Thursday, July 9सत्यम खबर
Shadow

आस्था

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग सम्बन्धमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उक्त विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले चिनियाँ राजदूतलाई जवाफ दिएका छन्। चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लिएर पनि परराष्‍ट्र मन्त्रालय मौन बस्नु उचित नभएको टिप्पणी पनि उनले गरेका छन्। उनले चिनियाँ राजदूतको अभिव्यक्तिले कूटनीतिक सीमा नाघेको कुरा नेपाल सरकारले नोटिसमा लिएको र थप प्रक्रियामा अघि बढ्नेमा आशावादी रहेको भन्दै उनले १० हजार मेगावाट विजुली भारतलाई बेच्न...
महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन : धवलशमशेर राणा

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन : धवलशमशेर राणा

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २२ भाद्र – राप्रपाकाक महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बुधबार भएको यादवमाथिको आक्रमणमा संलग्न व्यक्तिको आफ्नो पार्टी राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको भन्दै उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गर्दै उनले भने, ‘आक्रमणपछि उहाँले राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौं । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजात...
नेपाल-भारत सम्बन्ध सुदृढ गर्दै चौधरी समूह र अदानी समूहको सिमेन्ट व्यवसायमा साझेदारी

नेपाल-भारत सम्बन्ध सुदृढ गर्दै चौधरी समूह र अदानी समूहको सिमेन्ट व्यवसायमा साझेदारी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र – नेपाल-भारत सम्बन्धलाई सुमधुर बनाउने किसिमको एक महत्वपूर्ण कदमको व्यवसायिक सुरूवात भएको छ । नेपालको प्रसिद्ध व्यवसायिक समुह, सिजि ग्रुप र भारतको धनाड्य मानीने अदानी ग्रुपको सिमेन्ट व्यवसायले एक समझदारी ज्ञापनपत्र (एमओयू) मार्फत रणनीतिक साझेदारीलाई औपचारिक रूप दिएका छन्। यस ऐतिहासिक गठबन्धनले आर्थिक सहयोगलाई गहिरो बनाउने मात्र होइन, यस क्षेत्रमा पर्याप्त सम्पत्ति विकास र पूर्वाधार विकासको लागि मार्ग प्रशस्त गर्ने भएको छ । सीजी कर्प ग्लोबल र सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक वरुण चौधरीको नेतृत्वमा रहेको चौधरी ग्रुप नेपालको व्यवसायिक परिदृश्यमा अब्बल रूपमा उभिएको छ। यो समूह, 150 वर्ष भन्दा लामो विरासत संग, पाँच महाद्वीपहरूको 24 देशहरुमा एक महत्वपूर्ण उपस्थिति राखेको छ । भारतीय अदानी समूह, सिमेन्ट व्यवसाय सहित अदानी समूहका अध्यक्ष गौतम अडानीको नेतृत्वमा, ...
चिनियाँ राजदूतलाई देश निकाला गर्ने तयारी

चिनियाँ राजदूतलाई देश निकाला गर्ने तयारी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र –नेपालको दक्षिण छिमेकी भारतसँगको सम्बन्धबारे नकारात्मक टिप्पणी गरेर आन्तरिक मामिलामा हस्तक्षेप गरेका चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन सरकारमाथि दबाब बढेको छ । खासगरी नेपाल र भारतबीच भएको जलविद्युत व्यापारको आलोचना गरेपछि सबै दलले चिनियाँ राजदूत आफ्नो हैसियतभन्दा बाहिर गएको भन्दै सचेत गराउने, स्पष्टीकरण सोध्ने र फिर्ता पठाउनेसम्मको आवाज सडकदेखि सदनसम्म उठेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपाका सांसदले चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक भन्दै स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् भने सीके राउत नेतृत्वको जनमतले सदनमै आफ्नो सीमाभित्र नबस्ने राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेको छ । सत्ता र प्रतिपक्षी सबै दलले राजदूतको विरोध गरेपछि सरकारले स्पष्टीकरण सोध्ने तयारी गरेको छ । परराष्ट्र मन्त्रालयले राजदूत सोङलाई स्पष्टीकरण सो...
अन्तराष्ट्रिय समितिले परराष्ट्र मन्त्रीसँग भन्यो, ‘चीनियाँ राजदूतलाई बोलाएर शतर्क गराउनुस्’

अन्तराष्ट्रिय समितिले परराष्ट्र मन्त्रीसँग भन्यो, ‘चीनियाँ राजदूतलाई बोलाएर शतर्क गराउनुस्’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – प्रतिनिधि सभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिले चीनियाँ राजदूतलाई शतर्क गराउनका लागि परराष्ट्र मन्त्री एनपी साउदलाई आग्रह गरेको छ । हिजो (बिहीबार) समितिको बैठकमा परराष्ट्र मन्त्री राउदलाई बोलाएर चीनियाँ राजदूतलाई शतर्क गराउन आग्रह गरिएको समितिका सदस्य उदय शमशेर राणाले बताए । परराष्ट्र मन्त्रीलाई बोलाएर चीनियाँ राजदूतलाई यसबारे सुझाव र शर्तक गराउन सुझाव दिइएको उनको भनाइ छ । चीनियाँ राजदूतले डिप्लोम्याट्रिक मर्यादाभन्दा बाहिर गएर बोलेको उनको आरोप छ । अन्तराष्ट्रिय समितिका केही सांसदहरुले चीनियाँ राजदूतले मर्यादा मिँचेर बोलेको भन्दै कडा शब्दमा आलोचना गरेको उनले बताए । ‘डिल्पोम्याट्रिक मर्यादाभन्दा बाहिर गएर उहाँ (चीनियाँ राजदूत) ले बोल्नुभयो । त्यसैले हाम्रो अन्तराष्ट्रिय समितिको मिटिङमा अधिकांश संसादहरुको भनाई के थियो भने चीनियाँ राजदूतले मर्याद...
बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

