Saturday, July 4सत्यम खबर
Shadow

आस्था

तीन वर्षदेखि ताक्लाकोट नाका बन्द हुँदा व्यवसायीको बिजोग

तीन वर्षदेखि ताक्लाकोट नाका बन्द हुँदा व्यवसायीको बिजोग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ फागुन – पहिले भूकम्प र तीन वर्षदेखि कोरोनाको कारण देखाउँदै चीनले नेपालसँगका नाका बन्द गरेको छ । रसुवागढी नाका चीनको स्वेच्छामा निर्भर छ । मन लागे एक महिना खुल्छ, नलागे बन्द हुन्छ । तातोपानी नाका त तीन वर्षभन्दा बढी भइसक्यो बन्द भएको । रसुवागढी नाकालाई चीन र नेपालले अन्तर्राष्ट्रिय व्यापार गर्ने मुख्य नाका मानेका थिए । यस्तै, तीन वर्षदेखि बन्द पश्चिम नेपालको ताक्लाकोट नाका अहिलेसम्म खुलेको छैन । नाका बन्द भएपछि यहाँका व्यवसायी मर्कामा परेका छन् । ६ महिना ताक्लाकोट बजारमै बसेर व्यापार गर्ने दार्चुलाका स्थानीय व्यवसायी चीनले नाका बन्द गरेपछि जान पाएका छैनन् । नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका हुन् । दार्चुलाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् । तीन वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामान...
नागरिक उन्मुक्तिकाे चट्टानी अडानले एमाले सरकार ढल्याे

नागरिक उन्मुक्तिकाे चट्टानी अडानले एमाले सरकार ढल्याे

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २ फागुन – नागरिक उन्मुक्ति पार्टीकी सभापति रञ्जिता श्रेष्ठ चौधरीले आफनो पार्टी सधै अरुले प्रयोग गर्ने साधन नभएको बताएकी छिन । सुदुरपश्चिम प्रदेशमा आफैले समर्थन गरेर निमार्ण गरेको नेकपा एमालेका राजेन्द्र रावल नेतृत्वको प्रदेश सरकार विश्वासको मत नपाएर आज ढले लगत्तै सभापति श्रेष्ठले आफनो पार्टी बिचारमा कट्टिबद्ध रहेको पनि जनाएकी छिन । ‘हामी विचारमा कटिबद्ध छौँ, सबैले सधैं प्रयोग गर्ने साधन होइनौं,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘यो देश हाम्रो पनि हो, देशको शासन प्रशासनमा हाम्रो पनी सहभागिता रहनुपर्दछ, भौगोलिक सांस्कृतिक पहिचान नेपालीको पनि सम्मान हो, मुलबासिको अपमान गरेर मुलुक कहिल्यै समृद्धिशाली हुनसक्दैन, त्यसैले जनभावनाको कदर गरौँ, जनमतको कदर गरौ ।’ आफना पति रेशमलाल चौधरीको रिहाई नगरेको तथा कैलालीका सांसद अरुणकुमार चौधरीलाई पक्राउ गरे पछि आक्रोशित हुदैँ आएको उन्मुक्ति ...
भारतको काश्मीरमा भेटीयो संसारकै तेस्रो ठुलो लिथियम भण्डार

भारतको काश्मीरमा भेटीयो संसारकै तेस्रो ठुलो लिथियम भण्डार

आर्थिक, आस्था, विदेश, श्रम/रोजगार, समाचार
काडमाण्डौ, २ फागुन – भारतको जम्मु काश्मीरमा लिथियमको विशाल भण्डार पत्ता लागेको छ । कुल क्षमता ५९ लाख टन भएको लिथियमको भण्डार भेटिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । काश्मीरमा लिथियमको विशाल भण्डार पत्ता लागेसँगै भारत चिलि, अस्ट्रेलिया पछि संसारकै तेस्रो भण्डारण भएको देशमा गनिएको छ । लिथियमका लागि भारत दोस्रो देशमा निर्भर रहँदै आएको थियो, यो भण्डार पत्ता लागेसँगै भारतको अर्थतन्त्रमा नयाँ कायापलट हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । लिथियम एक नान फेरस मेटल हो, जसको प्रयोग मोबाइल, ल्यापटप, विद्युतीय सवारीसहित धेरै इलेक्ट्रोनिक्स सामानहरूमा प्रयोग हुनेछ, जो चार्जेबल ब्याटरी बनाउन अत्यधिक मात्रामा प्रयोग गरिँदै आएको छ । भारतले यसको आयातका लागि करोडौँ रुपैयाँ खर्च गर्दै आएको छ । भारतले २०२०–२१ मा मात्रै लिथियम आयन ब्याटरी आयातका ८,८९४ करोड खर्च गरेको थियो भने २०२१–२२ मा मा...
गुगलले चीनको प्रचार गर्न उत्पादित ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो

