Thursday, January 15सत्यम खबर
Shadow

सुदूरपश्चिम प्रदेशमा अझै एक हप्तासम्म वर्षाको सम्भावना

दार्चुला, २४ असोज – सुदूरपश्चिम प्रदेशमा अझै एक हप्तासम्म वर्षाको सम्भावना रहेको छ । बुधवार रातिदेखि लगातार वर्षा भइरहेको वर्षा एक हप्ता लम्बिने भएको हो ।सुदूरपश्चिम प्रदेशका विभिन्न भू–भागहरूमा भइरहेको वर्षा अझै मध्यमदेखि भारी रूपमा एक हप्तासम्म हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशभर दसैँको समयमा मनसुन प्रणाली सक्रिय रहेकाले गत वर्ष झैँ यो वर्ष पनि प्रदेशमा पहाडी तथा तराई भू–भागहरूमा मध्यमदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको भनाई रहेको छ ।

निरन्तर वर्षा भइरहेकाले बाढी र पहिरोको सम्भावान भएकाले सबैमा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । दार्चुला लगायत सुदूरपिश्चममा अहिले पानी परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *