Thursday, January 15सत्यम खबर
Shadow

चिनियाँ राजदूतलाई देश निकाला गर्ने तयारी

काठमाण्डौ, २२ भाद्र –नेपालको दक्षिण छिमेकी भारतसँगको सम्बन्धबारे नकारात्मक टिप्पणी गरेर आन्तरिक मामिलामा हस्तक्षेप गरेका चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन सरकारमाथि दबाब बढेको छ ।

खासगरी नेपाल र भारतबीच भएको जलविद्युत व्यापारको आलोचना गरेपछि सबै दलले चिनियाँ राजदूत आफ्नो हैसियतभन्दा बाहिर गएको भन्दै सचेत गराउने, स्पष्टीकरण सोध्ने र फिर्ता पठाउनेसम्मको आवाज सडकदेखि सदनसम्म उठेको छ ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, लोसपाका सांसदले चिनियाँ राजदूतको अभिव्यक्ति आपत्तिजनक भन्दै स्पष्टीकरण लिनुपर्ने माग गरेका छन् भने सीके राउत नेतृत्वको जनमतले सदनमै आफ्नो सीमाभित्र नबस्ने राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेको छ । सत्ता र प्रतिपक्षी सबै दलले राजदूतको विरोध गरेपछि सरकारले स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले राजदूत सोङलाई स्पष्टीकरण सोध्ने तयारी गरेको उच्च स्रोतले जानकारी दिएको छ । देशभित्र चौतर्फी विरोध बढेपछि प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण सोध्न अनुमति दिएका हुन् । स्पष्टीकरण चित्त नबुझे फिर्ता पठाउनेसम्मको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *