Friday, July 3सत्यम खबर
Shadow

आस्था

भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

भड्किलो सामान खरिद नगर्न प्रधानमन्त्रीको निर्देशन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुनै पनि भड्किलो सामान खरिद नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्रीले सचिवालयमार्फत कुनै पनि भड्किलो मालसामान खरिद नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार कुनै पनि नयाँ तथा भड्किलो सर सामान खरिद नगर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले प्रधानमन्त्री कार्यालयको स्वकीय सचिवालयमार्फत् उनको निवास व्यवस्थापन शाखालाई उक्त निर्देशन दिएको मल्लले जानकारी दिए। ...
नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएको छ। अध्यक्ष रञ्जिता श्रेष्ठका अनुसार राजनीतिक माग पुरा नभएसम्म पार्टी सरकारमा सहभागी नहुने भएको हो।  ‘हामी हाम्रो राजनीतिक मुद्दामा केन्द्रित छौँ। अहिले हामीले सरकारलाई समर्थन मात्रै गरेका हौँ। तत्कालै सरकारमा जाने हाम्रो सोच छैन,’ उनले सेतोपाटीसँग भनिन्। श्रेष्ठले आज डिल्लीबजारस्थित कारागार पुगेर रेशम चौधरीसँग छलफल समेत गरेकी थिइन्। ‘आजको भेटघाट कुनै राजनीतिक सवालमा केन्द्रित थिएन। सामान्य र नियमित भेट अर्न्तगत भएको हो,’ उनले भनिन्। नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा ४ जना सांसद छन्।...
तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितल निवासमा सोमबार उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ लिनेहरूमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र लामिछानेले गृह मन्त्रीको रूपमा शपथ लिएका हुन्। मन्त्रीका रूपमा शपथ लिनेहरूमा दामोदर भण्डारी, राजेन्द्र राई, अब्दुल खान र ज्वालाकुमारी साह छन्। मन्त्रीहरूको मन्त्रालय तोकिएको छैन।...
राप्रपा सरकारमा नजाने

राप्रपा सरकारमा नजाने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल तत्काल सरकारमा नजाने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार सञ्चालनका लागि अहिले समर्थन मात्र गरेको तर सरकारमा अहिले नै गई नहाल्ने बताएका छन् । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।...
अमेरिका र चीन बीच चर्किदै द्वन्द्व

अमेरिका र चीन बीच चर्किदै द्वन्द्व

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष –चीनले अमेरिकालाई रेड लाइन क्रस नगर्न चेतावनी दिएकाे छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको अलजजिराले जनाएको छ । उहाँले अमेरिकाले आफ्नो ‘एकतर्फी धम्कीको पुरानो दिनचर्या’ बन्द गर्नसमेत चेतावनी दिएकाे छ चेतवनी दिएकाे । अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई टेलिफोन कुराकानीमा वाङले यस्तो चेतावनी दिनुभएकाे हाे । वाङले अमेरिकाले चीनको विकास दबाउन खोजेको भन्दै आरोप पनि लगाउनु भएकाे हाे। अमेरिकाले ठूलो परिणाम प्राप्त गर्नका लागि गर्ने साना कदमहरूलाई लक्षित गर्दै चीनले त्यस्तो नगर्न चेतावनी दिएको हो । दुई ठूला देशका प्रमुखहरूले प्रत्यक्ष भेटवार्ता गरेको केही सातामै चीनबाट यस्तो चेतावनी आएको हो ।...
नेपाल र भारतबीचको सम्बन्ध अझै व्यापक र विस्तार हुनुपर्छ : उपराष्ट्रपति

नेपाल र भारतबीचको सम्बन्ध अझै व्यापक र विस्तार हुनुपर्छ : उपराष्ट्रपति

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध आपसी हितका विविध क्षेत्रमा अझै व्यापक र विस्तार गर्नुपर्ने बताएका छन् । शिक्षाप्रेमी महामना मदन मोहन मलवीयको १६१ औँ जन्मजयन्तीको अवसरमा महामना मालवीय मिसन–नेपालले यहाँ आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले नेपाल र भारतबीच सदियौँदेखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहुआयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल र भारतको सम्बन्ध जनस्तरसम्ममा पनि अत्यन्त प्रगाढ र विशिष्ट प्रकारको रहेको बताउँदै सम्बन्धले थप विकास र थप उचाइ लिने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनले नेपालमा पनि हिन्दू विश्वविद्यालय खोल्ने सन्दर्भमा थप पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने– “नेपालमा विश्वविद्यालय खोल्नका लागि सरकारले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ, सायद यो प्रक्रिया अन्तिममा पुगेको छ,...
चीनले दियो प्रचण्डलाई बधाई

चीनले दियो प्रचण्डलाई बधाई

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई चीनले बधाई दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले सामाजिक सञ्जालमार्फत् नेपालको ४४औँ प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका हुन् । उनले ट्विट गर्दै भनेका छन्, ‘अध्यक्ष प्रचण्डलाई नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई !!’...
चिनियाँ खाेप माथि प्रश्न चिन्ह ,बेइजिङमा कोरोना संक्रमण तीव्रता किन बढ्याे ?

