Thursday, July 9सत्यम खबर
Shadow

आस्था

कहिले खुल्छ चीनकाे अघाेषित नाकाबन्दी ?

कहिले खुल्छ चीनकाे अघाेषित नाकाबन्दी ?

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १७ भाद्र – ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ता नाका चार वर्षदेखि बन्द भएको छ । चीनबाट कोरोना भाइरस सङ्क्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ता नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा समुदायहरुले सास्ती खेप्नु परेको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमासमेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो । सीमावर्ती क्षेत्र बस्ती याङ्मा, थुदाम, ओलाङ्चुङ्गोला र तोक्पेगालावासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेक...
चुच्चे नक्सा चीनले किन मानेन ? : बालेन

चुच्चे नक्सा चीनले किन मानेन ? : बालेन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ भाद्र – एमाले अध्यक्ष केपी शर्माओली नेतृत्वकाे सरकारले नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालमा समेटेर नयाँ चुच्चे नक्हशा जारी गरेका थिए । ती भुभाग भारतमा पारेर चीनले नयां नक्सा निकालेपछि अहिले देशैभरि विराेध शुरु भएकाे छ । चीनले नेपाली भुभाग भारतमा देखाएकाे भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि हुने तय भएको उनको चीन भ्रमण वहिस्कार गरेका छन् ।नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम भन्दै चीनको निमन्त्रणामा हुंदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको बालेननले बताएका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन् –‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं ।केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उ...
नेपाल–चीनको ऐतिहासिक मैत्रीपूर्ण सम्वन्धमा अन्यौल र सन्देह पैदा गर्ने काम

नेपाल–चीनको ऐतिहासिक मैत्रीपूर्ण सम्वन्धमा अन्यौल र सन्देह पैदा गर्ने काम

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १७ भाद्र – नेपाल कम्युनिष्ट पार्टीले हालै सार्वजनिक गरिएको चीनको नक्सा बारे आपत्ति जनाउँदै नेपाल सरकारले गम्भिर भई आफ्नो पक्षलाई अन्तर्राष्ट्रिय स्तरमा राख्नुका साथै चीनसँग समेत राख्न माग गरेको छ ।नेपाल कम्युनिष्ट पार्टीले एउटा विज्ञप्ती निकाल्दै ‘नेपालको सार्बभौमिक अखण्डता र स्वतन्त्रताप्रति सदैब संबेदनशील, सजग र सद्भावपूर्ण मानिदै आएको र बाह्य हस्तक्षेपका बिरुद्ध लामो र कठिन बलिदानपूर्ण संघर्ष झेलेर अघि बढेको चीनले आफ्ना पछिल्लो प्राकृतिक नक्सा बनाउँदा नेपालको अखण्ड भूभाग– कालापनी, लिपुलेक र लिम्पियाधुरा सहीतको चुच्चे नक्सालाई किन बेवास्ता गर्न पुग्यो त्यो यतिबेला एउटा अत्यन्तै गम्भीर प्रश्न खडा हुन पुगेको नेपाल कम्युनिष्ट पार्टीले ठानेको छ ।’ उल्लेख गरेको छ । अगाडी ‘यस सन्दर्भमा यदि नेपाल सरकारले छिमेकी देश चीन, भारत लगायत संयुक्त राष्ट्रसंघ जस्ता सम्बन्धित अन्तर्राष्ट...
दमकल मोटरसाईकल सेवा शुरु