गुगलले चीनको प्रचार गर्न उत्पादित ५० हजारभन्दा धेरै डिजिटल सामग्री हटायो

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य
काडमाण्डौ, २ फागुन – अमेरिकी प्रविधि कम्पनी गुगलले चीनको प्रचार गर्नका लागि उत्पादन गरिएका ५० हजारभन्दा धेरै डिजिटल सामग्री आफ्नो प्लाटफर्मबाट हटाइदिएको छ । गुगलको जोखिम विश्लेषण समूहले युट्युब, एडसेन्स, ब्लगरजस्ता प्लाटफर्ममा रहेका ५० हजारभन्दा धेरै डिजिटल आफ्नो प्लाटफर्मबाट हटाइएको जानकारी दिएको हो । गुगलका अनुसार स्पामफ्लज ड्रागन र ड्रागनब्रिज नामक समूहले प्लाटफर्ममा चीनको पक्षधर र अमेरिकाविरोधी सामग्रीहरु सेयर गर्दै आएका थिए । यी समूहले विशेषगरी चिनियाँ भाषा बोल्ने गुगलका प्रयोगकर्तालाई लक्षित गरी आफ्नो सामग्रीहरु सेयर गर्दै आएका थिए । यद्यपि यस समूहका केही सामग्रीहरु अङ्ग्रेजी र अन्य भाषामा पनि प्रकाशित हुने गरेको बताइएको छ । यद्यपि गुगलका प्रयोगकर्तामाझ चीनसमर्थक यस्ता समूहले उत्पादन गर्ने डिजिटल सामग्रीको पहुँच भने अत्यन्त न्यून रहेको गुगलले जानकारी दिएको छ । ड्रागनब्रिज सम...
चीनको बीआरआई परियोजनाका उद्देश्यहरू निरन्तर परिवर्तन हुँदै

चीनको बीआरआई परियोजनाका उद्देश्यहरू निरन्तर परिवर्तन हुँदै

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काडमाण्डौ, २ फागुन – चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को इतिहास लेखिन्छ या लेखिन्न भन्ने निश्चित छैन । विश्व अर्थतन्त्रको ठूलो भागलाई बेइजिङमा जोड्न डिजाइन गरिएका उदीयमान बजारका रुपमा रहेका देशहरूमा पूर्वाधार परियोजनाहरूको नेटवर्क निर्माण गर्न एक ट्रिलियन अमेरिकी डलर भन्दा बढी खर्च गरेपछि यसमा दरार आउन थालेको छ। बीआरआईको कोष सुक्दै गएको छ । विद्यमान परियोजनाहरू खण्डित हुँदैछन् र बीआरआई लागु गरिरहेका देशहरु ऋणमा डुबिरहेका छन् यसले केही राष्ट्रहरूलाई चिनियाँ प्रभाव विरुद्ध खुलेर विद्रोह गर्न नेतृत्व गरिरहेको छ। नरम भइरहेको विश्वव्यापी आर्थिक दृष्टिकोणलाई ध्यानमा राख्दै बीआरआईको भविष्य र बीआरआईको स्थानीय चुनौतिहरूलाई समेट्न चीनले निकट भविष्यमा आफ्नो विदेश नीति प्रयासहरूलाई कसरी केन्द्रित गर्न सक्छ भन्नेबारे केही कठिन प्रश्नहरू सोध्ने समय आएको छ। उत्पत्तिका बेला बीआरआई एसियादेखि...
नेपाललाई हिन्दू राष्ट्रका कस्सिए शशांक कोइराला, पैसाको खोलो बगाइरहेका क्रिश्चियनहरुको सातो गयो

