Saturday, July 4सत्यम खबर
Shadow

आस्था

भेरी रकर्स र कोहलपुरको सहज जित

भेरी रकर्स र कोहलपुरको सहज जित

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – नेपालगन्ज मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भेरी रकर्स र कोहलपुर स्पोर्टस एकेडेमीले जित हासिल गरेका छन् ।कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भेरी रकर्सले रनियापुर युवा क्लबलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको रनियापुरले १७.६ ओभरमा १० विकेटको नोक्सानीमा १ सय ६ रन बनाएको थियो । रनियापुरका लागि नफिज खानले अविजित ३४ रन र इरफान खानले ३४ रनको योगदान गरे । भेरी रकर्सका सहिब अन्सारीले ४ विकेट, सुरज दासले ३ विकेट र रकिन राना मगरले २ विकेट लिए । जवाफमा भेरी रकर्सले १४.१ ओभरमा १ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । भेरीका लागि साहिद अन्सारीले ६३ रन, समसुद्धिन अन्सारीले २४ रन र सद्धाव अन्सारीले अविजित १७ रन बनाए । रनियापुरका समसुद्धिन खानले १ विकेट लिएका थिए । खेलमा भेरी रकर्सका साहिद अन्सारी प्लेयर अफ द म्याच घोषित भए ।अर्को खेलमा कोहलपुर क...
विज्ञान र प्रविधिमा नयाँ वहसको सृजना गर्दै सकिएको हिमालयन साईन्स फेस्टिवल

विज्ञान र प्रविधिमा नयाँ वहसको सृजना गर्दै सकिएको हिमालयन साईन्स फेस्टिवल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ फागुन – विज्ञान र प्रविधिको विकासको निम्ति विद्यालयस्तरबाटै वातावरणको निर्माण गर्न सन्देश दिदैं दोस्रो हिमालयन साईन्स फेस्टिवल नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ ।विद्यार्थीहरुले आविष्कार गरेका नयाँ खोजहरुलाई प्रोत्साहन गर्दै सकिएको फेस्टिवलले नेपालमा विज्ञान र प्रविधिको विकासका बारेमा नयाँ वहसको सुरुआत गरेको छ ।आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष एवम् फेस्टिवल संयोजक आतंक बस्नेतले उत्साह जनक रुपमा फेस्टिवलको दोस्रो संस्करण सकिएको बताए । उनले भने, ‘हामी निकै खुसी छौं । विज्ञान र प्रविधिको क्षेत्रमा नेपालगन्जबाट नयाँ वहसको सुरुआत भएको छ । विद्यालयहरुको सहभागिता निकै उत्साहजनक रुपमा भयो । गत संस्करणको तुलनामा प्रोजेक्टहरु पनि उत्कृष्ट आए । यसले विद्यार्थीहरुमा नयाँ खोज, अनुसन्धान गर्ने बानीको विकास भएको छ । र अनुसन्धानमा लागेका विद्यार्थीलाई आफनो प्रोजेक्ट देखाउने फेस्टि...
सुरु भयो दोस्रो हिमालयन साईन्स फेस्टिवल

सुरु भयो दोस्रो हिमालयन साईन्स फेस्टिवल

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३ फागुन – नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ अनुसन्धान गरिरहेका विद्यार्थीलाई उत्प्रेरणा प्रदान गर्न आयोजना गरिएको हिमालन साईन्स फेस्टिवलको दोस्रो संस्करण नेपालगन्जमा सुरु भएको छ ।मंगलबार नेपाल सरकारको सुचना तथा संचार प्रविधि मन्त्री रेखा शर्माले लुम्बिनी प्रदेश स्तरीय फेस्टिवलको उद्घाटन गरिन् । प्रविधिको प्रयोग गर्दै रिर्मोटबाट दिप प्रज्वलन गरेर प्रमुख अतिथि शर्माले फेस्टिवलको उद्घाटन गरेकी थिईन् ।अबको युग प्रविधिको भएकोले राज्यले विज्ञान र प्रविधिको विकासमा ध्यान दिनु पर्ने अवस्था रहेको मन्त्री शर्माले बताईन । राज्यले अब नयाँ खोज, अनुसन्धान र प्रविधिको विकासको योजना बनाएर काम गर्नेमा उनले जोड दिईन । मन्त्रीले शर्माले भनिन, ‘हामीलाई एउटा सफटवेयर आवश्यक पर्दा विदेशमा बनाउनु पर्ने अवस्था छ । अहिलेको युगमा संसारसँग प्रतिस्पर्धा गर्ने हो भने त्यो प्रविधि हो । हामीले विकास र...
फुल्टेक्रा तालमा पहेलों र लालपेटी ईट्टाको प्रयोग, सम्बन्धित निकाय किन मौन ?

