Friday, July 3सत्यम खबर
Shadow

आस्था

वडाध्यक्ष बर्माकाे सपना वडालाई कसरी सफल र सबल बनाउने, फिल्डमा आफै पुग्छन अनुगमन गर्न

वडाध्यक्ष बर्माकाे सपना वडालाई कसरी सफल र सबल बनाउने, फिल्डमा आफै पुग्छन अनुगमन गर्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ पाैष - नेपालगन्ज उपमहानगरपालिका भित्र अन्य वार्डहरू निन्द्रामा सुतिरहेकाे बेला वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्मा आफ्नाे वार्ड विकासका लागि अहाेरात्र खटि बाटाे, नाला निर्माण गराउन तल्लिन देखिएका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ काे विशाल चौक नजिक रहेको उज्जवल नगरमा आर.सी.सी नाला सहित सडक निर्माण कार्य चल्दै गरेकाे जानकारी गराउँदै वडाध्यक्ष बर्मा थप ६ ठाउँमा सडक निर्माण कार्य भइ रहेको बताउनुभयाे ।वडाध्यक्ष बर्मा सडक निर्माण कार्यका साथसाथै अन्य कार्यहरूलाई तदारूक्ताका साथ अगाडि बढाउँदै वार्डलाई कसरी सफल र सबल बनाउ सकिन्छ त्यसतर्फ याेजनाहरू आउने केही दिनमा सार्वजनिक गर्ने बताउनु भयाे ।वडाध्यक्ष बर्माकाे भनाई अनुसार जेष्ठ नागरिकले पाउनु पर्ने सम्पुर्ण सेवा उनकै घरआँगनमा पुर्याउने मात्र नभई निःशुल्क स्वास्थ्य सेवा समेत घर मै पुर्याउने व्यवस्थापन गर्न हामी हाम्राे टिम...
खेल्दै सिक्ने केन्द्रको समिक्षा नेपालगन्जमा सम्पन्न

खेल्दै सिक्ने केन्द्रको समिक्षा नेपालगन्जमा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ पौष – अनौपचारिक तथा बैकल्पिक शिक्षा अन्तर्गत सञ्चालित खेल्दै सिक्ने केन्द्रको १९ महिने समिक्षा कार्यशाला आज नेपालगन्जमा सम्पन्न भएको छ । जय पृथ्वी नमुना सामुदायिक सिकाई केन्द्र र समुन्नत नेपाल काठमाडौंको संयुक्त आयोजना, नेपालगन्ज उपमहानगरपालिकाको समन्वय र युनिसेफ नेपालको आर्थिक सहयोगमा समिक्षा बैठक सम्पन्न भएको छ ।शिक्षाको मुलधारबाट बाहिर तथा सडक र श्रमिक बालबालिका हरु लाई लक्षित गर्दै नेपालगंज उपमहानगरपालिका वडा न.८,१४,१९ र २० मा सञ्चालित खेल्दै सिक्ने केन्द्र लाई अब आउने सन् २०२३ बाट कुन दिशामा लैजाने कार्यक्रमका सहभागीहरुले छलफल गरेका हुन् ।समिक्षा कार्यशाला मा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले खेल्दै सिक्ने केन्द्रले गर्दै आएको कामको प्रशंसा गर्दै सबिधानले व्यवस्था गरेको हरेक बालबालिकालाई शिक्षा व्यवस्थालाई सुनिस्चित गर्न आवस्यक रहेको बताउदै खेल...
पार्टीको निर्देशनमा रहेर काम गर्ने प्रतिवद्धता

पार्टीको निर्देशनमा रहेर काम गर्ने प्रतिवद्धता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ पौष – नेकपा एमालेका केन्द्रिय सदस्य बाँके–सहइन्चार्ज माननिय दिपा शर्मा रुपाखेतीले सपथग्रहण लगत्तै आफ्नो गृहजिल्ला बाँकेमा प्रबेश गरी पार्टीको निर्देशनमा रहेर काम गर्ने प्रतिवद्धता गर्नु भएको छ ।उहाँले बाँके जिल्ला प्रबेशको सुरुवात मै कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालीकमा माल्यार्पण गरे पश्चात नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भएको स्मरण गर्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाइ सम्झीने क्रममा पार्टीले दिएको जिम्मेवार र पार्टीको निर्देशन अनुसार आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।त्यसको लगत्तै नेकपा एमाले पार्टी कार्यालयमा आयोजना गरीएको चियापान कार्यक्रममा सरिक भै नेता कार्यकर्ताको विच नेकपा एमाले लुम्बिनी प्रदेशमा पहिलो पार्टी भएका कारण एमालेको नेतृत्वमा सवै पार्टीका माननियलाइ समेटेर काम गर्ने जानकारी गराउँदै काम गर्ने क्रममा पार्...
जानकी २ मा साइकल वितरण कार्यक्रम सम्पन्न

