Monday, July 6सत्यम खबर
Shadow

आस्था

नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा हुने

आस्था, खेल, धार्मिक, प्रदेश ५, समाचार, समाज
नेपालगगन्ज, १६ श्रावण - नेपालगन्ज इन्डुरो टोलीले यहीँ साउन २७ गते नेपालगन्जदेखि सन्तानेश्वरसम्म क्रस राईड यात्रा गर्ने भएको छ । टिम डि-एडजको आयोजनामा सुरु हुने क्रसराइडको यात्रा डि एड्ज फिटनेस क्लव, जङ्गल हुँदै राप्ती पुल, सन्तानेश्वर, अगैंया, कोहलपुर हुँदै पुन नेपालगन्ज आइपुग्ने टिम डिएडजका सञ्चालक तथा संस्थाका आयोजक दिनेश थापाले बताएका छन् । थापाका अनुसार श्रावण २७ गते शनिबार बिहान ६ बजे डि एड्ज फिटनेस् क्लवदेखि यात्रा गर्ने र नेपालगन्जका डर्ट मोटरसाइकल टिम एक भई बाँकेका धार्मिक तथा पर्यटकीय, कृषी क्षेत्रलाई पहिचान गराउने उदेश्यले डर्ट मोटरसाइकल यात्रा गर्ने बताएका छन । पर्यटकीय यात्रामा जान या थप जानकारीको लागि सम्पर्क ९८५१००८१९९ मा गर्न सकिने टिम इन्डोरो नेपालगन्जले बताएको छ। ।...
चीनमा खाद्य संकट गहिरिँदै, उत्पादन घटेपछि कम्युनिस्ट सत्तालाई थपियो चुनौती

चीनमा खाद्य संकट गहिरिँदै, उत्पादन घटेपछि कम्युनिस्ट सत्तालाई थपियो चुनौती

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ श्रावण – चिनियॅा राष्ट्रपति सी चिनफिङको हालैको भनाइले खाद्य सुरक्षालाई देशको प्रमुख मुद्दा र कृषियोग्य जमिनलाई ‘खाद्य उत्पादनको प्राणवायू’ भनेर प्रकाश पार्दै चिनियाँ नेतृत्वको सीमित खाद्य स्रोतप्रति चासो देखाएको छ। सी जिनपिङले सार्वजनिक रूपमा खाद्यान्न आपूर्तिलाई राष्ट्रिय सुरक्षासँग जोडेका छन्। चिनियाँ नेतृत्वले सामाजिक स्थायित्व कायम गर्न खाद्य सुरक्षालाई प्राथमिकता दिनु आवश्यक रहेको बुझेको छ। कोभिड–१९ तालाबन्दी महामारीको समयमा, खाद्य आपूर्तिमा अवरोध र तालाबन्दी–प्रेरित खाद्य अभावले एक दर्जन भन्दा बढी शहरहरूमा विरोधको लहर फैलायो, प्रदर्शनकारीहरूले खानाको माग गर्दै २०२३ को लागि नम्बर १ कागजात, कृषि र ग्रामीण क्षेत्रका लागि नीति प्राथमिकताहरूको सूचक, बढ्दो जनसंख्याको लागि खाद्य सुरक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकतालाई पनि रेखांकित गर्यो। यसले चीनको खाद्य सुरक्षा सुधार ग...
आज साउन १५ अर्थात् खीर खाने दिन

आज साउन १५ अर्थात् खीर खाने दिन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १५ श्रावण – आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । साउन १५ मा दूधको खीर खाएर असार साउनमा लागेको चिसो भगाउने चलन छ । नेपाली समाजमा असार १५ गते दही चिउरा खाने, साउन १५ गते खीर खाने, भदौ १५ गते पोलेको मकै खाने परम्परा छ । खीर हामी धेरैलाई मन पर्ने खानाको परिकार पनि हो । असार, साउन महिनामा मानिसहरू खेतीपातीमा व्यस्त हुन्छन्, वर्षाका कारण साउन महिनामा खेतबारी, वनजंगल जताततै हरियाली हुने र पर्याप्त घाँस हुने भएकाले गाईभैँसीले पनि प्रशस्त दूध दिन्छन् । यस कारण पनि साउनको १५ मा खीर खाने चलन चलिआएको मानिन्छ । दूधमा स्थानीय जातका चामल, घ्यू, सख्खर वा चिनी, नरिवल, छोकडा, बदाम, काजु, किसमिस जस्ता खाने मसला र ल्वाङ, सुकुमेल, मरीच, दालचिनीजस्ता मसला कुटेर मिसाएपछि खीर बन्छ । धार्मिक आस्था राख्नेहरूले खीरलाई शुद्ध परिकारका रूपमा समेत लिन्छन् । स्वादिलो एवं पोषिलो खानाको परिकार खीरलाई स्वा...
आज टोपबहादुरको सांसद पद निलम्बन गरिने