फुल्टेक्रा तालमा पहेलों र लालपेटी ईट्टाको प्रयोग, सम्बन्धित निकाय किन मौन ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ फागुन – दशकौंदेखि पानी मुहानको रुपमा प्रयोग हुँदै आईरहेको फुल्टेक्रा ताल हाल लथालिंग अवस्थामा पुगेको छ गैर जिम्मेवार निकायहरुले गर्दा ।बाँके जिल्ला अदालतबाट आदेश भई संरक्षण सम्बद्र्धनको जिम्मा पाएको नेपालगन्ज उपमहानगरपालिकाले फुल्टेक्राबासीहरुको जनचाहना अनुसार कार्य नगर्दा यस्तो अवस्थाको सृजना भएको फुल्टेक्रा संरक्षण समितिका अध्यक्ष मदनराज शर्माको भनाई रहेको छ ।शर्माका अनुसार ताल संरक्षण गर्ने नाममा जनताको करोडौं बजेट तालको चारैतिरबाट वाल लगाएर बर्बाद गर्नुभन्दा चारै तिर माटो र ईट्टाले कान्ति तालमा बनाए जस्तै बाटो गराएर सहज रुपमा स्थानीयहरु बिहान व्यायाम गर्न सक्ने गरी बनाउ“दा ताल संरक्षण हुनुका साथै स्थानीयहरुलाई स्वास्थ्य लाभ समेत हुने थियो ।हाल फुल्टेक्रा तालमा फुल्टेक्रा तलाब वाउन्डरी वाल निर्माण योजना अन्तर्गत वाउन्डरी वाल निर्माण गर्ने जिम्मा सौरभ कन्ट्क्सनले पाएको छ । त...
खुल्दैंछ चीनको डरलाग्दो चालः बीआरआई परियोजनाका उद्देश्यहरू किन निरन्तर हुँदैछ परिवर्तन ?

खुल्दैंछ चीनको डरलाग्दो चालः बीआरआई परियोजनाका उद्देश्यहरू किन निरन्तर हुँदैछ परिवर्तन ?

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ फागुन – चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) उद्देश्यहरु लगातार परिवर्तन हुदैं गएको छ । जानकारहरुले चीनले विस्तारै आफ्नो वास्तवीक चरित्र देखाउन सुरु गरेको बताए । चीनको बीआरआईको इतिहास लेखिन्छ या लेखिन्न भन्ने निश्चित छैन । विश्व अर्थतन्त्रको ठूलो भागलाई बेइजिङमा जोड्न डिजाइन गरिएका यो परियोजनाले नेटवर्क निर्माण गर्न एक ट्रिलियन अमेरिकी डलर भन्दा बढी खर्च गरेपछि यसमा दरार आउन थालेको छ।बीआरआईको कोष सुक्दै गएको छ । विद्यमान परियोजनाहरू खण्डित हुँदैछन् र बीआरआई लागु गरिरहेका देशहरु ऋणमा डुबिरहेका छन् यसले केही राष्ट्रहरूलाई चिनियाँ प्रभाव विरुद्ध खुलेर विद्रोह गर्न नेतृत्व गरिरहेको छ। नरम भइरहेको विश्वव्यापी आर्थिक दृष्टिकोणलाई ध्यानमा राख्दै बीआरआईको भविष्य र बीआरआईको स्थानीय चुनौतिहरूलाई समेट्न चीनले निकट भविष्यमा आफ्नो विदेश नीति प्रयासहरूलाई कसरी केन्द्रित गर्न सक्छ भ...
नेपालप्रति बढ्दै अमेरिकाको चासो

नेपालप्रति बढ्दै अमेरिकाको चासो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ फागुन – देशमा भर्खरै कम्युनिष्ट छाप भएको सरकार गठन भएपछि अमेरिकाको चासो नेपालप्रति बढ्दै गइरहेको देखिन्छ। यहाँ कम्युनिस्ट प्रभाव भएको सरकार बने पनि अमेरिकाले नेपाललाई आफ्नो पक्षमा ल्याउने प्रयासमा कुनै कमी देखाएको छैन । पूर्वनिर्धारित कार्यक्रमअनुसार अमेरिकाका पदाधिकारीहरूको नेपाल भ्रमण जारी छ। युएस एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी )की प्रशासक सामन्था पावर मंगलबार नेपाल आइपुगेकी छन् । यसैबीच अमेरिकाको उप-सहायक विदेश मन्त्री अफरीन अख्तर एक सातापछि यहाँ आउने जानकारी आएको छ। उनी फरवरी १४ देखि दुईदिने नेपाल भ्रमणमा आउनेछन् । उनी अमेरिकी विदेश मन्त्रालयमा नेपाललगायत दक्षिण एसियाका धेरै देशसँग सम्बन्धित मामिलाको जिम्मेवारीमा छन् । केही दिनअघि अमेरिकी राजनीतिक मामिलाका लागि उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले काठमाडौंको भ्रमण गर्नुभएको थियो । उनले यहाँ विभिन्न राजन...
चीनले दोहोराउनेछ ‘गुल्जा नरसंहार’: उइगर मुस्लिमलाई उठिबास लगाउने चीनको प्रयास

चीनले दोहोराउनेछ ‘गुल्जा नरसंहार’: उइगर मुस्लिमलाई उठिबास लगाउने चीनको प्रयास

अपराध, आस्था, धार्मिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ फागुन – चीन विश्वमा आफ्नो साम्राज्य फैलाउन चाहन्छ र एकछत्र शासन गर्न चाहन्छ। तर चीनले जहिले पनि आफूभन्दा सानोलाई अवहेलना गर्दै आइरहेको छ। यसको उदाहरण खोज्न टाडो जानु पर्दैन। चीनमा उइगर मुसलमानहरूको अवस्थालाई हेर्दा चीनको चरित्र र कार्यनीति स्पष्ट हुन्छ। चीनमा उइगर मुस्लिमहरूमाथि अत्याचार बढ्दै गएको छ । अहिले चिनियाँ अधिकारीहरूले खुलेआम उइगरहरूको हत्या गरिरहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । गुल्जा नरसंहारको २६ वर्ष बितिसक्दा पनि चीनमा उइगरको अवस्थामा सुधार नभएको बताइएको छ। स्थिति यति बिग्रिएको छ कि चीनले अब खुलेआम उइगरहरूलाई प्रताडना दिइरहेको छ। उइगुरहरूलाई शिविरमा बन्दी बनाएको धेरै रिपोर्टहरूमा दाबी गरिएको छ। त्यसपछि उनीहरूलाई अमानवीय व्यवहार गरिन्छ । उइगर टाइम्सका एक लेखकले चेताउनी दिएका छन् कि छिट्टै संसारले उइगरहरूले गरिरहेको सत्यको सामना गर्नुपर्नेछ। उनको भन्नुको ...
चीनले दियो पाकिस्तानलाई धोका: ड्रोनको नाममा पठाइयो रद्दी

चीनले दियो पाकिस्तानलाई धोका: ड्रोनको नाममा पठाइयो रद्दी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ फागुन – चीनले प्राविधिक क्षेत्रमा विकासको नारा घन्काउँदै आए तापनि चीनलाई आँखा चिम्लेर विश्वास गरिहाल्न भने मिल्दैन। छिमेकी राष्ट्रहरूलाई मित्रताको नाममा चीनल विभिन्न प्रकारले धोका दिने गरेको छ। पाकिस्तानमा चीनद्वारा पठाइएको रेलको पनि अवस्था सोचनिय भएको थियो भने नेपालमा चीनबाट खरिद गरिएका विमानहरू पनि निकम्मा साबित भएका थिए। जसले हावामा भन्दा धेर समय जमीनमा बिताउनु परेको थियो। पाकिस्तानको घनिष्ठ मित्र चीन आफ्नो रणनीतिक शक्ति बढाउनमा अहिले व्यस्त छ। नयाँ प्रविधिको आधुनिक हतियारको नाममा पाकिस्तान सेनाका तीनवटै अंगलाई बलियो बनाउनमा जुटेको छ । यस क्रममा चीनले पाकिस्तानलाई सीएच-४ यूएवी दिएको छ। रिपोर्टका अनुसार, चीनले पाकिस्तानसँग सीएच-४ का दुई भेरियन्ट सीएच-४ए, जुन गोप्य निगरानीका लागि हो, र सीएच-४ बी, जुन एक आक्रमण सशस्त्र ड्रोन हो, दुई संस्करण दिने सम्झौता गरेको थियो। यसको ...
पाकिस्तानको प्राकृतिक श्रोतमाथी चिनियाँ शोषण

