Wednesday, April 15सत्यम खबर
Shadow

प्रमुख खरालद्वारा सेवाग्राहीलाई धम्की, पालिकाबासीहरुले पाउँदैनन सरकारद्वारा उपलब्ध निःशुल्क औषधि

नेपालगन्ज, १४ श्रावण – बाँके जिल्लाको अति विकट भनी चिनिएको नरैनापुर गाउँपालिका भित्र केही समय पहिले कारोनाकालको बेला धेरै सुधार भएको पाईन्छ । तर उक्त सुधारलाई कायम राख्न सम्बन्धित पालिका प्रमुख तथा प्रशासकीय अधिकृतले तदारुकता नदेखाउँदा लतालिंग भएको आज प्रष्ट देख्न सकिन्छ ।
हाल पालिका भित्र रहेका अधिकांश सरकारी कार्यालयहरु समयमा खुल्दैनन भनी सार्वजनिक सञ्जालमा पोष्ट भएको समेत देख्न पाईन्छ । केही दिन अगाडी मात्र नरैनापुरको अवस्था बारे अधिवक्ता रामकुमार दीक्षितको पोष्टबाट समेत प्रष्ट भईरहेको छ भने आज पुनः विभिन्न क्षेत्रमा समयमा सुधार होस भनी सचेतनाको लागि पालिका भित्र रहेका विभिन्न समस्याहरु देखाउने गरी पोष्ट गर्नु भएको छ ।
त्यति मात्र नभई उनको पोष्टले औषधि जस्तो अतिमहत्वपूर्ण वस्तुको अभाव हुँदा समेत पालिका भित्रका सम्बन्धित जिम्मेवार पक्षले कानमा तेल हाली बसिरहेको देख्छ सकिन्छ । उक्त औषधिहरु नेपाल सरकारबाट सर्वसाधारण नेपाली नागरिक, निमुखा जनताहरुको लागि निःशुल्क गरिएको छ तर सामान्य औषधिको समेत नरैनापुर पालिका भित्र व्यवस्थापन गर्न नसकेको गरिएको पोष्टबाट झल्काईरहेको छ ।
त्यति मात्र नभई सम्बन्धित पालिकाका प्रशासकीय अधिकृत मनिराम खरालले धम्की समेत दिएको उल्लेख गरिएको छ । यति वास्तवमा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो अधिकारको दुरुपयोग गरी सर्वसाधारणहरुलाई सेवा उपलब्ध गराउनु त कता हो कता, धम्की दिईरहेका छन् भने नरैनापुरबासीहरुको लागि यो भन्दा बढी बिडम्बनापूर्ण थप अरु केही हुन सक्दैन ।
नरैनापुर गाउँपालिकाबासीहरुको भनाई अनुसार जिम्मेवार पक्ष समयमा उपस्थित नहुँदा नै सम्बन्धित मतहतमा रहेका कर्मचारी तथा सरकारी कार्यालयहरुमा समेत त्यसको अगुवाई गरिरहेका छन् । जसले गर्दा पालिकाबासी सर्वसाधारणहरुलाई सास्ती बेहोर्नु परिरहेको छ । अफिस समयमा हामी पुग्दा २ घण्टा प्रतिक्षा गरेपछि बल्ल हकिम साबहरु पुग्छन् नरेश यादवले बताउनुभयो ।
त्यति मात्र नभई कानुन व्यवसायी दीक्षितले ९८ प्रकारका औषधि नेपाल सरकारमार्फत निःशुल्क पाउने विषयमा स्वास्थ्यकर्मीसँग कुरा गर्दा महिला र बालबालिकासँग सम्बन्धित १५–२० औषधि जनस्वास्थ्य कार्यालय आपूर्ति गर्छ र बाँकी पालिकाले किन्नुपर्छ तर अधिकांश औषधि पालिकाले किन्दैन । स्वास्थ्य कायालयमा आउने औषधि हामीले जनतालाई दिने हो, नभएको औषधि कहाँबाट ल्याउने ? भनी गुनासो समेत आउने गरेको लेख्छन् ।
कानुन व्यवसायी दीक्षितले अगाडी लेख्नु हुन्छ मेरो आँखा चिलाउने गरेकोले मैले पनि आँखा जाँच गराए । डाक्टर साहबले औषधि लेख्नुभयो औषधि लिन जाँदा छैन भनी जवाफ पाईयो भनी उल्लेख गर्नु भएको छ ।
यसबारे सम्बन्धित पालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र शाहलाई फोन गरी जानकारी माग्दा औषधि अभावको अवस्थामा हामीले जिम्मेवारी लिनुपर्छ । त्यसबाट हामी कदापि पन्छिन पाउँदैनौ तर हाम्रो स्टकमा औषधि हुनुपर्छ, छ होला म ३–४ दिन बिदामा भएको हुँदा जानकारी नभएको तथा भोलि कार्यालय पुगेर के कस्तो छ भनी जानकारी लिने कुरा बताउनुभयो ।
यसबारे नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले आफू त गाउँपालिकाको बृहत्तर विकासको निम्ति रातदिन दौडीरहेको आज पनि बिहानै देखि केही नखाई अहिले एउटा मलामीमा सहभागी भएको छु । पालिका भित्र समस्या धेरै भएपनि हामी समाधानतर्फ लागि परेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *