Sunday, May 31सत्यम खबर
Shadow

अमन ईट्टा उद्योग ‘बालश्रम मुक्त उद्योग’ घोषणा

नेपालगन्ज, ६ भाद्र – नेपाल सरकारद्वारा घोषणा गरिएको बालश्रम मुक्त अभियान अन्तर्गत आज नेपाल ईट्टा उद्योग महासंघ बाँकेको सहकार्यमा नेपालगन्ज उपमहागरपालिका वडा नं. १३ स्थित रहेको अमन ईट्टा उद्योगलाई बालश्रम मुक्त उद्योग घोषणा गरिएको छ ।
उक्त बालश्रम मुक्त उद्योग घोषणा कार्यक्रममा नेपाल ईट्टा उद्योग महासंघका कार्यवाहक अध्यक्ष तथा प्रमुख अतिथि कृष्णप्रसाद अबालले नेपाल सरकारबाट उद्योगहरुमा बालश्रम मुक्त भईसकेको हुँदा समेत कही कतै बालश्रम मुक्त उद्योग घोषणा हुन बाँकी रहेको हुँदा आज अमन ईट्टा उद्योगले गरेको कार्यले अन्य उद्योगहरुले समेत सिको गरी आउने दिनमा पूर्ण रुपमा बालश्रम मुक्त उद्य्रोग हुने विश्वास व्यक्त गर्नुभयो ।


नेपाल सरकारले वायु प्रदुर्शण न्यूनीकरण गर्न पहल गरिरहेको अवस्थामा ईट्टा उद्योग व्यावसायीहरुलाई कमसल खाले कोईला उपलब्ध नगराई राम्रो खाले कोईलाको व्यवस्थापन गर्न अनुरोध गर्दै बाँके जिल्लामा रहेका ६० बढी ईट्टा उद्योगहरुले प्रायः बालश्रम मुक्त उद्योग गरिसकेको भएपनि कोही छुटेको अवस्थामा अमन ईट्टा उद्योगले आज बालश्रम मुक्त उद्योग घोषणा गर्दा अन्य ईट्टा उद्योगीहरुले समेत त्यसको प्रयोग आफ्नो उद्योगमा गर्ने नेपाल ईट्टा उद्योग संघ बाँकेका अध्यक्ष देवबहादुर ओलीले बताउनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य, जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बलका एसबी, मानवअधिकारकर्मी, घरेलु कार्यालय बाँकेका अधिकृत प्रतिनिधिका काशिप्रसाद अधिकारी, नेपाल घरेलु तथा सानो उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्का, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ का सचिव रामकुमार पौडेल, बर्दियाका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष देवेन्द्र पाण्डे, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुजन बाबु विश्वकर्मा, बालअधिकारकर्मी साहिल अन्सारी, वडा नं. १३ का जनप्रतिनिधि, नेपाल ईट्टा उद्योग महासंघका महासचिव केदार गोसाईको सहभागिता रहेको थियो भने परियोजना संयोजक तथा कार्यक्रम सञ्चालन बुद्धी कार्कीले गर्नु भएको थियो ।


कार्यक्रममा बाँके भित्र रहेको ईट्टा उद्योगहरुमा बालश्रम मुक्त उद्योग कसरी गर्ने बारे अनुगमनको लागि विभिन्न सरोकारवाला संघ संगठनहरुको सहभागितामा एउटा समिति गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *