Thursday, January 15सत्यम खबर
Shadow

पहिलोपटक खजुरामा महाआरती सुरु हुँदै

खजुरा, २० भाद्र – धार्मिक पर्यटनको खोजी अभियानमा जुटेका खजुराबासीले पहिलोपटक महाआरती सुरु गर्दैछन् । खजुरा क्षेत्रलाई धार्मिक धाम बनाउने अभियान थालेका खजुरेलीहरुले बिहीबार एकादशीको दिनबाट प्रत्येक एकादशीका दिन महाआरती गर्ने भएका छन् ।
स्थानीय लक्ष्मी नाराण मन्दिर परिषरमा महाआरती गरिने बिहीबार आयोजना गरिएको पत्रकार भेटघाटमा जानकारी गराइएको छ ।
बाँके जिल्ला कै सबैभन्दा बढी मठमन्दिर भएको खजुरा क्षेत्रमा सबै मठ मन्दिरलाई तिर्थस्थल बनाउने लक्ष्यसहित खजुरा बजारमा लक्ष्मी नारायण दिब्य धामको संकल्प गरि सकिएको छ भने त्यस आसपासका मन्दिरहरुलाई पनि धार्मिक गन्तब्यका रुपमा राखिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराज श्रेष्ठले जनाए ।
श्रेष्ठले भने, ‘खजुुरामा राणाकालको मैटहवा मन्दिर, सयाैं वर्ष पुरानो हनुमान तलौवा, सन्तकुटी जस्ता ऐतिहासिक धार्मिक क्षेत्र खजुरामा नै पर्दछ । त्यससँगै खजुराको लक्ष्मीनारायण मन्दिर, मनकामनापुरको शिवालय, ज्ञानोदयको कालिमाई, डी गाँउको नवदुर्गा मन्दिरलगायत यस क्षेत्रमा ठूूलो संख्यामा धार्मिक मठमन्दिरहरु रहेका छन् ।’
खजुरामा रहेको लक्ष्मी नारायण मन्दिरमा यहि भाद्र २४ गते एकादशीका दिनबाट महाआरतीको शुभारम्भ गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए । उनले लक्ष्मी नारायण धामको स्थापनाको अभियानलाई सार्थक बनाउने उद्देश्यले मन्दिर परिसरमा भब्य भजन किर्तन र पञ्चेबाजासहित महाआरतीको तयारी गरिएको बताए । निकट भविष्यमा अग्लो सुदर्शन चित्र सहितको लक्ष्मीनाराणको मुर्ति स्थापना गर्ने अभियानलाई महाआरतीले सार्थक बनाउने अपेक्षा गरिएको उनले जनाए ।
‘मागेको भाकल पूरा हुने र समृद्धिको प्रतिकका रुपमा रहेको लक्ष्मी नारायणसहित खजुराका अन्य मठमन्दिरहरुलाई समेत समेटेर धार्मिक गन्तब्य बनाउने अभियानमा खजुराबासी जुटेका छौं,’ उनले भने,‘यो अभियानलाई सहयोग गरिदिनुहुन सबैलाई आग्रह गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *