Tuesday, October 22सत्यम खबर
Shadow

चीनमा कोरोना बढेपछि भारतमा मास्क लगाउन आह्वान

काठमाण्डौ, ८ पौष – भारतका स्वास्थ्य मन्त्रीले सार्वजनिक स्थानमा मास्क लगाउने सहित कोभिड–उपयुक्त व्यवहारमा फर्किन आह्वान गरेका छन् । शीर्ष स्वास्थ्य अधिकारीहरूले पनि मानिसहरूलाई खोप लगाउन र बुस्टर डोज लिन आग्रह गरेका छन् ।

संक्रमणको स्तरमा कमी आएपछि भारतले यस वर्षको सुरुमा मास्क लगाउने नियमहरू खुकुलो पारेको थियो । तर छिमेकी चीनमा मामिलाहरूको वृद्धिले देशलाई सतर्कतामा राखेको छ ।

पछिल्ला केही महिनाहरूमा भारतले बीएफ ७ का कारण चार वटा कोभिड–१९ मामिलाहरू रिपोर्ट गरेको छ । गुजरात राज्यमा तीन र ओडिसामा एक जनामा संक्रमण दखिएको र हाल उनीहरू निको भइसकेका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

पछिल्लो समयमा चीनमा कोभिड संक्रमण बढ्दो छ । यसै महिनाको सुरुमा सरकारले शून्य कोभिड नीति हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *