Friday, July 3सत्यम खबर
Shadow

आस्था

प्रचण्डलाई प्रकाशमान सिंहको प्रस्ताव स् पहिलो कार्यकाल देउवालाई, दोस्रो तपाईं

प्रचण्डलाई प्रकाशमान सिंहको प्रस्ताव स् पहिलो कार्यकाल देउवालाई, दोस्रो तपाईं

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान खुमलटार पुगेर नेता सिंहले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डसँग भेट गरेको सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए।  उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ। प्रचण्डले पहिलो कार्यकाल आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडान कायम राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नेता सिंहलाई दूतको रूपमा खुमलटार पठाएका हुन्।  नेता सिंहले सहमति गरेर दोस्रो कार्यकाल प्रधानमन्त्री पद सम्हाल्न गरेको प्रस्तावलाई अस्वीकार गरेका छन्। उहाँ सिंहले पहिलो कार्यकाल देउवालाई प्रधानमन्त्री बनाएर दोस्रो कार्यकाल सम्हाल्न आग्रह गरे पनि अध्यक्षज्यूले पहिलो कार्यकालमा प्रधानमन्त्री पाउनुपर्ने अडान लिनुभयो। सहमति गरेर अगाडि बढ्नुपर...
भारत र अमेरिकाको रक्षा प्रमुखबीच द्विपक्षीय सहयोगबारे छलफल

भारत र अमेरिकाको रक्षा प्रमुखबीच द्विपक्षीय सहयोगबारे छलफल

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – भारत र अमेरिकाको रक्षा प्रमुख विच द्विपक्षीय सहयोग सम्बन्धमा छलफल भएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ ।भारत र चीनबीच सीमा क्षेत्रमा बढेको तनावको बीचमा अमेरिकाको संयुक्त चिफ अफ स्टाफ जनरल मार्क ए माइली र भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले द्विपक्षीय सहयोग बढाउने उपायहरूबारे छलफल भएको हो ।“दुई सैन्य नेताहरूले क्षेत्रीय र विश्वव्यापी सुरक्षा वातावरणको मूल्याङ्कन साझा गरे,” अमेरिकी संयुक्त कर्मचारी उप प्रवक्ता जोसेफ आर होल्स्टेडले भने ।...
चीनमा बेलगाम हुँदै कोरोना, लाखौं संक्रमित

चीनमा बेलगाम हुँदै कोरोना, लाखौं संक्रमित

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – कोरोना भाइरस नियन्त्रणका लागि जारी प्रतिबन्धहरू हटाइएको दुई सातामा चीनमै महामारीले भयाभय रुपमा फैलिएको छ ।कोरोनाविरुद्ध ‘शून्य सहनशीलता नीति’ अख्तियार गर्दै आएको चीनले डिसेम्बर ८ देखि सावधानीका विकल्पसहित लचकता अपनाउन थालेको थियो ।पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएपछि प्रदर्शन चर्केको थियो । भाइरस सम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन चर्काएका थिए ।उरुम्चीबाट सुरु भएको प्रदर्शन बेइजिङ, सांघाई, नान्जिङ, गोङजाउ, चोङकिङ लगायतका सहरमा फैलिएको छ । विश्वका अधिकांश देशले कोरोना सँगसँगै बाँच्ने नीति अख्तियार गरेपनि चीनले प्रतिबन्धहरू नहटाएपछि प्रमुख सहरहरूमा विरोध प्रदर्शन चर्केको थियो ।राष्ट्रपति सी जिनपिंगको राजीनामा माग्दै प्रदर्शन चर्किएपछि च...
चीन फर्कनुको कुनै अर्थ छैन, भारत सबैभन्दा राम्रो शान्तिप्रिय देश हो—दलाई लामा

