Wednesday, July 8सत्यम खबर
Shadow

आस्था

काँग्रेसमा पनि विकेन्द्रिकरण जरुरीः डा. शशांक कोइराला

काँग्रेसमा पनि विकेन्द्रिकरण जरुरीः डा. शशांक कोइराला

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ९ भाद्र – नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले काँग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रिकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै काँग्रेसमा पनि विकेन्द्रिकरण जरुरी रहेको उल्लेख गरे । जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै धृबिकृत हुने अवस्था बनेको भन्दै उनले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्योजनमा जोड दिए । गुट अधिवेशनको समयमा हुनु स्वभाविक भएको बताउँदै केन्द्रिय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निस्क्रिय भएर जाने जिकिर गरे । कांग्रेस आफैंले खुट्टा कमाएका कारण अन्य दलहरुसंग गठबन्धन गर्नुपरिरहेको औल्याउँदै उनले कांग्रेस...
‘टिकापुर घटनामा आन्दोलनकारीले होइन, अर्कै समूहले प्रहरीमाथि आक्रमण गरेको हो’

‘टिकापुर घटनामा आन्दोलनकारीले होइन, अर्कै समूहले प्रहरीमाथि आक्रमण गरेको हो’

आस्था, प्रदेश ५, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, समाज
एसके यादव२०८० साल भाद्र ८ गते, शुक्रबार२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा झडप हुँदा एक बालक र प्रहरीसहित आठ जनाको मृत्यु भएको थियो । त्यो घटना भएको बिहीबार आठ वर्ष पुरा भएको छ । घटनाको मुख्य दोषी ठहरिएका रेशम चौधरी आममाफी पाएसँगै रिहा भइसकेका छन् । सो घटनामा मुछिएकाहरू केही अझै जेलमा छन् भने केहीमाथि मुद्दा कायमै छ । नेपाली राजनीतिमा पीडादायी घटनाको रूपमा लिइने टिकापुर घटनाको बारेमा अध्ययन तथा अनुसन्धान गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा उच्च स्तरीय जाँचबुझ आयोग गठन भएको थियो । आयोगले २०७६ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाई पनि सकेको छ । तर हालसम्म त्यो सार्वजनिक भएको छैन । सार्वजनिक गर्नका लागि थरुहट तथा मधेसबाट दबाब नदिइएको होइन, यद्यपि आयोगको प्रतिवेदन गोप्य नै राखिएको छ । प्रस्तुत छ, आजकै...
जनमतका कार्यकर्ताद्वारा नेता कँडेलको बिरोध

जनमतका कार्यकर्ताद्वारा नेता कँडेलको बिरोध

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – जनमत पार्टी बाँकेका नेता तथा कार्यकर्ताहरुले आज केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज तेजनारायण कँडेलको बिरोध गरेका छन् ।जिल्ला इन्चार्ज कँडेलले एकलौटी निर्णय गरी भेरी अस्पतालमा आफ्नो श्रीमतिलाई सदस्य पदका लागि सिफारिस गरेको भन्दै नेता कँडेलको बिरोध गर्दै मुर्दाबाद, एकलौटी निर्णय गर्न पाईन्दैन, राजीनामा दे भन्दै कार्यकर्ताहरुले बिरोध जनाएका छन् । जनमत पार्टी बाँकेका युवा नेता शिवम गुप्ताले ‘केही समय अगाडी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सिंहदरबारबाट पार्टीलाई प्राप्त पत्र अनुसार एक जना छनौट गरी भेरी अस्पतालमा पठाउनु पर्ने थियो तर जिल्ला इन्चार्ज आफै एकलौटी निर्णय गरी आफ्नै श्रीमतिलाई सदस्य पदमा सिफारिस गरेको हुँदा हामीले आज सडकमा बिरोध गरेको बताउनुभयो ।...
गौरव स्मृतिको निःशुल्क आँखा जाँच शिविर सम्पन्न, छ सय बढीले पाए सेवा

गौरव स्मृतिको निःशुल्क आँखा जाँच शिविर सम्पन्न, छ सय बढीले पाए सेवा

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ भाद्र – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ को कन्या माध्यमिक विद्यालयबाट गौरव स्मृति तथा वी ओर सेल्फ फाउण्डेशन नेपालगन्जले एक दिने निःशुल्क आँखा जाँच शिविर आज शुक्रबार सम्पन्न गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका भित्रका अन्य वडाहरुमा समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको तथा आउने दिने समेत गर्ने जानकारी गराउँदै संस्थाका उपाध्यक्ष करन शाहले हालसम्म १० हजार बढी सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउनुका साथै गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि समेत उपलब्ध गराईएको जानकारी गराउनुभयो । विगत ३–४ वर्षदेखि मानव सेवामा समर्पित गौरव स्मृति फाउण्डेशनले हालका दिनमा थप उर्जाका साथ सक्रिय रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आईरहेको जानकारी गराउँदै कन्या माध्यमिक विद्यालयका प्राधानाध्यापकले – ‘अहिले आँखा सम्बन्धी बिमारी फैलिएको अवस्थामा विद्यालय...
नगर कमिटीको पूर्ण बैठक कृष्णनगरमा सम्पन्न

नगर कमिटीको पूर्ण बैठक कृष्णनगरमा सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, ७ भाद्र - कपिलवस्तु जिल्लाको कृष्णनगरको मुस्लिम कमिटी हालमा जनतासँग माओबादी विशेष रूपान्तरण अभियान अन्तर्गत आज नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटीको पूर्ण बैठक बसेको छ।नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खाँको अध्यक्षता, प्रमुख अतिथिमा पूर्व मन्त्री तथा नेकपा माओबादी केन्द्र कपिलवस्तु जिल्ला इन्चार्ज (स्थायी कमिटी सदस्य) महेश्वर गहतराज अथक, विशिष्ट अतिथिमा पुर्व मन्त्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य वकिल मुसलमान, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेशका कोषाध्यक्ष निर्दोष अली, कपिलवस्तु जिल्ला संयोजक (विष्णु बेल्वासे) अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खाँ नेपाली, नेकपा माओबादी केन्द्रका जिल्ला समान्वय समिति सदस्य तोफेल अहमद खाँ रहेका थिए।कार्यक्रममा बोल्दै...
युनियन पदाधिकारीहरूद्वारा पदभार ग्रहण

युनियन पदाधिकारीहरूद्वारा पदभार ग्रहण

आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ७ भाद्र - नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । प्रेस युनियन बाँकेको गत साउन २७ गते भएको १२ औं अधिवेशनबाट निर्वाचित प्रियास्मृती ढकाल नेतृत्वकाे कार्यसमितिले बिहीबार पदभार ग्रहण गरेको हो । प्रेस युनियन बाँकेका वर्तमान अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बाेल्दै नेपाल प्रेस युनियन लम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसीले युनियन बाँकेका वर्तमान पदाधिकारीले संस्थाकाे सञ्चालनका लगि दुःख गरेकाे देखिएको बताउनुभयो । साथै कार्यसमितिलाई निर्वाचन कार्यालयले प्रमाण पत्र समेत प्रदान गरेको छ । निर्वाचन समितिका निर्वाचन आयुक्त जनक बहादुर शाहीले प्रमाण पत्र बितरण तथा पदभार ग्रहण कार्यक्रमको अवसरमा निर्वाचित पदाधिकारी एव समितिलाई प्रमाण पत्र बितरण गर्नुभएको थियो । उहाँले पत्रकार महासंघको नेतृत्वका लागि पनि वर्तमन समितिले बिशेष भूमिका न...
नेपालगन्जमा ट्यालेन्ट हन्टको फिनाले हुने

नेपालगन्जमा ट्यालेन्ट हन्टको फिनाले हुने

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ भाद्र – बाँकेको नेपालगन्जमा ट्यालेन्ट हन्ट अफ बाँके २०२३ हुन लागेको छ । केबि डान्स स्टूडियो रुपन्देहीको आयोजनामा यहि भदौ ९ गते नेपालगन्जमा ट्यालेन्ट हन्ट अफ बाँकेको फाईनल फिनाले हुन लागेको हो ।आयोजकले बुधबार पत्रकार सम्मेलन मार्फत फाईनल फिनाले नेपालगन्ज स्थित होटल बाटिकामा हुन लागेको जनाएको छ । कार्यक्रमकी संयोजक अन्जु रसाईलीले यस फिनालेमा तीन वटा बिधा रहेको जसमा डान्सिङ, सिङ्गिग र मोडलिङ रहेको जानकारी गराईन ।यस्तै, कार्यक्रमका सहआयोजक सत्य नारायण चौधरीले नेपालगन्जमा पहिलो पटक हुन लागेको ट्यालेन्ट हन्टमा स्थानीय कलाकारलाई प्लेटफर्म दिनका लागि आयोजना गर्न लागिएको जानकारी गराए । सम्मेलनमा जानकारी गराउदै उनले भने, ‘हामीले यसमा स्थानीय कलाकारलाई विषेश प्राथमिक्ता दिएका छौं । जुन उनीहरुमा रहेको ट्यालेन्टलाई बाहिर ल्याउनका लागि ठूलो भूमिका खेल्नेछ ।’होटल बाटिकाको प्राङ्गणमा ह...
ईत्तेहाद संगठनकाे प्रदेश अधिवेशन भाेलि हुने

