Friday, July 3सत्यम खबर
Shadow

आस्था

चीनमा अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ

चीनमा अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – चीनमा कोरोना संक्रमणको गति बढ्दै जाँदा त्यहाँका अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेका छन् । चिनियाँ अधिकारीहरुले संक्रमितको संख्या तुलनात्मक रुपमा तलै रहेको दाबी गरिरहँदा विश्व स्वास्थ्य संगठनले चीनका अस्पतालहरु बिरामीले भरिन थालेको र आइसीयुमा बिरामी राख्न पालो पर्खनु पर्ने अवस्था रहेको जनाएको छ । डब्ल्युएचओका आकस्मिक शाखाका प्रमुख डा। माइल रायनले अस्पतालहरु भरिने क्रम बढेको सूचना आईरहेकाले यथार्थ विवरण उपलब्ध गराउन चिनियाँ अधिकारीहरुलाई आग्रह गर्नुभएको छ । हप्तौंदेखि चिनियाँ अधिकारीहरुलाई भाइरस संक्रमणको सही सूचना दिन भन्दै आएको जानकारी दिंदै उहाँले डब्ल्युएचओ आवश्यक प्रबन्धका लागि तयार रहेको बताउनुभयो । जेनेभामा बोल्दै डा। रायनले खोप नै एक मात्र बच्ने उपाय भए पनि एकीकृत रणनीति बिना यो भाइरसलाई जित्न सकिंदैन भन्नुभयो । चीनमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको ...
रुस–युक्रेन युद्ध समाधानका लागि अमेरिका मोदीमा भर परेको छ

रुस–युक्रेन युद्ध समाधानका लागि अमेरिका मोदीमा भर परेको छ

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – महिनौं देखि जारी रहेको रुस—युक्रेन युद्धलाई समाधान गर्न अमेरिका जस्तो महाशक्ति देश अव भारतीय प्रधानमन्त्री माथि भर परेको छ ।युक्रेन युद्धमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोन वार्ता पछि अमेरिकाले भने, ‘हामी पीएम मोदीको कुरामा ध्यान दिनेछौँ, दुई देश विचको यद्ध समाधानको बाटोमा मोदी निर्णायक भुमिका निर्वाह गर्ने विश्वास अमेरिकाले लिएको बताइएको हो ।रुसले जारी गरेको विज्ञप्तिमा पुटिनले प्रधानमन्त्री मोदीको अनुरोधमा द्वन्द्वको मूल्याङ्कन गर्न प्रधानमन्त्री मोदीलाई जिम्मेवारी दिएको बताएको छ । प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिको पक्षमा भारतको अडानलाई दोहोर्याए । एविपी ।...
कांग्रेस र एमाले मिलि देशमा स्थायी सरकार बन्नुपर्छ : सूर्य थापा

कांग्रेस र एमाले मिलि देशमा स्थायी सरकार बन्नुपर्छ : सूर्य थापा

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ८ पौष – नेकपा (एमाले)का सांसद सूर्य थापाले कांग्रेस र एमालेले मिलेर सरकार बनाउन उपयुक्त हुने बताएका छन् । मुलुकको राजनीतिक स्थायित्व र दीर्घकालीन हितका लागि पनि दुई ठूला दलहरू कांग्रेस र एमाले मिलेर सरकार बनाउंदा राजनीतिक स्थायित्व हुने उनको तर्क थियो । बिहीबार प्रतिनिधिसभा सदस्यको शपथग्रहण गरेलगत्तै सांसद थापाले सञ्चारकर्मीमाझ सरकार कसको नेतृत्वमा बन्छ ? भनेर भन्न सकिने अवस्था अझै नरहेको बताए । सांसद थापाले मुलुकको दीर्घकालीन हित केन्द्रित भएर राजनीतिक दलहरू अघि बढ्नुपर्ने धारणा समेत राखे । उनले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर स्थायी सरकार बनाउंदा देश हित र बिकासका निर्णय लिन सहज हुने बताए ।...
भारतले कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