चीन फर्कनुको कुनै अर्थ छैन, भारत सबैभन्दा राम्रो शान्तिप्रिय देश हो—दलाई लामा

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – तिब्बती अध्यात्मिक धर्म गुरु दलाई लामाले चीनलाई साफ शब्दमा सन्देश दिदै भनेका छन् की भारत विश्वको सबैभन्दा राम्रो र शान्तिप्रिय देश हो, चीन फर्कनुको कुनै अर्थ नरहेको बताएका छन् ।अरुणाचल प्रदेशमा भारतीय र चिनियाँ सैनिक बीच भएको झडपपछि चीनलाई आफ्नो सन्देशको लागि सोध्दा दलाई लामाले चीन फर्कनुको कुनै अर्थ नभएको बताएका हुन् ।“भारत विश्वको सबैभन्दा राम्रो ठाउँ, शान्तिप्रिय देश हो र कांगडा – पंडित नेहरूको रोजाइ – यो ठाउँ मेरो स्थायी निवास हो,” दलाई लामाले साफ शब्दमा चीनलाई सन्देश दिएका छन् । एएनआई ।...
तातोपानी नाका पूरै खुलाउने काम प्राथमिकतामा छ : प्रचण्ड

तातोपानी नाका पूरै खुलाउने काम प्राथमिकतामा छ : प्रचण्ड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले चीनसँगको व्यापारिक नाका तातोपानी नाका पूर्ण रुपमा खुलाउने काम प्राथमिकतामा रहेको बताएका छन्। सिन्धुपाल्चोक क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा नेतृत्वको टोलीले बुधबार खुमलटारमा नाका खुलाउनेबारे दिएको ज्ञापनपत्र बुझेपछि प्रचण्डले यस्तो बताएका हुन्। उनले २०७२ को भूकम्पपछि नाका खोल्ने विषयमा आफू लगातार लागिरहेको उल्लेख गरे। दोस्रो पटक प्रधानमन्त्री भएपछि आफूले चिनियाँ राष्ट्रपति सी चिन फिङसँग नाका खुलाउने विषयमा छलफल गरेको स्मरण गर्दै उनले तातोपानी नेपालीहरुको व्यवसाय र व्यापारिक दृष्टिबाट महत्वपूर्ण रहेको स्पष्ट गरे। चिनियाँ पक्षसँगको हरेक भेटमा तातोपानी नाका छलफलको विषय बनेको स्मरण गर्दै प्रचण्डले यसको ऐतिहासिक पक्षबारे पनि चीनलाई जानकारी गराइएको बताए। चिनियाँ राजदूत हाउ ...
देउवा को कोर्टमा ओली को बल, के सम्भव छ काँग्रेस एमालेको संयुक्त सरकार ?

देउवा को कोर्टमा ओली को बल, के सम्भव छ काँग्रेस एमालेको संयुक्त सरकार ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – मंसिर ४ गते भएको संसदीय निर्वाचनको मत परिणाम सार्वजनिक भईसकेको छ । ८९ सिट संगै सबभन्दा ठुलो दल बनेको नेपाली काँग्रेसले चुनावी गठबन्धनमा रहेका दलहरु सहित केहीं नया पार्टीको समेत समर्थनमा सरकार बनाउने आन्तरीक छलफलमा व्यस्त रहेको पाईन्छ । देशले छिटै नया सरकार पाउनु पर्ने संवैधानिक व्यवस्थाको बिच शिर्ष दलका नेताहरु निरन्तर सक्रिय भएका छन् । काँग्रेस संसदिय दलको नेता मा पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा चयन भएका छन । भने अर्को तिर दलहरू बिच पनि राष्ट्रपति, प्रधानमन्त्री , सभामुख लगायतका पदमा भागवण्डा मिलाउन तानातान भईरहेको छ । यसरी एक प्रकारको अन्यौलतामा रुमलिरहेको देशलाई पार लगाउने को होला भनि जनता विवशता पुर्वक हेर्न बाध्य छन् ।कांग्रेस संग सत्ता साझेदार रहेको तेस्रो ठुलो दल माओवादी केन्द्र ले पनि सरकारको नेतृत्व का लागि इच्छा जाहेर गरिसकेको छ । माओवादी अध...
पशुपति र तिरुपति जोड्दै काठमाडौं विश्वविद्यालय

