डकुमेन्ट्री फिल्म निर्मातालाई १० वर्षको जेल सजाय सुनाएको छ। २६ वर्षीय टोरु कुबोटालाई देशद्रोहको आरोपमा ३ वर्ष र विधुतीय संचार कानुन उलंघन गरेको आरोपमा ७ वर्ष गरी कूल १० वर्षको सजाय सुनाएको हो। उनी पहिलोपटक गत जुलाइमा सरकार विरोधी र्यालीका क्रममा पक्राउ परेका थिए । उनीमाथि अध्यागमन कानुन उलंघन गरेको आरोप पनि छ। जुन अर्को हप्ता सुनुवाइ हुने भएको छ । जापानी समाचार एजेन्सी क्योडोका अनुसार म्यानमार सरकारले तोरु पर्यटक भीसा प्रयोग गरेर छिमेकी मुलुक थाइल्याण्डबाट म्यान्‍मार प्रवेश गरेको दावी गरेको छ। यसबाहेक उनले २०२१ मा सरकार विरोध प्रदर्शनमा पनि भाग लिएका थिए। उनले रोहिंग्या अल्पसंख्यकहरुको बारेमा पनि रिपोर्ट गर्ने गरेको पाइएको समाचार बीबीसीमा उल्लेख छ। म्यान्‍मारमा सैनिक विद्रोहपछि राजनीतिज्ञ, कार्यकर्ता र पत्रकारसहित १५ हजार बढि व्य...
सुदूरपश्चिम प्रदेशमा अझै एक हप्तासम्म वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेशमा अझै एक हप्तासम्म वर्षाको सम्भावना

आस्था, प्रदेश ५, मौसम, समाचार
दार्चुला, २४ असोज - सुदूरपश्चिम प्रदेशमा अझै एक हप्तासम्म वर्षाको सम्भावना रहेको छ । बुधवार रातिदेखि लगातार वर्षा भइरहेको वर्षा एक हप्ता लम्बिने भएको हो ।सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागहरूमा भइरहेको वर्षा अझै मध्यमदेखि भारी रूपमा एक हप्तासम्म हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशभर दसैँको समयमा मनसुन प्रणाली सक्रिय रहेकाले गत वर्ष झैँ यो वर्ष पनि प्रदेशमा पहाडी तथा तराई भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ । निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको सम्भावान भएकाले सबैमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । दार्चुला लगायत सुदूरपिश्चममा अहिले पानी परिरहेको छ ।...
‘खनाल र रौनियार’को स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

‘खनाल र रौनियार’को स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २४ असोज – बाँकेबाट धार्मिक आस्थामाथि विश्वास राख्ने व्यक्ति जो कट्टर हिन्दुवादी हुन्छ उसको भोट मलाई हिन्दु राष्ट्रको मुद्दासहित स्वतन्त्र उम्मेदवारी मनोनयन २ जनाले गरेका छन् । शिवसेना नेपालले बाँकेको क्षेत्र नं. २ बाट प्रत्यक्ष स्वतन्त्र उम्मेदवार खडा गरेको छ । बाँकेको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा हिन्दूत्वको नारा बोकेका दिवाकर शर्मा खनालले जिल्ला निर्वाचन आयोगमा आईतबार मनोनयन दर्ता गराएर आधिकारीक रुपमा उम्मेदवारी दिएका छन् । यस्तै शिवसेना नेपालको तर्फबाट बाँकेको क्षेत्र नं. २ (क) प्रदेशसभा सदस्य (प्रत्यक्ष) मा स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले मनोनयन दर्ता गराएका छन् । शिवसेना नेपाल बाँकेबाट उनीहरु दुवै जना स्वतन्त्र रुपमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । आईतबार बागेश्वरी मन्दिरको पार्कबाट ¥याली सहित उनीहरु मनोनयन दर्ता गराउन निर्वाचन आयोगमा पुगेका...
कार्वाहीको मागसहित भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षणः पठान

कार्वाहीको मागसहित भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षणः पठान

अपराध, आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २४ असोज – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आईतवार देशभर उम्मेदवार मनोनयन दाखिला गर्ने समय तालिका अनुसार बाँकेमा पनि दलहरु र स्वतन्त्रले भारी वर्षा र डुवानका वीच उम्मेदवारी दर्ता गराएका छन् । यसरी उम्मेदवारी दर्ता गराउने क्रममा जनमत पार्टीका तर्फबाट बाँके क्षेत्र नं.२ को प्रतिनिधि तथा प्रदेश सभा सदस्य उम्मेदवारी दर्ता गर्न जाँदा नेपालगन्ज रामलिला मैदान स्थित पशु कार्यालयमा रहेको निर्वाचन कार्यालय परिसर भित्र अज्ञात समुहले प्रतिनिधि सभा सदस्य बाबू खाँ पठान माथि धुलो खुर्सानी तथा ढुङ्गा मुडाद्वारा आक्रमणको घटनालाई लिएर आज पत्रकार सम्मेलन गरी शान्ति सुरक्षाको माग गर्दै आम जनताले मतदान गर्ने अधिकारी शान्तिपूर्ण तवरले गर्न पाउन भनी माग गरेका छन् । यसरी संविधानद्वारा प्रदक्त अधिकार अनुसार उम्मेदवारी हुन पाउने अधिकार माथि नै आक्...
माओवादी केन्द्र बाँकेका प्रभावशाली नेता–कार्यकर्ता जसपामा अग्रवाल र खड्कालाई प्रदेश सभाको टिकट