दमकल मोटरसाईकल सेवा शुरु

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – नेपालगन्जमा आजदेखि दमकल मोटरसाइकल सेवा सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक दमकल मोटरसाइकल सेवा सुरु गरेको हो ।दमकल मोटरसाइकल सेवाको नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको हो । सेवा शुभारम्भ गर्दै नगर प्रमुख विष्टले आगलागीको जोखिममा रहेको नेपालगन्जमा दमकल मोटरसाइकल सेवा सुरु भएपछि साँघुरा गल्लीकाकारण दमकल तत्काल पुग्न नसक्ने अवस्थामा यो सेवा निकै लाभदायी हुने विश्वास व्यक्त गर्नुभयो । काठमाण्डौ महानगरपालिकाका पूर्व बारुणयन्त्र इन्चार्ज एवम् बरिष्ठ अग्नि नियन्त्रक किशोरकुमार भट्टराईले दमकल मोटरसाइकल सेवा निकै प्रभावकारी रहेको बताउनु भयो । यो सेवा सुरु भएपछि अब बारुण यन्त्र जान नसक्ने क्षेत्रमा तत्कालै आगलागी नियन्त्रण गर्न सहयोग पुग्ने आपतकालीन कार्य सञ्चालन केन्द्रकमा सूचना व्यवस्थापन अधिकृत र...
दुई महिला सहित ३२ जनाले रक्तदान गरे

दुई महिला सहित ३२ जनाले रक्तदान गरे

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – जनमत अद्र्ध साप्ताहिकको आयोजनामा गरिएको त्रैमासिक रक्तदान कार्यक्रममा दुई महिला सहित ३२ जनाले रक्तदान गरेका छन् ।आज शनिवार भएको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, विद्यार्थी, समाजसेवी, स्वास्थ्यकर्मी लगायत नियमित स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको हो ।नेपाल स्वयम्सेवी रक्तदाता समाज बाँके जिल्ला कार्यसमितिको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुके र अवधी पत्रकार संघ बाँकेका अध्यक्ष प्रहलाद विश्वकर्माले प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक होमराज गिरीलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम शुरु गरिएको थियो । जनमतको रजत वर्षको अवसरमा २०६३ वैशाख २९ गतेदेखि “रक्तदान जीवनदानु को उद्देश्यका साथ शुरु गरी नियमित रुपमा सञ्चालित “त्रैमासिक रक्तदान कार्यक्रम”को ५७ औं श्रृङ्खलामा रक्...
महेन्द्र पुस्तकालयको ७८ औं वार्षिकोत्सव सम्पन्न

महेन्द्र पुस्तकालयको ७८ औं वार्षिकोत्सव सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ भाद्र – नेपालगन्जको सामुदायिक पुस्तकालय महेन्द्र पुस्तकालयको ७८ औं वार्षिकोत्सव तथा १८ आंै साधारण सभा, १६ औं राष्ट्रिय पुस्तकालय दिवस, माधुरी–बद्रीबिक्रम स्मृति ब्याख्यानमाला शुक्रवार सम्पन्न भएको छ ।महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलाराम यादवको अध्यक्षतामा, प्रमुख आतिथि नेपाली भाषाका बिद्वान प्रा.डा.गोबिन्दराज भट्टाराईले पानसमा बत्ती प्रज्वलन गरी, सरस्वती माताको तस्बीरमा र माधुरी–बद्री बिक्रमको तस्बीरमा पुष्पमाल्र्याण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।प्रमुख अतिथि प्रा.डा.गोबिन्दराज भट्टाराईले माधुरी–बद्रीबिक्रम स्मृति ब्याख्यानमालाको पहिलो श्रृखंलामा सामाजिक सद्भाव स्थापनामा, साहित्यको भूमिका विषयमा व्याख्यान प्रस्तुत गर्नु भएको थियो । साथै महेन्द्र पुस्तकालयको तेस्रो अंक प्रकाशित मुखपत्र वाङ्मय जगतको बिमोचन गर्नुभएको थियो । प्रमुख अतिथि प्रा.डा.भट्टाराई...
प्रचण्डजी, माग्ने मनस्थितिमा चीन नजानोस् : डा. लोहनी

