Tuesday, October 22सत्यम खबर
Shadow

ओली र प्रचण्ड एकै ठाउँमा

काडमाण्डौ, ७ पौष – नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको सपथ पछि सरकार गठनको बाटो प्रसस्त देखिन्छ, हुन त चुनावपछि मतपरिणाम आउँदै गर्दादेखि नै सरकार कसको गठन हुने बारे चर्चा राजनीतिक दलहरु भित्र नभएको होइन, तर अब खुलेर मञ्चको भाषण मै फलानो–फलानो भनी सरकार गठन हुने ठोक्दै आईरहेका छन् ।
विगत केही दिनदेखि बाम सरकार गठनको लागि नेकपा एमाले र नेकपा माओवादीका दोस्रो तहका नेताहरुले छलफल केन्द्रित गरेको भएपनि हालसम्म त्यसले कुनै सकारात्मक दिशा पाउन सकेको बताउँछन् । हुन त राजनीतिमा असम्भव भन्ने शब्द कहिल्यै हुँदैन यसको पुष्टि विगतका राजनीतिक गतिविधिले समेत प्रष्ट गरेको पाईन्छ ।
अब आउने दिनमा बाम सरकार गठन भएको अवस्थामा प्रदेशहरुमा समेत बाम गठबन्धक कै सरकार गठन हुन सक्ने प्राप्त सांसदहरुको अंक गणितले देखाई रहेको छ । प्रदेश नं. १ देखि ७ वटै प्रदेशमा बाम गठबन्धनको सरकार गठन हुन कसैले रोक्न नसक्ने जानकारी नेताहरु बताउँदै आएका छन् भने अन्य दलहरुलाई समेत सहभागि गराई काँग्रेसलाई प्रतिपक्षको रुपमा लिन सकिने बताउँछन् ।
आज बिहीबार नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । शपथपछि संसद भवन बानेश्वरमा आयोजित चियापान समारोहमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका थिए ।
संसद सचिवालयले आयोजना गरेको चियापानमा प्रधानमन्त्री कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”, संसदका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणालगायत नेताहरू सहभागी थिए ।
चियापानमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड एउटै सोफामा बसेको दृश्य देखिएकोलाई राजनीतिमा फरक तवरले देखिएको जानकारीहरुको बुझाई रहेको पाईन्छ । अध्यक्षद्वय ओली र प्रचण्डले केहीबेर कुराकानी समेत गरेका थिए ।
सत्तारूढ गठबन्धनमा शक्ति बाँडफाँट नटुंगिएका बेला केही एमाले र माओवादी नेताहरूले वाम सरकार बनाउने विषयमा पनि पहल विगत केही दिनदेखि लगातार रुपमा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *