Saturday, July 4सत्यम खबर
Shadow

आस्था

असल शासन पोष्ट साप्ताहिकको २२ औं बार्षिकोत्सव

असल शासन पोष्ट साप्ताहिकको २२ औं बार्षिकोत्सव

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ फागुन – बिगत २२ बर्षदेखि नेपालगन्जबाट प्रकाशन हुँदै आएको असल शासन पोष्ट साप्ताहिकको २२ औं बार्षिकोत्सवको अवसरमा अन्र्तक्रिया गरिएको छ ।असल शासन मिडियाको आयोजनामा सो अन्र्तक्रिया भएको हो ।अन्र्तक्रियामा बोल्दै बास नेपालका कार्यबाहक केन्द्रीय अध्यक्ष शिबकुमार बर्माले असल शासन साप्ताहिक पत्रिकाले भ्रष्टाचार बिरुद्धको बिगुल फुक्ने काम गरेको बताए । निबर्तमान केन्द्रीय अध्यक्ष रमेश सिटौलाले पत्रिकाको लोकप्रियता बिगतदेखि हालसम्म कायम रहेको बताए ।असल शासन मिडियाका अध्यक्ष तथा असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाहले पत्रिकाको बिगतदेखि बर्तमानसम्मको अवस्था, आरोह, अवरोह बारे जानकारी दिए । उनले बिभिन्न समस्याका बाबजुत असल शासन पत्रिका भ्रष्टाचार बिरुद्ध सशक्त रुपमा निरन्तर, नियमित हुन सफल भएको बताए ।कार्यक्रममा असल शासन मिडिया सञ्चालक समिति सदस्य पुरण थारु, पत्रिकाका कार्यकारी सम...
कोहलपुर प्रादेशिक महोत्सव: ९ हजारले गरे अवलोकन, ५५ लाखको कारोबार

कोहलपुर प्रादेशिक महोत्सव: ९ हजारले गरे अवलोकन, ५५ लाखको कारोबार

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, ८ फागुन – कोहलपुरमा शुक्रबारबाट सुरु भएको लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर–२०७९ तेस्रो दिन ९ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् । ‘कृषि,पर्यटन,शिक्षा र उद्योगको आवश्यकता व्यवसायिक प्रवद्र्धनसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित शुक्रबारदेखि सुरु भएको महोत्सवको तेस्रो दिन कूल ९ हजारले अवलोकन गरेको आर्थिक उपसमितिकी संयोजक सिता कार्कीले बताइन् । उनका अनुसार तेस्रो दिन कूल ८ हजार टिकट बिक्रि भएको छ । दोस्रो दिन भने पाँच हजार टिकट बिक्रि भएको थियो । तेस्रो दिन ३ हजार दर्शक बढेका छन् । यस्तो तेस्रो दिन महोत्सवको कारोबारसमेत समेत बढेको छ ।महोत्सव मूल आयोजक समितिका अध्यक्ष लक्ष्मणराज पौडेलकाका अनुसार तेस्रो दिन महोत्सवमा कूल ५५ लाख कारोबार भएको छ । दोस्रो दिन ३० लाख कारोबार भएको थियो । उनले दोस्रो दिनको तुलनामा तेस्रो दिन उत्साहजनक कारोबार भएको बताए । दोस्रो दिनको भन्दा तेस्रो २५ लाख...
कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

कांग्रेस बाँकेद्वारा प्रजातन्त्र दिवसमा दिप प्रज्वलन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ फागुन – नेपाली कांग्रेस बाँकेले ७३औं प्रजातन्त्र दिवसको अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन गरेको छ । विपी चोकमा आज साँझ आयोजित दिप प्रज्वलन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ताले प्रजातन्त्र ल्याउन आफ्नो ज्यानको आहूती दिने ज्ञात अज्ञात सहिदहरुको सम्झना गर्दै दिप प्रज्वलन गरेका हुन् । पार्टी सभापति नारायणप्रसाद गौडेलको सभापतित्व तथा पूर्व मन्त्री एवम् पूर्व पार्टी सभापति गजेन्द्र हमालको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।दिप प्रज्वलन कार्यक्रममा बोल्दै पूर्व मन्त्री हमालले कांग्रेसकै नेतृत्वमा प्राप्त प्रजातन्त्रले मुलुकमा नागरिक अधिकार र उन्नत लोकतन्त्रको अभ्यास सम्भव भएको बताए । उनले संस्थापक नेता विपी कोइरालाको नेतृत्वमा भएको २००७ सालको आन्दोलनले मुलुकमा प्रजातन्त्रको उदय भएको स्मरण गराउँदै आजको दिनमा पार्टीलाई सुदृढ र सबल बनाउन सबै नेता कार्यकर्ताले प्रण गर्नु...
उपमहानगरपालिकाले थाल्यो सरसफाई अभियान