प्रचण्डजी, माग्ने मनस्थितिमा चीन नजानोस् : डा. लोहनी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ भाद्र – राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग राष्ट्रिय स्वार्थका कुरा राख्न हिचकिचाउनु नहुने औंल्याएका छन् ।‘चीन जाँदा प्रधानमन्त्रीले चुच्चे नक्साको मात्र होइन, कालापानीको कुरा पनि राम्रो सित कुरा गर्नुपर् यो । अस्ति भारत जाँदा वातावरण बिग्रन्छ भनेर ईपीजी, सीमा समस्याबारे बोल्दै बोल्नुभएन । नेपालको राष्ट्रिय हितका कुरा भाषागत शिष्टता र मर्यादापूर्वक राख्न गाह्रो मान्नुहुदैन,’ उनले भने ।भारत र चीनसँगको सम्बन्ध राष्ट्रिय स्वार्थको परिवेशमा सन्तुलित हुनुपर्ने डा. लोहनीले बताए । यसपटक प्रचण्डले चीनसँग ट्रान्समिसन लाइन र ४०–५० हजार मेगावाट बिजुली किन्ने समझदारी गरेर आउनुपर्नेमा उनको जोड छ । डा. लोहनीले थपे, ‘अब नेपाल र चीनको बीचमा व्यापार अभिवृद्धि गर्नुपर्छ । टोखा–छहरे सुरुङमा...
नवौं नेपालगन्ज म्याराथन मंसिर ९ गते हुने

नवौं नेपालगन्ज म्याराथन मंसिर ९ गते हुने

आर्थिक, आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ भाद्र – नवौं धारा नेपालगन्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो ।नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुनेछ ।दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको छ ।नेपालगन्ज म्याराथनको वेभसाइट (धधध।लभउबनिगलवmबचबतजयल...
सामाजिक कार्यमा अग्रसर विधार्थी नेता शेखर

सामाजिक कार्यमा अग्रसर विधार्थी नेता शेखर

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र - धर्म गर्न हजारौ मिल जानू पर्दैन, आफ्नै वरपर रहेको दिन दुःखीहरुको सेवाभाव भोकोलाई भोजन र प्यास लागेकोलाई पानी दिन सके त्यों नै ठुलो धर्म हो । यसैका एक उदाहरणीय ब्यक्तित्व हुन शेखर जंग शाही । दिन दुःखीहरुको सेवा गरेर नथाक्ने शाही कहिले नेपालगन्ज स्थित रहेको निल आश्रम सेवा संस्थामा रहेका बृद्धबृद्धाहरुलाई भोजन गराउन पुग्छन त कहिले, कहिले आर्थिक अभावका कारण उपचार गराउन असर्मथहरुलाई सक्दो आर्थिक सहयोग गरि उपचार गराउँछन् । रगतको अभाबमा तड़पीएका बिरामीहरुलाई रगतको अभाव नहोश भनि रक्तदान कार्यक्रम गरि रेडक्रासमा रक्त जम्मा गराउनु जस्ता बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाहरुलाई बञ्चित हुन नपरोस भनि अभिभावक बिहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री समेत बेलाबेलामा उपलब्ध गराउँदै आएका छन् । राष्ट्रिय प्रजातान्त्रिक विधार्थी ...
एस.एस.बी.मा ऊँ शान्तिकाे सामुहिक रक्षाबंधन

एस.एस.बी.मा ऊँ शान्तिकाे सामुहिक रक्षाबंधन

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ भाद्र - रक्षाबंधनको पावन उपलक्ष्यमा ब्रह्माकुमारीज नेपालगन्जद्वारा ४२ वीं वाहिनी र ५९ वीं बटालियन सशस्त्र सीमा बल, नानपारा, बहराइच(यु.पी.)मा सामुहिक रक्षाबंधन कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षतामा ५९ वीं बटालियन सशस्त्र सीमा बलका कमाण्डर हिमांशु दुबे, त्यहाँ सेवारत वरिष्ठ अधिकारी लगायत जवानहरुलाई रक्षाबंधनको महत्व सहित आध्यात्मिक प्रवचन पश्चात् रक्षाबंधन राखी बाँधिएको थियो ।राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले संस्थाको गतिविधि र राजयोगको महत्व बारे प्रकाश पार्नु भएको कार्यक्रममा ब्रह्माकुमारी मुनाले रक्षाबंधनको महत्व बारे प्रकाश पार्नु भएको थियो  ।उक्त कार्यक्रममा ब्र.कु.दिव्या, ब्र.कु.राजन विक्रम थापा, ब्र.कु.मिथलेश्वर चौधरी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको थियो ।...