बायु प्रदुषण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

आस्था, प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – बायु प्रदुषण नियन्त्रणका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ । बाँकेका नागरिक समाजले दिन प्रतिदिन बढदै गएको बायु प्रदुषणको नियन्त्रणका लागि तत्काल पहल गर्न आग्रह गरिएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट नेतृत्वको समुहले बाँके निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीमार्फत बन तथा वाताबरण मन्त्रीलाई विहिबार ज्ञापनपत्र पठाइएको छ ।बायु प्रदुषण नेपाल विश्व कै तेस्रो स्थान रहेको सन्दर्भमा नेपाललाई नै स्वच्छ सफा वातावरण मैत्री बनाउनका लागि र नेपालको संविधानको धारा १६ मा सम्मानपुर्वक बाँच्न पाउने हकधारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थभई बाँच्न पाउने हक छ भनि वातावरणको हकको बारेमा व्यवस्था गरेको छ । वायु प्रदुषण न्युनीकरणका लागि नेपाल सरकारसँग तपसिलका माग गरिएको छ ।१ सर्वाेच्च अदालतबाट स्वच्छ हावा र वाता...
पहिलोपटक खजुरामा महाआरती सुरु हुँदै

पहिलोपटक खजुरामा महाआरती सुरु हुँदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २० भाद्र - धार्मिक पर्यटनको खोजी अभियानमा जुटेका खजुराबासीले पहिलोपटक महाआरती सुरु गर्दैछन् । खजुरा क्षेत्रलाई धार्मिक धाम बनाउने अभियान थालेका खजुरेलीहरुले बिहीबार एकादशीको दिनबाट प्रत्येक एकादशीका दिन महाआरती गर्ने भएका छन् ।स्थानीय लक्ष्मी नाराण मन्दिर परिषरमा महाआरती गरिने बिहीबार आयोजना गरिएको पत्रकार भेटघाटमा जानकारी गराइएको छ ।बाँके जिल्ला कै सबैभन्दा बढी मठमन्दिर भएको खजुरा क्षेत्रमा सबै मठ मन्दिरलाई तिर्थस्थल बनाउने लक्ष्यसहित खजुरा बजारमा लक्ष्मी नारायण दिब्य धामको संकल्प गरि सकिएको छ भने त्यस आसपासका मन्दिरहरुलाई पनि धार्मिक गन्तब्यका रुपमा राखिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जनाए ।श्रेष्ठले भने, ‘खजुुरामा राणाकालको मैटहवा मन्दिर, सयाैं वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी जस्ता ऐतिहासिक धार्मिक क्षेत्र खजुरामा नै पर्दछ । त्यससँगै खजुरा...
“राज्यले हामीलाई अन्याय गरेको छ”- पुर्ब मुक्तकमैया

“राज्यले हामीलाई अन्याय गरेको छ”- पुर्ब मुक्तकमैया

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ भाद्र - देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २३ औं वर्ष पुगेको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो ।सरकारले मुक्त घोषणा गरेको २३ औं वर्ष बितिसक्दा पनि अझै मुक्त कमैयाको पुर्नस्थापना तथा व्यवस्थापन पूर्ण रुपमा हुन सकेको छैन । मालिकको घरमा नरकिय दासताको जिवनबाट मुक्त भएता पनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसकेको पुर्व कमलरी तथा मुक्त कमलरी बिकास मञ्च बाँकेका अध्यक्ष सुमिता थारु बताउनुहुन्छ ।दासताको जिवनबाट मुक्त भएको २३ औं बर्ष बितिसक्दा पनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसक्नु प्रमुख कारण राज्य पनि रहेको उहाँले ठह¥याउनुभयो । राज्यले कमैया मुक्त घोषणा त ग¥यो तर संरक्षण भने गर्न नसकेको उहाँको भनाई छ । पुर्ब कमलरी सुमिताले आन्दोलनको ति कहाली लाग्दो बिगतलाई स्मरण गराँदै पुर्व कमैयाहरुको माग घोष...
रुसी सेनामा २ लाख ८० हजार भर्ती

रुसी सेनामा २ लाख ८० हजार भर्ती

आर्थिक, आस्था, राजनीति, विदेश, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ भाद्र – मस्को- रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन् । युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताए । रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् । खबरहब...
द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन

द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनाउन नेपाल भ्रमण : अमेरिकी सिनेटर होलेन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कंदै छन् । भ्रमणका क्रममा उनले नेपाल र अमेरिकाबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारी, गैरसरकारी संस्थाका प्रतिनिधि, युवा, सांसद र उद्यमी, दूतावासका कर्मचारीलगायतसँग भेटवार्ता र बैठक गरेका थिए । सिनेटर होलेनले मुलुकमा स्वास्थ्य, विद्युत्, यातायात, पूर्वाधारलगायत क्षेत्रमा सञ्चालित अमेरिकी परियोजनाबारे चासो व्यक्त गर्दै ती कार्यबाट आफू सन्तुष्ट रहेको बताए। नेपालका ऐतिहासिक सांस्कृतिक सम्पदाको समेत अवलोकन गरेका उनले आज बौद्धनाथ स्तुपा अवलोकनपछि सञ्चारकर्मीसँगको अन्तरक्रियामा द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उल्लेख गरे। ...