जानकी २ मा साइकल वितरण कार्यक्रम सम्पन्न

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सकिल अहमद राईजानकी, ८ पाैष – बाँकेको जानकी गाउँपालिका वडा नं. २ को आयोजनामा आज शुक्रबार २० जना छात्राहरूलाई साईकल वितरण गरिएकाे छ । जानकी गाउँपालिका वडा नं. २ का २० जना छात्राहरूलाई जानकी गाउँपालिका वडा नं. २ बेलभारमा एक भब्य कार्यक्रमकाे आयाेजना गरि प्रमुख अतिथी गाउँपालिका वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताकाे हातबाट आज शुक्रबार हस्तान्तरण गरिएकाे छ । छात्राहरूलाई साईकल हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीकाे आशनबाट बाेल्दै वडा अध्यक्ष गुप्ताले भन्नुभयाे- वडाबाट गरिएकाे याे सानाे सहयाेगले छात्राहरूलाई पढाइ गर्न थप उर्जा प्रदान गर्नुका साथै घरदेखि विधालयसम्म पुग्न लाग्ने समयकाे समेत सदुपयाेग हुने विश्वास व्यक्त गर्नुभयाे । यसैगरी कार्यक्रमकाे उद्देश्य बारे जानकारी गराउँदै भन्नुभयाे- गाउँघरमा गरिबीका कारण, आर्थिक अवस्था कमजाेर हुनुकाे कारणले कतिपय घरपरिवारका छाेरीहरू कक्षा ५ भन्दामा...
चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन प्रतिबन्ध

चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन प्रतिबन्ध

अपराध, आस्था, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ पौष – सर्वोच्च अदालतको फैसलापछि जेलमुक्त भएका सिरियल किलर चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ।  उनलाई डिपोर्ट गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्।  शोभराजलाई शुक्रबार साँझ ६ बजेको फ्लाइटबाट फ्रान्स पठाउन लागिएको हो। उनलाई कतार एयरवेजमा राखेर लग्न लागिएको हो।  यस्तै अध्यागमन विभागले उनलाई नेपालमा १० वर्षसम्म आउन नपाउने गरी प्रतिबन्ध लगाएको कुमारीले बताइन्।  बुधबार सर्वोच्च अदालतले १९ वर्ष दुई महिना जेल सजाय भोगिसकेका शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको थियो। सम्भव भएसम्म त्यही दिन कैदमुक्त गर्न आदेश दिए पनि कागजी प्रक्रियाका कारण ढिलाइ भएको थियो।  कागजी रूपमा हिजै कैदमुक्त भएपनि उनी त्यहीँ बसेका थिए। आजमात्रै उनलाई अध्यागमन विभागमा पुर्‍याएको थियो। अध्...
आउदो तिन महिनामा चीनको ६० प्रतिशत जनता कोभिड–१९ बाट संक्रमित हुने, लाखौंको मृत्यु हुन सक्छ — विज्ञ

आउदो तिन महिनामा चीनको ६० प्रतिशत जनता कोभिड–१९ बाट संक्रमित हुने, लाखौंको मृत्यु हुन सक्छ — विज्ञ

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष –स्वास्थ्यवीदहरुको अनुसार आउदो तिन महिना भित्र चीनमा कोभिड–१९ बाट करिव ६० प्रतिशत जनताहरु संक्रमित भई लाखौं मानिसहरुको मृत्यु हुने छ ।चीनमा कोरोनाभाइरसका मामिलाहरूको ठूलो वृद्धिको बीचमा, महामारीविद् र स्वास्थ्य अर्थशास्त्री एरिक फिगल–डिङले आगामी ९० दिनमा चीनको ६० प्रतिशत भन्दा बढी मानिसहरु संक्रमित हुन सक्ने र लाखौंको मृत्यु हुने सम्भावना रहेको बताएको हो ।यसअघि, रिपोर्टहरूले भनेका थिए कि बेइजिङमा कोभिड–१९ बिरामीहरूको लागि तोकिएको शवदाहगृहहरू शवहरूले भरिएका छन् ।...
चीनमा कोभिड–१९ को प्रकोप विश्वका लागि चिन्ताको विषय — अमेरिका