भारतले कुर्था–बिजुलपुरा रेलमार्ग छिट्टै नेपाललाई हस्तान्तरण गरिने

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ पौष – बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजुलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ । सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न नेपाल सरकारलाई जानकारी गरेको रेल विभागले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने कुरा सुरु गरेको विभागका प्रवक्ता (सिनियर डिभिजनल इञ्जीनियर) अमन चित्रकारले बताए । उनले भने, “अब छिट्टै नै यो खण्ड सरकारलाई हस्तान्तरण हुनसक्छ ।” बाँकी रहेका थोरै काम भारतीय पक्षले नै गर्ने प्रवक्ता चित्रकारले जानकारी दिए । पहिले हस्तान्तरण भएपछि नै बाँकी काम गरिसकिने उनको भनाइ छ । अहिले नै निर्माण शतप्रतिशत सकिएको नभए पनि जति संरचना सकिएको छ त्यो हस्तान्तरण गर्न भारतीय पक्षले भनेको उनले बताए । उनले भने, “हाम्रो तर्फबाट निर्णय भएपछि हस्तान्तरण हुनेछ ।” अहिले भारतको जयनगरबाट धनुषाको कुर्थासम्म...
भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण

भारतीय सेनाद्वारा नेपाली सेनालाई ‘ट्रेनिङ सिमुलेटर’ हस्तान्तरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ पौष – नेपाली सेनालाई भारतीय सेनाले ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेको छ । नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफ्टिनेन्ट जनरल जेएस सन्धुले बुधबार एकथान ड्राइभिङ सिमुलेटर र एकथान हतियार ट्रेनिङ सिमुलेटर हस्तान्तरण गरेका हुन् । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पुस ३ बाट नेपाल भ्रमणमा छन् । बुधबार सीतापाइला स्थित सेनाका यद्धकवच गणमा आयोजित समारोहमा बलाधिकृत रथी सरोज प्रताप राणालाई सन्धुले सहयोगस्वरूप सिमुलेटर हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । ट्रेनिङ सिमुलेटर कम्प्युटर सिस्टममा जडान गरिएको गाडी र हतियार मार्फत अभ्यास गरिन्छ ।...
भारतले नेपाललाई गहुँ आयात गर्न अनुमति

भारतले नेपाललाई गहुँ आयात गर्न अनुमति

आर्थिक, आस्था, प्रदेश ५, समाचार
काठमाण्डौ, ८ पौष – भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि बुधबार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । नेपालमा भारतमै उत्पादन भएको गहुँ चोरी भएर भित्रिँदा महङ्गो मूल्य तिर्नुपरेपछि व्यवसायी र नेपाल सरकारले वैधानिक बाटोबाट गहुँ ल्याउन दिन भारतसँग आग्रह गरेका थिए । नेपाली पक्षको आग्रहपछि भारतीय पक्ष पनि नेपाललाई गहुँ दिन सहमत भएको हो । बुधबार भारत सरकारको वैदेशिक व्यापार महानिर्देशनालयले २०२३ मार्च ३१ सम्मका लागि भारतबाट नेपालमा ५० हजार टन गहुँ निर्यात गर्ने अनुमति दिएको हो । त्यसैगरी महानिर्देशनालयले नेपाललाई ५० हजार टन गहुँ आयातका लागि आवश्यक विवरण उपलब्ध गराउनसमेत भनेको छ । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा गहुँक...
चीनमा कोरोना बढेपछि भारतमा मास्क लगाउन आह्वान

चीनमा कोरोना बढेपछि भारतमा मास्क लगाउन आह्वान

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड–उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् । शीर्ष स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर डोज लिन आग्रह गरेका छन् । संक्रमणको स्तरमा कमी आएपछि भारतले यस वर्षको सुरुमा मास्क लगाउने नियमहरू खुकुलो पारेको थियो । तर छिमेकी चीनमा मामिलाहरूको वृद्धिले देशलाई सतर्कतामा राखेको छ । पछिल्ला केही महिनाहरूमा भारतले बीएफ ७ का कारण चार वटा कोभिड–१९ मामिलाहरू रिपोर्ट गरेको छ । गुजरात राज्यमा तीन र ओडिसामा एक जनामा संक्रमण दखिएको र हाल उनीहरू निको भइसकेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण बढ्दो छ । यसै महिनाको सुरुमा सरकारले शून्य कोभिड नीति हटाएको थियो ।...
ओली र प्रचण्ड एकै ठाउँमा

ओली र प्रचण्ड एकै ठाउँमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, ७ पौष – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको सपथ पछि सरकार गठनको बाटो प्रसस्त देखिन्छ, हुन त चुनावपछि मतपरिणाम आउँदै गर्दादेखि नै सरकार कसको गठन हुने बारे चर्चा राजनीतिक दलहरु भित्र नभएको होइन, तर अब खुलेर मञ्चको भाषण मै फलानो–फलानो भनी सरकार गठन हुने ठोक्दै आईरहेका छन् ।विगत केही दिनदेखि बाम सरकार गठनको लागि नेकपा एमाले र नेकपा माओवादीका दोस्रो तहका नेताहरुले छलफल केन्द्रित गरेको भएपनि हालसम्म त्यसले कुनै सकारात्मक दिशा पाउन सकेको बताउँछन् । हुन त राजनीतिमा असम्भव भन्ने शब्द कहिल्यै हुँदैन यसको पुष्टि विगतका राजनीतिक गतिविधिले समेत प्रष्ट गरेको पाईन्छ ।अब आउने दिनमा बाम सरकार गठन भएको अवस्थामा प्रदेशहरुमा समेत बाम गठबन्धक कै सरकार गठन हुन सक्ने प्राप्त सांसदहरुको अंक गणितले देखाई रहेको छ । प्रदेश नं. १ देखि ७ वटै प्रदेशमा बाम गठबन्धनको सरकार गठन हुन कसैले रोक्न नसक्ने जानकारी न...
लभ, जिहाद र धोखा !, ४ बच्चाको जिम्मेवारी कसले लिने ?

लभ, जिहाद र धोखा !, ४ बच्चाको जिम्मेवारी कसले लिने ?

अपराध, आर्थिक, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ पौष – लभ, जिहाद र धोखा आजको मितिमा कुनै नौलो कुरा मानिएको छैन । भारतदेखि नेपाल छिरेको यो प्रेम सम्बन्ध थप प्रबल हुँदै गएको छ नेपालगन्ज उपमहानगरपालिका भित्र तर पनि सम्बन्धित संघसंस्थादेखि पुलिस प्रशासन समेत मौन रहेको पाईन्छ । पीडित केटी न्यायको लागि वडा नं. २१ मा आफ्नो दुःखेसो सुनाउँदै कुरा आजभन्दा ११ वर्ष अगाडी शुरु भएको सम्बन्धलाई लिन सकिन्छ । छिमेकी मित्र राष्ट्र भारतको संभ्रान्त परिवारबाट उत्तरप्रदेशको बलरामपुरदेखि बाजागाजासाथ नेपाल भित्रियाईएको थियो । उनको विवाह घरपरिवारको मिलेमतो (सहमति)मा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्रामा एक सम्मानित परिवारमा गरिएको थियो । तर बिडम्बना मान्नु पर्छ विवाह पछि केटा जडिया भएको रहेछ, उसलाई दारु खाने लत लागेको हुँदा उसको परिवारलाई इमरान खानले फकाई श्रीमानसित तलाक दिन लगाएको छ । तलाकपछि मैले विवाह गरी साथ दिउँला भनी बाचा गरेक...
प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यको वार्षिक पुण्यतिथी पाैष ९ गते हुने

प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्यको वार्षिक पुण्यतिथी पाैष ९ गते हुने

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ६ पौष - प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्यको वार्षिक पुण्यतिथिमा श्रद्धासुमन कार्यक्रम यही आईतवार पुष ९ गते उहाँको रानी तलाउ वडा नं. ७ स्थित आवास गृह अगाडि आयोजित हुने भएको छ । स्व. बैश्यको जन्म वि.स. २००१ मा भएको थियो उहाँको क्यान्सर रोगबाट वि.सं. २०७४।०९।०७ गते शुक्रवार दिन स्वर्गारोहण भएको थियो । यसरी उहाँको स्वर्गारोहण भएको झण्डै ६ वर्ष व्यतीत भईसकेको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. बैश्यको वार्षिक पुण्यतिथिमा सामाजिक सेवा कार्यका लागि केही वर्ष अघि प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल बैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज—७ जि.प्र.का. बाँकेबाट विधिवत दर्ता भएको थियो । यस प्रतिष्ठानको अध्यक्ष पदमा नन्दलाल बैश्य, उपाध्यक्ष पदमा अजयकुमार गुप्ता, सचिव पदमा रुद्र सुवेदी, सहसचिव पदमा आशा ढकाल, कोषाध्यक्ष पदमा अछरी पोखरेल, त्यस्तै नै सदस्य पदमा झलक गैरे, ग...