४ खर्ब लागतमा १४१ किमि काठमाडौं-रक्सौल रेलमार्ग बन्ने
काठमाण्डौ, १३ श्रावण – काठमाडौं रक्सौल रेलमार्ग सञ्चालनका लागि तयार पारिएको एफएलएस (फाइनल लोकेसन सर्भे) नेपाल सरकारसमक्ष पुगेको छ। भारतले दिएको प्रतिवेदनअनुसार रेलमार्ग १४०.७९ किलोमिटरको हुनेछ। रेलमार्गको लागत करिब ४ खर्ब अनुमान गरिएको छ। त्यसमध्ये ३ खर्ब ९९ अर्ब आयोजना बनाउन र मुआब्जाका लागि भने थप रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान छ।
काम सुरु भएको ५ वर्षमा निर्माण सम्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ। आयोजनामा १२ वटा स्टेसन बन्नेछ। तराई क्षेत्रमा सिंगल ट्रयाक र पहाडी क्षेत्र तथा सुरुङ बन्ने ठाउँमा डबल ट्रयाक बनाउने प्रस्ताव प्रतिवेलनमा गरिएको रेल विभागका महाानिर्देशक रोहितकुमार बिसुरालले बताए। ‘पहाडी क्षेत्रमा सुरुङ बन्ने छ। ४० किलोमिटर रेल सुरुङबाट गुज्रिने छ भने बाँकी जमिनको सतहबाट कुद्नेछ,’ उनले भने, ‘आयोजना ५ वर्षमा बनाइसक्ने लक्ष्य रहेको छ।’
यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ...