ईत्तेहाद संगठनकाे प्रदेश अधिवेशन भाेलि हुने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ६ भाद्र - नेकपा एमाले सम्वद्ध नेपाल मुस्लिम ईत्तेहाद संगठनको प्रथम लुम्विनी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । बिहिवार नेपालगन्जको विपी चोकस्थित सिएसटी होटलमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले अधिवेशनको उद्घाटन गर्नुहुने भएको छ । ईत्तेहाद संगठनले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनमा प्रदेशका १२ जिल्लाबाट प्रतिनिधी र पर्यबेक्षक गरि दुई सय जनाको सहभागिता रहने जनाएको छ । पत्रकार सम्मेलनमा इत्तेहादका केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेका केन्द्रीय सदस्य सेराज फारुकीले नेपालको राष्ट्रियता बलियो बनाउन मुस्लिम समुदाय सधै सचेत रहँदै आएको बताउनुभयो । संगठनका केन्द्रीय उपाध्यक्ष तथा एमालेका केन्द्रीय सदस्य मोहम्मद हारुनले सामाजिक सद्भाव अभिवृद्धि र आर्थिक समृद्धिका लागि सम्मेलन ऐतिहासिक हुने दावी गर्नुभयो ।संगठनका प्रदेश अध्यक्ष शकील अहमद खानले प्रतिनिधित्वको ...
वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्री रमिता हेरेर बस्नुभयो: ज्ञानबहादुर शाही

वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्री रमिता हेरेर बस्नुभयो: ज्ञानबहादुर शाही

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ६ भाद्र – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले सयमा ९३ जना मानिसले मान्ने वैदिक सनातन धर्मको धज्जी उडाइँदा गृहमन्त्रीले रमिता हेरेर बसेको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले धरानमा गोरु काटेर खाएको प्रसंगमा नेपालको कूल जनसंख्याको ९३ प्रतिशतभन्दा बढिले माता मानेको गाई काटेर खानु विडम्बना भएको बताएका हुन् । ‘देशको २ करोड ७२ लाख २४ हजार ९०४ जनसंख्याले गाईलाई माता मान्छ । तर, विडम्बनाका साथ भन्नुपर्छ, यहाँ गाईगोरु काटिन्छ र सामाजिक सञ्जालमा भिडिओ राखेर प्रचार गरिन्छ । सयमा ९३ जनाले मान्ने वैदिक सनातन धर्मलाई धज्जी उडाइन्छ । अनि गृहमन्त्री रमिता र जात्रा हेरेर बस्नुहुन्छ,’– उनले भने । धरानमा गोरु काटेर खानेहरुलाई सरकारले कारबाही गर्नुपर्ने उनको माग छ । रिपोर्टर्स नेपाल...
भारतको ‘चन्द्रविजय’ : चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण

भारतको ‘चन्द्रविजय’ : चन्द्रमामा चन्द्रयान–३ सफल अवतरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ भाद्र –चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान–३ अवतरण गरेर भारतले इतिहास रचेको छ । यससँगै भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिक यान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । यो सफलतासँग भारत चन्द्रमामा आफ्नो झण्डा फहराउने समग्रमा चौथो देश बनेको छ । नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ बाट ‘विक्रम’ नाम गरेको ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ। भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ ले सफल अवतरण गरेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् । हाल ब्रिक्स सम्मेलनका लागि दक्षिण अफ्रिकामा रहेको प्रधानमन्त्री मोदीले यस अभियानमा संलग्न सबैलाई बधाई दिएका छन् । इसरोले चन्द्रमामा यान अवतरणको प्रत्यक्ष प्रसारण गरेको थियो । चन्द्रयान–३ का प्रमुख लक्ष्यमध्ये एक चन्द्रमाको दक्षिणी ध्रुवमा पानीमा आधारि...