आज टोपबहादुरको सांसद पद निलम्बन गरिने

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १५ श्रावण – आज नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्। ​ यसैगरी, आजको बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ। यस्तै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिनेछ ।...
नरैनापुरमा सरकारी सवारीको दुरुपयोग, ईमान्दार कर्मचारीलाई स्पष्टीकरण मांग

नरैनापुरमा सरकारी सवारीको दुरुपयोग, ईमान्दार कर्मचारीलाई स्पष्टीकरण मांग

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, १४ श्रावण – बाँकेको विकट गाउँपालिकाको नामबाट चिनिएको नरैनापुर गाउँपालिका भित्रको बेतिथि हाल सार्वजनिक सञ्जालमा समेत छताछुल्ला हुँदै आईरहेको छ ।केहीदिन देखि लगातार नरैनापुर गाउँपालिका भित्र भईरहेको गतिविधिहरुलाई सम्बन्धित पालिकाबासीहरुले नियाली रहेको तथा उक्त बेतिथीलाई समयमा सम्बन्धित पक्षले समाधान गर्छ भने सावधान तथा सचेत गराउन विभिन्न माध्यमबाट पहल गरिरहेको छ ।गत शुक्रबार सेवाग्राही चेकजाँच गरी औषधि बारे जानकारी माग्दा नेपाल सरकारबाट उपलब्ध हुने निःशुल्क औषधि बारे सम्बन्धित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक डाक्टर गोपाल तिवारीले सेवाग्राहीलाई जानकारी दिएको निउमा पालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्पष्टिकरण माँगेका छन् ।चाकडी र चापलुसी गर्न नसक्ने ईमान्दार कर्मचारीहरुलाई नरैनापुर गाउँपालिका प्रशासकीय प्रमुखबाट नै यसरी अमानवीय व्यवहार गरेको प्रति ...
प्रमुख खरालद्वारा सेवाग्राहीलाई धम्की, पालिकाबासीहरुले पाउँदैनन सरकारद्वारा उपलब्ध निःशुल्क औषधि

प्रमुख खरालद्वारा सेवाग्राहीलाई धम्की, पालिकाबासीहरुले पाउँदैनन सरकारद्वारा उपलब्ध निःशुल्क औषधि

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ श्रावण – बाँके जिल्लाको अति विकट भनी चिनिएको नरैनापुर गाउँपालिका भित्र केही समय पहिले कारोनाकालको बेला धेरै सुधार भएको पाईन्छ । तर उक्त सुधारलाई कायम राख्न सम्बन्धित पालिका प्रमुख तथा प्रशासकीय अधिकृतले तदारुकता नदेखाउँदा लतालिंग भएको आज प्रष्ट देख्न सकिन्छ ।हाल पालिका भित्र रहेका अधिकांश सरकारी कार्यालयहरु समयमा खुल्दैनन भनी सार्वजनिक सञ्जालमा पोष्ट भएको समेत देख्न पाईन्छ । केही दिन अगाडी मात्र नरैनापुरको अवस्था बारे अधिवक्ता रामकुमार दीक्षितको पोष्टबाट समेत प्रष्ट भईरहेको छ भने आज पुनः विभिन्न क्षेत्रमा समयमा सुधार होस भनी सचेतनाको लागि पालिका भित्र रहेका विभिन्न समस्याहरु देखाउने गरी पोष्ट गर्नु भएको छ ।त्यति मात्र नभई उनको पोष्टले औषधि जस्तो अतिमहत्वपूर्ण वस्तुको अभाव हुँदा समेत पालिका भित्रका सम्बन्धित जिम्मेवार पक्षले कानमा तेल हाली बसिरहेको देख्छ सकिन्छ । उक्त औषधिहरु ...
बाँकेकी किशोरी मिस टिन इण्डियाको ग्राण्ड फिनालेमा