माओवादी केन्द्र बाँकेका प्रभावशाली नेता–कार्यकर्ता जसपामा अग्रवाल र खड्कालाई प्रदेश सभाको टिकट

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २४ असोज – नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा कार्यकर्ताहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मुस्लिम मुक्ति मोर्चाका अध्यक्ष अतहर हुसेन फारुकी र प्रदेश कमिटी सदस्य आदेश अग्रवालसहितका नेता–कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । अग्रवाल जनता समाजवादी पार्टीबाट बाँके निर्वाचन क्षेत्र नं २ (ख) का लागि उम्मेदवार पनि बनेका छन् । अग्रवाल उद्योग वाणिज्य संघ बाँकेका उपाध्यक्ष पनि हुन् । व्यवसायीहरू माझ लोकप्रिय रहेका अग्रवालको पार्टी प्रवेशसँगै जनता समाजवादी पार्टीबाट प्रतिनिधि सभा क्षेत्र नं २ बाँकेका उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई थप बलियो भएका छन् । त्यस्तै माओवादी निकट मुस्लिम समुदायको नेतृत्व गरिरहेका फारुकीको पार्टी प्रवेशले नेकपा माओवादी केन्द्रलाई ठूलो झट्का लागेको छ । प्रदेश सभा सदस्यको टिकट दिने वाचा...
यी हुन् बाँकेमा जसपाका उम्मेदवार

यी हुन् बाँकेमा जसपाका उम्मेदवार

आस्था, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, २४ असोज – जनता समाजवादी पार्टीले बाँकेका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको छ । ३ प्रतिनिधि सभा र ६ प्रदेश सभामा जनता समाजवादी पार्टीले एकल उम्मेदवारी दिएको हो । अन्य ठाउँमा गठबन्धन भए पनि बाँकेमा जनता समाजवादी पार्टी एक्लै चुनावी मैदानमा छ । बाँके क्षेत्र नं १ प्रतिनिधि सभामा जसपाबाट रामकुमार यादव उम्मेदवार बनेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नं १ (क) बाट अम्मर बहादुर खड्काले उम्मेदवारी दिएका छन् । उनी माओवादी केन्द्र त्यागेर आजै जसपा प्रवेश गरेका हुन् । त्यस्तै क्षेत्र नं १ को (ख) बाट लालबहादुर शाह उम्मेदवार बनेका छन् । प्रतिनिधि सभा क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राईले उम्मेदवारी दर्ता गराएका छन् । २ को (क) बाट भण्डारी लाल यादव र (ख) बाट आदेशकुमार अग्रवालको उम्मेदवारी परेको छ । अग्रवाल आजैमात्र माओवादी केन्द्र त्यागेर जसपा प्रवेश गरेका हुन् । त्यस्तै प्रति...
“बाढि प्रभावित क्षेत्रमा दिर्घकालिन रुपमा डुबानको समाधान खोज्ने प्रतिवद्धता ब्यक्त”

“बाढि प्रभावित क्षेत्रमा दिर्घकालिन रुपमा डुबानको समाधान खोज्ने प्रतिवद्धता ब्यक्त”

आस्था, प्रदेश ५, मौसम, राजनीति, समाचार, समाज
राप्तीसोनारी, २३ असोज – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढि प्रभावित क्षेत्रको निरिक्षण गरेका छन् । अविरल वर्षाका कारण आएको बाढिले पुर्याएको क्षतीको जानकारी लिन शनिबार बाँके आईपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल निरिक्षण गरेका हुन । निरिक्षणका क्रममा मन्त्री अथकले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानिय युवाहरुलाई अपिल गरेका छन् । अबिरल वर्षापछि राप्ती नदिमा आएको बाढिका कारण राप्तीसोनारी, नरैनापुर र कोहलुरको जनजिवन नराम्रोसँग प्रभावित भएको भन्दै मन्त्री अथकले राहात तथा उद्धारमा जुटन अपिल गरेका हुन । बाँके क्षेत्र नं. १ का सांसद समेत रहेका मन्त्री अथकले राहात र उद्धारको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिएका छन् । बाढि प्रभावित क्षेत्रको स्थलगत निरक्षणपछि केन्द्र सरकारको तर्फबाट प्रभावितहरुका लागी ठोस राहत घोषणा गर...
जय श्री राम शक्ति दल लाठी समितिको ३१औं वार्षिकाेत्सव एवम् खेलाडी सम्मान