चिनियाँ खाेप माथि प्रश्न चिन्ह ,बेइजिङमा कोरोना संक्रमण तीव्रता किन बढ्याे ?

CoVid19, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – चीनकाे आफ्नै खाेप प्रभावकारी नभएकै कारण दिनहुँ लाखौं कोरोना संक्रमीत बढ्दै गएकाेप्रति विश्व समुदायकाे ध्यानाकर्षण बढेकाे छ । स्वदेश निर्मित अरबाैं खाेप लगाएपनि चीनको बेइजिङ सहरमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। जाडो याममा श्वासप्रश्वाससम्बन्धी संक्रमणसँगै रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर संक्रमण बढ्दै गएको बताए। बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि संक्रमणबाट निको हुँदै गएका छन्। बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपतकालीन अवस्थाका बिरामी आउन...
बीआरआई असफलताको संकेत: सीपेक अन्तर्गतका परियोजना सामाजिक अस्वीकृतिमा

बीआरआई असफलताको संकेत: सीपेक अन्तर्गतका परियोजना सामाजिक अस्वीकृतिमा

आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ पौष – चीन पाकिस्तान इकोनोमिक करिडोर (सीईपीसी अथवा सीपेक) ले पाकिस्तानी घरधुरी र उद्योगहरूलाई निर्बाध र किफायती बिजुली आपूर्ति दिने अपेक्षालाई निराश पार्दै गएको छ । यसरी हेर्दा सीपीईसी अन्तर्गतका यी विद्युत् आयोजनाहरूको सामाजिक स्वीकृति बढ्दो दबाबमा आएको देखिन्छ । पाकिस्तानका घरेलु उद्योगहरु अवरोध र बढ्दो विद्युत आपूर्तिको समस्याले र बढ्दो मूल्यका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । कतिपय औद्योगिक क्षेत्रहरूमा दैनिक १६ घण्टासम्म लोडसेडिङका कारण औद्योगिक उत्पादन प्रभावित भएको छ । सीपेक अन्तर्गतका पाकिस्तानी ऊर्जा परियोजनाहरू आफ्नो विकास तालिका र शक्ति भन्दा पछाडि छन् भने पाकिस्तानमा उत्पादन र आपूर्ति वृद्धिको लागि आवश्यक पर्ने कुराको कमी छ । धेरै पर्यवेक्षकहरूले यदि सीपेक ऊर्जा परियोजनाहरू द्रुत रूपमा ट्र्याक गर्न सकिए निर्बाध विद...
“टुर डे ठाकुरद्वार” सचिवालय उद्घाटन

“टुर डे ठाकुरद्वार” सचिवालय उद्घाटन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ पाैष - नेपालगन्ज साइक्लिङ क्लबले हरेक बर्ष आयोजना गर्दै आइरहेको ‘टुर डे ठाकुरद्वारको’ ५ औं संस्करण यसबर्ष माघ २७–२८ गते हुने निश्चित भएको छ । आयोजक नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाका अनुसार, निर्धारित मितिमा आयोजना भव्य बनाउन तयारीलाई तिब्रता दिइएको छ । त्यसको औपचारिक कामलाई व्यवस्थित गर्दै तयारीलाई तिब्रता दिन, आइतवार टुर डे ठाकुरद्वारको सचिवालय उद्घाटन गरिएको छ । क्लब सचिव प्रदीप सापकोटाका अनुसार, नेपालगन्ज साइकल उत्सव अन्तर्गत आयोजना गर्न लागिएको टुर डे ठाकुरद्वार–२०७९ को सचिवालय लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले शनिवार उद्घाटन गरेका हुन् । क्लबका अध्यक्ष निरौलाले सचिवालय उद्घाटन सङ्गै अब आफुहरु कार्यक्रमलाई भब्य रूपमा आयोजना गर्न सम्पूर्ण रूपमा होमिएको बताए । उनले यसबर्ष कस्मिर, मुम्बई, दिल्ली, चन्डिगढ, लुधियाना, बरेली, लखनउ, पन्जाब, नैनिताल लगायतका...