नेपालगन्ज, ८ पौष – अनौपचारिक तथा बैकल्पिक शिक्षा अन्तर्गत सञ्चालित खेल्दै सिक्ने केन्द्रको १९ महिने समिक्षा कार्यशाला आज नेपालगन्जमा सम्पन्न भएको छ । जय पृथ्वी नमुना सामुदायिक सिकाई केन्द्र र समुन्नत नेपाल काठमाडौंको संयुक्त आयोजना, नेपालगन्ज उपमहानगरपालिकाको समन्वय र युनिसेफ नेपालको आर्थिक सहयोगमा समिक्षा बैठक सम्पन्न भएको छ ।
शिक्षाको मुलधारबाट बाहिर तथा सडक र श्रमिक बालबालिका हरु लाई लक्षित गर्दै नेपालगंज उपमहानगरपालिका वडा न.८,१४,१९ र २० मा सञ्चालित खेल्दै सिक्ने केन्द्र लाई अब आउने सन् २०२३ बाट कुन दिशामा लैजाने कार्यक्रमका सहभागीहरुले छलफल गरेका हुन् ।
समिक्षा कार्यशाला मा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले खेल्दै सिक्ने केन्द्रले गर्दै आएको कामको प्रशंसा गर्दै सबिधानले व्यवस्था गरेको हरेक बालबालिकालाई शिक्षा व्यवस्थालाई सुनिस्चित गर्न आवस्यक रहेको बताउदै खेल्दै सिक्ने केन्द्र लाई निरन्तर गर्न शिक्षा समिति र कार्यपालिका बैठकमा छलफल गरि यसलाई निरन्तर गर्नमा जोड दिनु भयो ।
नेपालगन्ज उपमहानगरपालिका वडा न. २० का अध्यक्ष कौशल धोबीले भन्नु भयोः खेल्दै सिक्ने केन्द्र हाम्रो वडाको लागि आवस्यकता हो हामीले यसलाई निरन्तर गर्ने पर्छ साथै खेल्दै सिक्ने केन्द्रबाट निस्केका लाई व्यवसायिक सिप सिकाउन एक अपरिहार्य रहेको जोड दिदै यसका लागि वडा बाट नै बजेट बिनियोजन गरि निरन्तर गर्न प्रतिबद्दता व्यक्त गर्नु भयो ।
नेपालगन्ज १४ का अध्यक्ष मजहर अली शाहले समेत खेल्दै सिक्ने केन्द्रलाई आवश्यकता रहेको औल्याउँदै यसको निरन्तरता लाई थप सहकार्य र समन्वय आवस्यक रहेको बताउनुभयो ।
नेपालगन्ज १९ का अध्यक्ष परशराम कुर्मीले कार्यक्रम बोल्दै भन्नु भयोः खेल्दै सिक्ने केन्द्र पहिलाभन्दा अहिले एकदम राम्रो हुदै गएको छ यसका लागि वडाले समेत सहयोग गरेको छ र आगामी दिनमा समेत हामीले खेल्दै सिक्ने केन्द्रलाई निरन्तर गर्ने छौ ।
कार्यशालामा समुन्न्नत् नेपालका पवन अधिकारीले प्रगति समिक्षा प्रस्तुत गर्दै स्थानीय सरकारले बिधालयमा रहेका र बाहिर रहेका बालबालिकाको वडा टोल अनुसारको तथ्यांक संकलन र त्यसको नियमित आवधिक र प्रमाणीकरण गर्न आवस्यक र स्थानीय सरकारले बिद्दमान ऐन कानुनमा भएको व्यवस्था अनुसार औपाचारिक तथा अनौपचारिक शिक्षाको माध्यमबाट कम्तिमा आधारभूत तह समाको अनिवार्य र निशुल्क शिक्षाको अधिकार सुनिश्चित गर्न पालिकाको नीति योजना र कार्यक्रम सहित अगाडी बढ्न आवस्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा तथा युवा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापा,नेपालगंज ४ का अध्यक्ष गोपाल पुन, वडा न.२ का अध्यक्ष मनोज श्रेष्ठ,वडा न.१३ का अध्यक्ष सुरेश सिंह ठाकुर,वडा म.१५ का अध्यक्ष मदन बिक्रम शाह,१६ का अध्यक्ष कालिम जोलाह,वडा न.९ का अध्यक्ष गोबिन्द रेग्मी,२१ का अध्यक्ष राजकुमार साहु लगायतको सरोकारवाला निकायको उपस्थिति रहेको समुन्नत नेपालका सुलभ गिरिले जानकारी दिनुभयो ।