जय श्री राम शक्ति दल लाठी समितिको ३१औं वार्षिकाेत्सव एवम् खेलाडी सम्मान

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
आकाश वैश्य, नेपालगन्ज, २२ असोज - जय श्री राम शक्ति दल लाठी समितिले दिन शनिवार नेपालगन्ज उद्योग वाणिज्य संघको सभाहालमा आफ्नो ३१औं वार्षिक उत्सव एवम् खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार वैश्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष मनोज श्रेष्ठले प्रभु श्रीरामको तस्बिर अगाडि दीप जलाई कार्यक्रमको समुद्घाटन गरेका थिए ।नेपाल शिव सेनाका नेता एवम् बाँके क्षेत्र नं २ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेद्वार दिवाकर शर्मा खनाल, नेपाल शिव सेनाका केन्द्रीय अध्यक्ष एवम् बाँके क्षेत्र नं. २ प्रदेश सभा (ख)का स्वतन्त्र उमेद्वार राजकुमार रौनियार, कसौधन वैश्य समाजका अध्यक्ष एवम् राप्रपाका केन्द्रीय सदस्य नन्दलाल वैश्य लगायतका नेता समाजसेवीहरुको उपस्थिति रहेको थियो । णप्रथम दिव्यांश वैश्य, ...
अबिरल वर्षाले जनजीवन अस्तव्यस्त, नेताहरु चुनावी एजेण्डा तय गर्न मस्त

अबिरल वर्षाले जनजीवन अस्तव्यस्त, नेताहरु चुनावी एजेण्डा तय गर्न मस्त

आस्था, प्रदेश ५, मौसम, राजनीति, समाचार, समाज
नेपालगन्ज, २१ असोज – तीन दिनदेखी अविरल परेको पानीले बबई नदीमा आएको बाढीले हुलाकी सडक अन्तर्गत गुलसरया–नेपालगन्जको विभिन्न स्थान खजुरा, इन्द्रपुर, उढरापुर, मानपुर लगायतमा बाढी पसेर सडक मात्र डुबान नभई आम सर्वसाधारणहरुको घर भित्र समेत पानी पसेर आवतजावत गर्न कठिनाइ भईरहेको छ । पूर्वबाट पश्चमि आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी गराउनुभयो । गुलरयिा नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्नेक्रम जारी रहेको स्रोतद्वारा जनाईएको छ । बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् । यता बाँकेको राप्ती नदीमा आएको बाढीले बाँके चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थान्तरण गराई दिएको छ । लगातार भईरहेको अबिरल वर्षाका कारण डुबानमा परेका ७५ घरपरिवारलाई स्थान्तरण गरिएको चौफेरीका स्थानीयद्वार...
भारत ‘स्टार्टअप हब’ को रूपमा स्थापित हुँदै

भारत ‘स्टार्टअप हब’ को रूपमा स्थापित हुँदै

आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
भारत ‘स्टार्टअप हब’ को रूपमा स्थापित हुँदै काठमाण्डौ, २१ असोज – सन् २०२१ भारतको लागि ‘युनिकोर्नको वर्ष’ थियो, जसमा ४३ स्टार्ट-अपहरूले एक बिलियन अमेरिकी डलरभन्दा बढीको मूल्यांकन हासिल गरेका थिए। २०१६ देखि ‘स्टार्ट-अप इन्डिया’ पहलको सुरुवातसँगै देशमा स्टार्ट-अप इकोसिस्टम गतिशील रूपमा विकसित भएको छ। २०१६ मा मात्र ४१७ स्टार्ट-अपहरूबाट सुरु भएर सन् २०२१ सम्म २० हजार १६० पुगेको छ। प्रत्येक वर्ष स्टार्टअपहरुको संख्या द्रुत रूपमा बढेको छ। ‘बाम्बू इन्डिया’ अश्विनी शिन्दे र योगेश शिन्देले पुनेमा आधारित स्टार्ट-अप हो। १५ अगस्त, २०१६ मा स्थापित यो उद्यमले बाँसको धारणालाई ‘गरीब मानिसको टिम्बर’ बाट ‘विद्वान मानिसको टिम्बर’ मा परिवर्तन गरेको छ। बाम्बू इन्डियाले प्लास्टिक उत्पादनहरूको प्रतिस्थापनको रूपमा धेरै नवीन बांस उत्पादनहरू उत्पादन गर्दछ, जसले वातावरण संरक्षणमा थप योगदान दिन्छ। बाँस इन्...