
नरैनापुर, १४ श्रावण – बाँकेको विकट गाउँपालिकाको नामबाट चिनिएको नरैनापुर गाउँपालिका भित्रको बेतिथि हाल सार्वजनिक सञ्जालमा समेत छताछुल्ला हुँदै आईरहेको छ ।
केहीदिन देखि लगातार नरैनापुर गाउँपालिका भित्र भईरहेको गतिविधिहरुलाई सम्बन्धित पालिकाबासीहरुले नियाली रहेको तथा उक्त बेतिथीलाई समयमा सम्बन्धित पक्षले समाधान गर्छ भने सावधान तथा सचेत गराउन विभिन्न माध्यमबाट पहल गरिरहेको छ ।
गत शुक्रबार सेवाग्राही चेकजाँच गरी औषधि बारे जानकारी माग्दा नेपाल सरकारबाट उपलब्ध हुने निःशुल्क औषधि बारे सम्बन्धित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक डाक्टर गोपाल तिवारीले सेवाग्राहीलाई जानकारी दिएको निउमा पालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले स्पष्टिकरण माँगेका छन् ।
चाकडी र चापलुसी गर्न नसक्ने ईमान्दार कर्मचारीहरुलाई नरैनापुर गाउँपालिका प्रशासकीय प्रमुखबाट नै यसरी अमानवीय व्यवहार गरेको प्रति पालिकाबासीहरुले विरोध गरेका छन् ।
सम्बन्धित पालिकाबासीहरुले जनताको सेवामा समर्पित कर्मचारीबाट पाउनु पर्ने जानकारी पाएको तथा उल्टै पुरस्कृत गर्नुपर्ने स्थानमा स्पष्टीकरण सोध्नु कदापि राम्रो कार्य होइन । प्रमुख प्रशासकीय अधिकृतले बेलामा आफ्नो गलती सुधार गरी गरिएको निर्णय सच्याउन समेत मांग गरेका छन् । त्यसो नगरेको अवस्थामा पालिका नै घेराउ गर्ने समेत स्रोतको दाबी रहेको छ ।
सो विषयमा कानुन व्यवसायी रामकुमार दीक्षितले आफ्नो सार्वजनिक सञ्जाल प्रयोग गर्दै “नरैनापुर पालिका भित्र भूकम्प आउने संभावना…. यो मोटर साइकिल कसको जिम्मामा छ र कसले चलाएको हो ?? मलाई जानकारी छैन र चलाउने संग मेरो कुनै रिसइबी पनि छैन तर के जानकारी छ भने जनता को पैसा ले खरीद गरिएको हो र जनता कै पैसाले तेल पनि हालिएको छ । प्रसंगबश फोटो सार्वजनिक गर्नु परेको हो ।
यो बाईक हिजो शनिवार २०८०÷४÷१३ गते सांझ ६ः०० बजे नरैनापुर –०५ दोन्द्रा खोला को किनारमा फेला परेको हो । सुरक्षाकर्मी बाहेक अन्य कर्मचारी ले अनुमती बिना सार्वजनिक बिदाको दिन चलाउन पाउंदैन तर यो मात्रै हैन धेरै चलिराखे छन् ।
यदि यो बाइक नरैनापुर पालिकाको हो भने दुरुपयोग नियन्त्रण गर्ने जिम्मा प्रशासकीय प्रमुख मणिराम खराल जीको हो तर उहाँले सक्नु हुन्न । उहाँले नियन्त्रण गर्न नसकेको प्रमाण हो यो बाईक, जुन जनताको पसिनाबाट तेल हालेर सार्वजनिक बिदाको दिन गुडी राखेको छ ।
आदरणीय मनीराम खराल ज्यू
के छ पालिकाको कर्मचारीको आचार संहितामा ? पालिकाको बेथितिको बारेमा पालिकाको कुनै कर्मचारीले बोल्न पाउँदै ? लेख्न पाउँदैन ??
रोजगारीको नाममा मजदूर भन्दा कम तलबमा काम गराई शोषण गर्ने अनि शोषण गरेको दिनको तलब पनि दिन नसक्ने, अनि कुनै कर्मचारीले बोल्न पनि नपाउने दुखेसो पोख्न नपाउने ? बोल्यो भने स्पष्टीकरण ? धम्की ??
पालिकाबाट तलब खाए कै आधारमा दमन गर्न पाईन्छ ??
आवश्यक मात्रामा औषधि आपूर्ति गर्न नसक्ने अनि कर्मचारी भए कै आधारमा तपाईको दास भएर बस्ने ??
पालिका (जनता)को सम्पत्ति को दुरुपयोग गर्नु आचार संहितामा छ त ? दुरुपयोगबाट तपाईको र पालिकाको बेइज्जत हुन्छ कि हुंँदैन ?? औषधि नपाउनु र बिरामी भारत तिर जान बाध्य हुनुले तपाईको र पालिकाको बेइज्जत हुन्छ कि हुंदैन ?? कर्मचारी समयमा न आउनुले पनि बेइज्जत हुंँदैन ।
तर स्थानीय कर्मचारी जो स्थानीय जनताका छोराछोरी पनि हुन, आफ्ना बाबु आमाको पीडा, दुख र पालिकाको बेथिति तपाईबाट सम्बोधन हुन नसकेको कारणले अब्यवस्थालाई उजागर मात्रै गरेका हुन । पालिकाको ब्यवहारमा सुधारको अपेक्षा गरेर । तर त्यसलाई तपाईले (पालिकाबाट तलब खाएर पालिकाको बिरूद्ध लेख्ने हिम्मत ??) बेइज्जतको रूपमा लिनुभयो । सकारात्मक रूपमा लिन सक्नु भएन । हेरौ टाईमलाईन ०३ दिन ।” भनी लेख्दै आप्mनो रोश प्रकट गरेका छन् ।
पालिका भित्रको बेतिथी यस्तो छ कि बिदाको बेला समेत सरकारी सवारी साधन प्रयोग गरिएको पाईन्छ । त्यसलाई नियन्त्रण गर्ने जिम्मा कसको हो ? भनी प्रश्न समेत गरिएको छ ।