उपमहानगरपालिकाले थाल्यो सरसफाई अभियान

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ फागुन – नेपालगन्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रहरी प्रमुख सन्तोषसिंह राठौर, सशस्त्र प्रहरी प्रमुख रमेश शाही, सरसफाई अभियन्ता डा. विनोद कर्ण, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, सरसफाईकर्मी लगायत उपस्थित थिए ।त्यसक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सफा, स्वच्छ र सुन्दर सहर बनाउन सबैको हातेमालो जरुरी रहेको बताउनुभयो । उहाँले सरसफाई अभियानलाई निरन्तररुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख विष्टले प्रजातन्त्र दिवसको अवसर पारेर सांकेतिकरुपमा सरसफाई...
कपिलबस्तु बहुमुखी क्याम्पसमा हाम्रो नेतृत्व हुन्छः दीपक द्विवेदी

कपिलबस्तु बहुमुखी क्याम्पसमा हाम्रो नेतृत्व हुन्छः दीपक द्विवेदी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, ६ फागुन – कपिलबस्तु बहुमुखी क्याम्पसमा दीपक द्विवेदीको उम्मेदवारीले त्रिभुवन विश्व विद्यालयका सम्पुर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा आउँदो फागुन ५ गते स्ववियु निर्वाचन हुन गई रहेको हुँदा कपिलवस्तुमा पनि माहोल तात्तिँदै छ ।कपिलबस्तु जिल्ला कै धरोहरको रूपमा रहेको कपिलवस्तु बहुमुखि क्याम्पसमा पनि स्ववियु चुनाव निकै रोचक हुने देखिदै छ ।१५ वर्षको उमेरदेखि नै विद्यार्थी राजनितिमा लागेका र विगत ६ बर्षदेखि सक्रिय भई विद्यार्थी सँगठनहरुमा आबद्ध भई विद्यार्थी राजनितिमा लागेका महाराजगन्ज वस्ने दीपक द्विवेदीले पनि कपिलबस्तु बहुमुखी क्याम्पसमा स्ववियु चुनाव लड्ने तयारी गरेको बताएका छन् ।...
८७ औं महाशिवरात्रि महोत्सवः लागु पदार्थ दुव्र्यसन विरुद्ध १५ दिने अभियानका साथ सम्पन्न

८७ औं महाशिवरात्रि महोत्सवः लागु पदार्थ दुव्र्यसन विरुद्ध १५ दिने अभियानका साथ सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ फागुन – यसवर्ष महाशिवरात्रि पर्वलाई ८७ औं महाशिवरात्रि महोत्सवको रुपमा लागु पदार्थ दुव्र्यसन विरुद्ध १५ दिने अभियानका भव्य रुपमा मनाइएको छ ।उक्त महाशिवरात्रिको दिन पवित्रता, शान्ति र स्नेहद्वारा सकारात्मक समाज रुपान्तरणका लागि निरन्तर सेवारत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, नेपालगन्जद्वारा यस महाशिवरात्रि पर्वको अवसरमा “दया र करुणाका लागि आध्यात्मिक सशक्तिकरण” भन्ने मुल नारा सहित संस्थाले मनाएको हो । महोत्सव अन्तर्गत शिवरात्रीको दिन आज विहान आयोजना गरिएको शिव ध्वजारोहण, स्नेह मिलन तथा प्रवचन समारोह भव्यताका साथ सम्पन्न भयो ।सो अवसरमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय डा. धवल शम्सेर राणाले सबै मानव समुदायलाई सकारात्मक बाटोमा डोर्याएर शान्तिको मार्गमा उन्मुख गराउने महान उद्देश्य बोकेको ब्रह्माकुमारी ईश्वरीय विश्व व...
रेडक्रस बाँकेको नयाँ कार्यसमिति सम्झनाकाे नेतृत्वमा

