नेपालगन्ज, ८ पौष – नेकपा एमालेका केन्द्रिय सदस्य बाँके–सहइन्चार्ज माननिय दिपा शर्मा रुपाखेतीले सपथग्रहण लगत्तै आफ्नो गृहजिल्ला बाँकेमा प्रबेश गरी पार्टीको निर्देशनमा रहेर काम गर्ने प्रतिवद्धता गर्नु भएको छ ।
उहाँले बाँके जिल्ला प्रबेशको सुरुवात मै कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालीकमा माल्यार्पण गरे पश्चात नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भएको स्मरण गर्दै संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाइ सम्झीने क्रममा पार्टीले दिएको जिम्मेवार र पार्टीको निर्देशन अनुसार आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।
त्यसको लगत्तै नेकपा एमाले पार्टी कार्यालयमा आयोजना गरीएको चियापान कार्यक्रममा सरिक भै नेता कार्यकर्ताको विच नेकपा एमाले लुम्बिनी प्रदेशमा पहिलो पार्टी भएका कारण एमालेको नेतृत्वमा सवै पार्टीका माननियलाइ समेटेर काम गर्ने जानकारी गराउँदै काम गर्ने क्रममा पार्टी भन्दा बाहिर नगइकन पार्टीको निर्देशनमा रहेर आफुले काम गर्ने प्रतिवद्धता गर्नु भएको हो ।
नेकपा एमाले पार्टी कार्यालयमा आयोजना गरीएको चियापान कार्यक्रममा बोल्दै नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले पार्टी हितमा रहेर काम गर्ने उजाँ र प्रेरणा मिलोस भन्दै उहाँलाई सम्मान तथा बधाइ ज्ञापन गर्नु भयो । उक्त कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटिका सदस्यहरु अछरी पोखरेल, बलिभद्र पुन जिल्ला कमिटि सदस्यहरु सरला विष्ट, मिना ढकाल, अनिता थापा, सुमन गिरी, उषा भण्डारी, मिनबहादुर मल्ल, नेकपा एमाले नगर कमिटिका सचिव मोहित शाह,वडा सदस्यहरु रामचन्द्र तिवारी, मैया तिवारी र युवाहरु लगायतले खादा र अविर लगाएर सम्मान गरेका थिए ।
पार्टी कार्यालयको भेटघाट पछि नेकपा एमालेका नेता पुर्व मन्त्रि स्व. दिनेश चन्द्र यादवको शब समाधि स्थल नरैनापुरमा पुगेर माल्यार्पण गदै स्व.यादवले देखाएको बाटोमा हिड्ने,उहाँका बाँकी सपना पुरा गर्ने, नरैनापुरको विकासलाइ ध्यानमा राखेर काम गर्ने प्रतिवद्धत ब्यक्त गर्नु भयो । मा.दिपा शर्मा रुपाखेतिले ३ वटा कामलाई प्राथमिकतामा राखेर तुरुन्तै गर्ने जानकारी गराउनु भयो ।
जसमा पहिलो पुष्पलालको शालिकलाई रङरोगन गर्ने दोस्रो महेन्द्र बहुमुखी क्याम्पस आफुले पढेको शिक्षा पाएको स्थान भएका कारण स्तरउन्नति र भेरी अस्पतालको प्रसुतिगृहको स्तरउन्नती गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको छ ।