बाँकेकी किशोरी मिस टिन इण्डियाको ग्राण्ड फिनालेमा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ श्रावण – बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लव मिस्टर एण्ड मिस टिन इण्डियाको ग्राण्ड फिनालेका लागि छनौंट भएकी छन् ।१७ बर्षिय प्रेसुसिंह थारुले भारतको कानपुर पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाईनल चरण पार गर्दै ग्राण्ड फिनालेमा स्थान बनाउन सफल भएको आमा यामु बुढाक्षेत्रीले बताउनुभयो । ग्राण्ड फिनाले यही अगस्त १९ तारिखमा आयोजना हुनेछ । त्यसको तयारी अन्तर्गत करिब एकसाताको बन्द प्रशिक्षण समेत हुने भएको छ ।नेपालगन्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा पनि उत्तिकै सौखिन छिन् । उनले नेपालगन्जमा भएको नेपालगन्ज रन वे सिजन २ मा मष्ट ब्युटिफुल र बेष्ट ड्रेसको अवार्ड जित्न सफल भएकी थिइन । घर परिवारको साथ र सहयोगमा आफु विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने गरेको प्रेसुको भनाई छ ।...
१७ औं वार्षिकोत्सवमा ६७ जनाले गरे रक्तदान

१७ औं वार्षिकोत्सवमा ६७ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पवन जायसवालनेपालगन्ज, १३ श्रावण – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ मा रहेको दैलेखी समाज बाँकेले आफ्नो १८औं स्थापना दिवस तथा १७ औं बार्षिकोत्सवको अवसरमा शनिवार ६७ जनाले रक्तदान गरेका छन् ।“रक्तदान जीवनदान” मुख्य उद्देश्यका साथ आयोजित समाजका सदस्य गणेश खडकाद्वारा सञ्चालितरक्तदान कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा साँसद् दीपा शर्मा र बिशिष्ट अतिथि तथा बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरी र महेश रानाक्षेत्रीलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।आयोजितरक्तदान कार्यक्रममा बिष्णु श्रेष्ठ, प्रकाश सुनार, गौरी रिजाल, हीरामणि दहाल, ओमप्रकाश देवकोटा, कपिल खनाल, खगेन्द्रप्रसाद आचार्य, पुष्पा अधिकारी, बिपिन कार्की, कमला रावत, निरु पुन, सुकुमराज थारु, र...
चिनियाँ कम्युनिष्ट पार्टीको युवा सदस्यता घट्दै

चिनियाँ कम्युनिष्ट पार्टीको युवा सदस्यता घट्दै

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ श्रावण – सन् २०२२ मा चिनियाँ कम्युनिष्ट पार्टी ९सीसीपी० को सदस्यता अभियानमा तीव्र गिरावट आएको छ। हालै सार्वजनिक भएको २०२२ को तथ्यांक अनुसार पार्टीको सदस्यता अभियानमा उल्लेखनीय गिरावट आएको देखिएको छ। पार्टीको सदस्यता वृद्धि दर १।४ प्रतिशत मात्रै रह्यो, जुन २०२१ को तथ्यांकको तुलनामा एकदमै कम हो। यसको विपरित, पार्टीले २०२१ मा थप ३।४ मिलियन कार्यकर्ताले सदस्यतामा लिएका थिए, जुन ३।७ प्रतिशतको वृद्धि दर भएको थियो। यद्यपि, २०२२ मा, पार्टीले १३ लाख नयाँ सदस्यहरू मात्रै आकर्षित गर्न सफल भयो। यो अप्रत्याशित गिरावट पार्टीमा सामेल हुने ३० वर्ष मुनिका युवाहरूको संख्यामा आएको कमी हो। सन् २०२१ को तुलनामा १।५ प्रतिशतले उल्लेखनीय गिरावट आएको छ। सदस्यतामा आएको गिरावटलाई नयाँ आवेदकहरूका लागि लागू गरिएको कडा जाँच प्रक्रियालाई कारक मान्‍न सकिन्छ। वैचारिक प्रगतिलाई प्रवर्द्धन गर्ने उद्देश...
जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत

जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि : अर्थमन्त्री महत

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ श्रावण – अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताउनुभयो । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा अर्थमन्त्री महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रहको दाबी गर्नुभएको हो । अर्थमन्त्री महतले जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाउनु उपलब्धि भएको उहाँले उल्लेख गर्नुभयो । यसैगरी, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भएको पनि उहाँले जानकारी गराउभुयो । यस्तै, गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्वका रुपमा लिनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो । जी–२० विकसित र अल्प विकसित राष्ट्रहरुको समूह हो । नेपाल जी–२०...