
पवन जायसवाल
नेपालगन्ज, १३ श्रावण – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ मा रहेको दैलेखी समाज बाँकेले आफ्नो १८औं स्थापना दिवस तथा १७ औं बार्षिकोत्सवको अवसरमा शनिवार ६७ जनाले रक्तदान गरेका छन् ।
“रक्तदान जीवनदान” मुख्य उद्देश्यका साथ आयोजित समाजका सदस्य गणेश खडकाद्वारा सञ्चालितरक्तदान कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा साँसद् दीपा शर्मा र बिशिष्ट अतिथि तथा बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरी र महेश रानाक्षेत्रीलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
आयोजितरक्तदान कार्यक्रममा बिष्णु श्रेष्ठ, प्रकाश सुनार, गौरी रिजाल, हीरामणि दहाल, ओमप्रकाश देवकोटा, कपिल खनाल, खगेन्द्रप्रसाद आचार्य, पुष्पा अधिकारी, बिपिन कार्की, कमला रावत, निरु पुन, सुकुमराज थारु, रुकबहादुर थापा, बिष्णु केसी, डिल्ली प्रसाद न्यौपाने, सरोज केसी, मीनबहादुर थापा, सन्दिप शाही, यस चौधरी, प्रकाशकुमार सिजापति, सुजल थारु, कृष्णबहादुर थापा, रुपेश चौधरी, सुदीप चौधरी, गौरव तिरुवा, सुरेश, एलिश बस्नेत, कमलराज गिरी, रिया परियार, तेजबहादुर बुढामगर, सञ्जय वर्मा, रामसरन थारु, बिनोद बिसी, बिपना शर्मा, भावना अधिकारी, निरुताकुमारी थारु, बुद्धिराम थारु, धिरेन्द्रबहादुर साउद, निखिल थारु, जगतबहादुर थारु, पुरन बिक, रामप्रकाश थारु, अतुल हरिजन, बिपिन सुनार, बिजय थारु, चन्द्र सिंह ठगुन्ना, अल्का शर्मा, निरु लम्साल, चन्द्र सोनी, हीरालाल थारु, गयानन्द चौधरी, सरोज थारु, सन्देश थापा, सिमन राना, नगेन्द्र , टंकप्रसाद पोखरेल, राकेश डंगौरा, हीनाकुमारी डंगौरा, दिपक थारु, मीना थापा, दिपक बिष्ट, शुभम् गुप्ता, कविता चौधरी, ललिता शाही, रमेश थारु लगायत ६७ जनाले रक्तदान गरेका छन् ।
दैलेखी समाज बाँके नेपालगन्जका अध्यक्ष पूर्णदेव गिरीको अध्यक्षतमा समाजका उपाध्यक्ष डिलबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य हरिप्रसाद तिमिल्सेना, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सचिव भिष्मलोध, सल्लाहकार पवन जायसवाल, नेपाल रेडक्रस सोसाइटी बाँकेका सदस्य मीन बहादुर मल्ल, समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, राम भक्त लम्साल, महेश राना क्षेत्री, प्रशान्त तिवारी, सपना मल्ल, केशर सिंह डाँगी, बीरेन्द्र योगीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।
सो कार्यक्रममा सहयोगी हातहरुमा डा.प्रकाशबहादुर खडका, डा. शंकर केसी, डा.मञ्जु बिसी शाही, डा.बिनोद प्याकुरेल, केयर सिटी अस्पताल एण्ड रिसर्च सेन्टर, पूर्णागिरी तथा दिपकमल फार्मेसी, कलश फर्मास्टिकल्स, मिडवेष्ट डिष्टिव्यूटर्स, फेमस मेडिसीन डिष्टिव्यूटर्स, शुभकामना मेडिकल हल, मोडेल फर्मेसी, प्रिन्स मेडिकल हल, सान्ची मेडिकल हल, पवित्रा मेडिकल हल, शुभारम्भ मेडिकल हल, ओम टूेडर्स, बिन्द्रासैनी ट्रेडर्स, समाजका निर्वतमान अध्यक्ष ईश्वर श्रेष्ठ, बमबहादुर दसौदी, सुरेश थापा लक्ष्मी गारमेन्ट लगायत सहयोगी रहेको समाजका अध्यक्ष पूर्णदेव गिरीले बताउनु भयो ।