पशुपति र तिरुपति जोड्दै काठमाडौं विश्वविद्यालय

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – काठमाडौं विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरु भारतमा पनि सञ्चालन गर्नको लागि आन्द्र प्रदेशको तिरुपतीस्थित श्री विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युट्स सँग लेटर अफ ईन्टेन्ड अर्थात आसय पत्रमा हस्ताक्षर गरेको छ । केयूले अन्तर्राष्ट्रियकरण अभियान अन्तर्गत योगिक साईन्स, हेल्थ मेनेजमेन्ट, हस्पिटालिटि मेनेजमेन्ट लगायतका कार्यक्रमहरु भारतीय शहरहरुमा संचालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्नेगरी आसय पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा केयुका सहकुलपति देवेन्द्र पौडेल र उपकुलपति प्रा. डा. भोला थापाको समुपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो । बुधबार भएको विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युटससंगको समझदारी पत्रमा केयु अन्र्तराष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख डा.उद्धब प्याकुरेल र विश्वेश्वरा योग रिसर्च ईन्ष्टिच्युटस का सचिव डा. एन श्र...
अफगानिस्तानमा महिलालाई विश्वविद्यालय प्रवेशमा लगाएको प्रतिबन्ध विरूद्ध प्रदर्शन

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय प्रवेशमा लगाएको प्रतिबन्ध विरूद्ध प्रदर्शन

आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – अफगानिस्तानमा महिलाहरुलाई विश्वविद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध विरूद्ध प्रदर्शनमा उत्रिएका ५ जना महिलाई तालिवान सरकारले पक्राउ गरेको छ । प्रदर्शन स्थलबाट ३ जना पत्रकार पनि पक्राउ परेका हुन् । गत मंगलबार तालिवान सरकारले महिलाहरूलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएपछि बुधबारदेखि विश्वविद्यालयका सुरक्षा गार्डहरूले पढ्न गएका महिलाहरूलाई कलेज प्रवेशमा रोक लगाएर फिर्ता पठाइरहेका छन् । बिहिबार राजधानी काबुलमा हिजाब लगाएका एक दर्जन महिलाहरू प्रतिबन्ध विरूद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिएकाका ५ जना महिलालाई पक्राउ गरिएको हो । तालिवानका महिला प्रहरीहरुले आफूहरूलाई कुटपिट गरेको पनि प्रदर्शनमा सहभागीहरुले बताएका छन्। प्रदर्शनमा महिलाहरूलाई केही पुरूषहरूले पनि साथ दिएको जनाइएको छ। विश्वविद्यालयका करिब ५० जना प्राध्यापकहरूले प्रतिबन्धको विरोध गर्दै राजीनामा समेत दिएका छन् । ...
चिनियाँ नागरिक मानव बेचबिखनमा …

चिनियाँ नागरिक मानव बेचबिखनमा …

अपराध, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो । चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभई मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो । मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार मानिसलाई धेरै तलब (डलरमा) प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पु¥याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा चिनियाँ नागरिक पनि संलग्न रहेको फेला परेको हो । यसरी दुई चिनियाँ नागरिकले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको खुलेको र उनीहरूले अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशङ्का...
भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा सैनिकको संख्या बढायो

भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा सैनिकको संख्या बढायो

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएको छ । तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्‍याइएको भारतीय विदेशमन्त्री एस जयशङ्करले बताउनुभएको छ । तर थपिएको सैनिक संख्या खुलाइएको छैन । विदेशमन्त्री जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो । चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । झडप भएको सीमा क्षेत्र अहिले शान्त रहेको छ । दुई देशले शान्ति कायम राख्नेबारे छलफल गरिरहेका छन् । भारत र चीनबीच अरुणाञ्चल प्रदेशकाे ३ हजार ४ सय ४० किलोमिटर सीमा क्षेत्रमा विवाद छ । सन् २०२० ...