नेपाललाई हिन्दू राष्ट्रका कस्सिए शशांक कोइराला, पैसाको खोलो बगाइरहेका क्रिश्चियनहरुको सातो गयो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २ फागुन – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । देशमा क्रिश्चियनहरुले पैसाको खोलो बगाएर धर्म परिवर्तन तथा सनातम धर्मविरुद्ध निरन्तर प्रहार गरिरहेका बेला शशांक सशक्त रुपमा जनताको भावनाअनुसार हिन्दू राष्ट्रको अभियानमा जोडिएका हुन् । त्यसो त कांग्रेसभित्र थुप्रै नेताहरु हिन्दुराष्ट्रको पक्षमा छन् । शशांकका पिता विपी कोइराला पनि सनातम धर्म संस्कृतिको संरक्षणमा जोड दिन्थे । शशांकले देशमा जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए । संविधान बनाउँदा धर्मनिरपेक्षताबारे जनमतसंग्रह गरिए पनि त्यसलाई समावेश नगरि विदेशीको दबाबमा जबर्जस्ती धर्मनिरपेक्ष राष्ट्र बनाइएको थियो । त्यसलाई करेक्सन गर्ने बेला आएको शशांकले बताए । नेपालमा बहुसंख्यक नेपाली हिन्दु रहेको र धर्म निर...
मोदीले पुटिनलाई युक्रेन–रुस युद्ध अन्त्य गर्न मनाउन सक्छ्न – अमेरिका

मोदीले पुटिनलाई युक्रेन–रुस युद्ध अन्त्य गर्न मनाउन सक्छ्न – अमेरिका

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २ फागुन – मोदीले पुटिनलाई युक्रेन–रुस युद्ध अन्त्य गर्न मनाउन सक्ने अमेरिकाले बताएको छ ।रुस–युक्रेन युद्धको बीचमा अमेरिकाले भारतका प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न मनाउन सक्ने बताएको हो । ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले शत्रुता अन्त्य गर्ने कुनै पनि प्रयासलाई अमेरिकाले स्वागत गर्ने बताएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र भ्लादिमिर पुटिनरुस–युक्रेन युद्ध झण्डै एक वर्षदेखि चलिरहेको छ । यसैबीच अमेरिकाले यो युद्ध अन्त्य गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएको छ । यति मात्र होइन, अमेरिकाले भारतिय प्रधानमन्त्री मोदीले पुटिनसँग कुरा गरेर युद्ध अन्त्य गर्न मनाउन सक्ने बताएको छ । वास्तवमा, जब ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीलाई सोधिएको थियो कि के भारतका प्रधानमन्त्री मोदीलाई युक्रेन र रुसबीचको युद्ध ...
भारतीय बिदेश सचिव याक एन्ड यति होटलमा, नेपाल-भारत सचिवस्तरीय बैठक सुरु

भारतीय बिदेश सचिव याक एन्ड यति होटलमा, नेपाल-भारत सचिवस्तरीय बैठक सुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २ फागुन – दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन याक एन्ड यती होटलमा पुगेका छन । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । सिमा सबन्ध, बातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षिय चासोको बिषयमा कुराकानी गर्नेछन । त्यसपछि पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजै विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले प...
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २ फागुन – दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् । द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो । भारतीय विदेश सचिव क्वात्रा दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् । उनलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार त्यसलगत्तै उनीहरु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा आइपुगेका हुन् ।...
राष्ट्रपतिबारे गठबन्धनमा मतभेदः देउवा र प्रचण्डबीच २ घण्टा छलफल

राष्ट्रपतिबारे गठबन्धनमा मतभेदः देउवा र प्रचण्डबीच २ घण्टा छलफल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काडमाण्डौ, २ फागुन – आईतवार सम्पन्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि वाहिरिने क्रममा राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङदेनले सत्ता गठवन्धनमा कुनै असमझदारी नरहेको वताए । सरकार सञ्चालनमा आपसी समन्वयको कमी देखिएको र यस्ता कमीकमजोरीलाई हटाएर अघि बढ्ने सहमति भएको उनले बताए। राष्ट्रपतिका विषयमा बाहिर आएका कुराहरू भ्रमपूर्ण रहेको बताएका उनले सरकार गठन भएका बेला भएको सहमति अनुसार नै अघि बढ्ने जानकारी दिए। लिङ्देनले राष्ट्रपतिबारे गठबन्धनमा मतभेद नरहेको जिकिर गरे। ‘बाहिर आइराखेका कुरा भ्रमपूर्ण छन् । हामीले यो सरकार निर्माणका क्रममा जुन सहमति कायम गरेका थियौँ, त्यो सहमतिमा सत्तासाझेदार दलमा कुनै विमति छैन’ उनले भने, ‘सहमतिमा परिवर्तन गर्नुप¥यो भने त्यो छलफलबाटै हुन्छ । अहिले त्यस्तो सम्भावना छैन । आज त्यसबारे छलफल भएन ।’ तर, बास्तविक्ता भने उनले ब्याख्...