
नेपालगन्ज, ४ भाद्र – राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले बाँकेमा संगठन विस्तार गरेको छ । बाँके क्षेत्र नं. २ को सभापति विवेककुमार श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरिएको जनाईएको छ ।

उपसभापतिमा निशा बराल भट्ट, सचिवमा शुभम् कुमार गुप्तालाई चयन गरिएको छ भने सदस्यहरुमा बालकृष्ण लामिछाने तथा डाक्टर कमर जहालाई चयन गरिएको जानकारी गराईएको छ। आउने दिनमा थप पार्टीका गतिविधि विस्तार गरिने समेत बताईएको छ ।