चीनमा कोभिड–१९ को प्रकोप विश्वका लागि चिन्ताको विषय — अमेरिका

CoVid19, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष –चीनमा आउट अफ कन्ट्रोल हुदै गईरहेको कोरोना महामारीबाट विश्व समुदाय गम्भीर चिन्ता व्यक्त गरेका छन् ।अमेरिकाले चीनमा हालको कोभिड–१९ प्रकोपलाई सम्बोधन गर्न सक्ने आशा राखेको छ किनभने “चीनको जीडीपीको आकारलाई हेर्दा यो भाइरसको संख्या बाँकी विश्वका लागि चिन्ताको विषय बनेको हो, र चीनको अर्थतन्त्र” । कुनै पनि समयमा भाइरस फैलिरहेको छ, यसले उत्परिवर्तन गर्ने र जताततै खतरा निम्त्याउने सम्भावना छ, यो विश्व समुदायको लागि ठूलो चिन्ताको विषय रहेको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भने ।...
तवांग आमनेसामनेपछि भिक्षुहरूले चीनलाई चेतावनी दिए

तवांग आमनेसामनेपछि भिक्षुहरूले चीनलाई चेतावनी दिए

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – अरुणाचल प्रदेश जोडिएको एलएसी पार गरेपछि चिनियाँ सेनालाई भारतीय सेना संग भएको झड्पलाई लिएर बौद्ध भिक्षुहरुले चीनलाई चेतावनी दिएका छन् ।लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) पार गरेर भारतीय भु भागमा प्रवेश गरेपछि चिनियाँ सेनालाई भारतीय सेनाले मुहतोड जवाफ दिदा दुबै सेनाबीच झड्प भएका थिए । भारतीय र चिनियाँ सेनाबीच भएको झडपपछि तवाङ मठका भिक्षुहरूले चीनलाई चेतावनी दिदै भनेका छन् कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तिमीहरुको हर्कतलाई मुहतोड जवाफ दिने चेतावनी दिए ।“हामीलाई भारतीय सेनामाथि पूर्ण भरोसा छ, जसले तवाङलाई सुरक्षित राख्नेछ,” तवाङ मठका भिक्षु लामा येशी खाओले भने । “प्रधानमन्त्री नरेन्द्र मोदीले कसैलाई पनि छोड्ने छैनन् चिनियाँ सरकार सधैं अन्य देशको क्षेत्राधिकार भित्र प्रवेश गरेर उसको स्वाभिमान माथि आँच पुर्याउने कार्यमा लागि परेको हुँदा उक्त कार्यको भारतीय सेनाले मुहतोड ...
चीनमा फेरि कोरोना संक्रमण उच्च दरमा फैलिँदै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

चीनमा फेरि कोरोना संक्रमण उच्च दरमा फैलिँदै, डब्लुएचओद्वारा चिन्ता व्यक्त

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – चीनमा कोभिडसम्बन्धी प्रतिबन्धहरु एकाएक खुकुलो पारिएपछि देशव्यापी रुपमा कोरोना संक्रमण उच्च दरमा फैलिँदै गएको छ । कोरोनाको ताजा लहर आएको र अस्पतालहरु बिरामीले भरिँदै गएको भन्दै विश्वस्वास्थ्य संगठन डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका आपतकालीन प्रमुख डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीको संख्या तुलनात्मक रुपमा कम रहेको बताए पनि सघन उपचार कक्षहरु व्यस्त रहेको बताएका छन् । डब्लुएचओका महानिर्देशक टेड्रोस गेब्रिएससले चीनमा विकसित भइरहेको परिस्थितिप्रति विश्व स्वास्थ्य संगठन अत्यधिक चिन्तित रहेको बताएका छन् ।  उनले यथास्थितिको समीक्षा गर्न, रोगको गम्भीरता, अस्पताल भर्ती र संघन उपचार कक्षका आवश्यकताबारे चीनले विस्तृत जानकारी दिनु पर्ने बताएका छन् ।माध्यमले जनाएका छन् । चीनमा आगामी दिनमा कोरोना संक्रमण थप बढ्न सक्ने र आगामी वर्षमा दश लाखभन्दा बढी ...
चिनियाँ कार्यबाहक राजदूत वाङ सिन र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता

चिनियाँ कार्यबाहक राजदूत वाङ सिन र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ पौष – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यवहाक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देनलाई भेट्नका लागि कार्यबाहक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यलय पुगेका थिए । भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधि सभा निर्वाचनमा जित हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयिक विषयमा कुरा भएको बताइएको छ । चिनियाँ दूतावसा नेपालमा वामपन्थी सरकार बनोस् भन्ने कामनासहित नेताहरुसँगको भेटघाटमा लागेको छ । अध्यक्ष लिङ्देनलाई वाममोर्चाको सरकारलाई सघाउन आग्रह गरिएको पनि बुझिएको छ ।...