रेडक्रस बाँकेको नयाँ कार्यसमिति सम्झनाकाे नेतृत्वमा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपाललन्ज, ६ फागुन - नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४१औं जिल्ला सभाको अधिवेशन शुक्रवार डुडुवा गाउँपालिकामा सम्पन्न भएको छ ।सभाको उद्घाटन गर्दे जिल्ला समन्वय समिति बाँकेका प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताउनु भयो । जहाँ विपती त्यहाँ रेडक्रस पुग्ने गरेको उदाहरण दिदै अभियान थप प्रभावकारी बनाउन अनुरोध गर्नु भयो ।नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग प्राप्त भइरहेको बताउदै बाँके जिल्लाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नु भयो ।बाँकेका प्रमुख जिल्ला अधिकारी वीपिन आचार्यले समुदाय स्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताउनु भयो ।नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गो...
खजुरामा खुल्ला जुनियर जुडो प्रतियोगिता सुरु

खजुरामा खुल्ला जुनियर जुडो प्रतियोगिता सुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ फागुन – शुक्रबारदेखि बाँकेको खजुरा गाउँपालिकामा राष्ट्रियस्तरको जुडो प्रतियोगिता सुरु भएको छ । खजुरामा रहेको मंगोलियन जुडो डोजोले खजुरा गाउँपालिकाको सहकार्यमा पालिकाको वडा नम्बर ३ मा रहेको ज्ञानोदय नमुना माविको प्रांगणमा ‘दोस्रो खुल्ला जुनियर जुडो प्रतियोगिता २०७९’ आयोजना गरेको हो ।प्रतियोगिताका खजुरा गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले बेल्ट हस्तान्तरण गरेर सुरु गरिन् । उनले खजुरालाई चिनाउन जुडा प्रतियोगिताले सहयोग गरेको बताइन् । उनले खजुरा जुडोको हब बन्दै गए पनि जुडोको लागि कुनै पनि भवन नभएकोले पालिकाले भवन निर्माणका लागि आगामी वर्षदेखि काम गर्ने बताइन् ।कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष पूर्णबहादुर भण्डारीले खजुराको वडा ३ ले खेलकुदमा फड्को मार्दै गएको बताए । उनले वडामा हुने खेलकुदका गतिविधिका लागि वडाले सधैं सहयोग र सहकार्य गर्ने बताए ।त्यस्तै कार्यक्रममा ज्ञानोदय नमुना ...
श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछी…

श्रीमानले विदेशबाट पठाएको २२ लाख लिएर श्रीमतीले अर्कैसँग विवाह गरेपछी…

अपराध, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ४ फागुन – आफ्ना श्रीमान लोप्साङ स्याङ्तान बिदेश गएको दुई महिनामामै सपना सिंतान र सगुन तामाङले विवाह गरेका छन । काभ्रेको महाभारत गाउँपालिका वडा नं ८ घर्तिछाप आकुरा कि सपना सिंतान र काभ्रेको खानिखोला गाउँपालिका वडा नं ४ सिरुटार निवासी लोप्साङ स्याङ्तानबिच २०७२ साल मङ्सिरमा विवाह भएको थियो । आफ्नो छोरा र श्रीमतिको सुख र खुशीको खोजिमा मरुभुमिमा आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा लिएर अन्तै घरजम गरी आनन्द लिइरहेका यी जोडी बारा जिल्लाको निजगढ नगरपालिका वडा नं १० स्थित लाल भन्ने ठाउँमा छन । श्रीमान लोप्साङ स्याङ्तानले पठाएको करिब २१ लाख ५२ हजार ९ सय ४४ रुपैँया झ्वाम त पारे नै अहिले त्यही पैसाले सपनाले सगुन तामाङसँग घरबार बसालेकी छिन । विवाह गरेको करिब १ वर्षपछी बैदेशिक रोजगारको सिलसिलामा मलेसिया गए । उनीहरुको सम्बन्ध राम्रो नै थियो । सासु ससुरासँग नबसी भक्तपुरमा डेरा लिएर बसेका उनल...
जानकारी बिना विद्यालय बन्द

जानकारी बिना विद्यालय बन्द

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १४ भवनियापुरमा रहेको श्री माध्यमिक विद्यालय महेन्द्रनगरमा विद्यालय व्यवस्थापन समितिलाई जानकारी बिना विद्यालय बन्द गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गिरजेसकुमार मिश्रका अनुसार विद्यालयका प्राअले मलाई जानकारी समेत नगराई विद्यालय बन्द गरेको तथा किन विद्यालय बन्द गरिएको बारे जानकारी माग्दा प्राअले रनिङ शिल्ड भएको हुँदा विद्यालय बन्द गरिएको बताउनुभयो ।विव्यस अध्यक्ष मिश्रले विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पढाईमा भएको क्षतिको जिम्मेवारी समेत प्राअले नै नैतिक रुपमा लिनु पर्ने बताए ।...