पाकिस्तानको प्राकृतिक श्रोतमाथी चिनियाँ शोषण

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ फागुन – पाकिस्तानको गिलगिट - वाल्टिस्तानको प्राकृतिक श्रोत माथी चीनिया शोषण बढेर गएको छ। चीन पाकिस्तान आर्थिककरिडोर (सि.पि.इ. सि) को ब्यानरमा वेइजिङ्ग र इस्लामवादले मेघाबाध,तेल र ग्यास पाइपलाइनहरु निर्माण गरिरहेका छ्न । गिलगिट -वाल्टिस्थानमा बहुमुल्य खनिज हरु नियालिरहेका छन,यद्यपि यसले स्थानीयहरुको जिबिकोपार्जन र वातावरणीय दिगोपनामा ठूलो असर पारिरहेको छ। स्थानीयको संरक्षण गर्ने बाचा लिएर पाकिस्तानि सेनाको आगमनले प्राकृतिक श्रोतको अत्याधिक दोहनमा चिनियाँ हरुलाइ सहयोग र सहजीकरण गर्दै उल्टो काम गरेको धेरैको बुझाइ रहेको छ।यसले वातावरण र जिबिकोपार्जनको क्षतिको मुल्यमा चिनियाँ कम्पनीहरुलाइ बढी फाइदा दिने वेइजिङ्ग सगको इस्लामवादको व्यबहार लाई हेरेर अन्धकारमा राखिएका स्थानियहरु आक्रोशित बनेका छन।प्राकृतिक श्रोतहरुको अपस्थिती कुनै पनि क्षेत्रकोप्रगती समृद्धिको प्रमाण हो तर बिडम्ब...
चीनको बीआरआई परियोजनाले धेरै देशलाई बनायो कंगाल, भारतको भविष्यवाणी सत्य साबित

चीनको बीआरआई परियोजनाले धेरै देशलाई बनायो कंगाल, भारतको भविष्यवाणी सत्य साबित

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ फागुन – चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाले विश्वका अधिकांश निम्न-मध्यमवर्गीय देशहरूलाई कंगाल बनाएको छ। जबकि चीनले १५० देशहरूसँग आफ्नो वित्तीय र राजनीतिक प्रभावको फाइदा उठाउने उद्देश्यले लगभग एक ट्रिलियन डलरको लगानी गरेको छ। यो योजनामा सहमति भएपछि न्यून आय भएका मुलुकको आर्थिक अवस्था गम्भीर र चिन्तित बन्दै गएको छ। विश्वका १५० देशहरू र ३२ अन्तर्राष्ट्रिय संगठनहरूको विपरीत, भारत मात्र चिनियाँ राष्ट्रपति सी जिनपिङको महत्वाकांक्षी बीआरआई परियोजनाबाट बाहिरियो। यसमा हस्ताक्षर गर्नुको अर्थ स्पष्ट रूपमा भारतले विशेष गरी पाकिस्तान प्रशासित कश्मीर (PoK) मा सन्चालित चीन-पाकिस्तान आर्थिक करिडोर (CPEC) परियोजनाहरलाई स्वीकार गर्नु हो। जुन क्षेत्रीय अखण्डताको स्पष्ट उल्लङ्घन थियो । वास्तवमा चीनको बीआरआई प्रोजेक्टमाथि जुन देशहरूले हस्ताक्षर गरे, ती सबैलाई यस परियोजनाका लाग...