Sunday, April 19सत्यम खबर
Shadow

चिनियाँ राजदूतको भनाइप्रति सांसद शुक्लको आपत्ति

काठमाण्डौ, २२ भाद्र – नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल–भारतबीच भइरहेको विद्युत् व्यापारको सम्बन्धमा केही दिनअघि दिएको अभिव्यक्तिप्रति सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले चीनले नेपालको अन्य देशसँग सम्बन्धमा बोलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उक्त विषयलाई संसदमा गम्भीर रुपमा उठाउँदै लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले चिनियाँ राजदूतलाई जवाफ दिएका छन्। चिनियाँ राजदूतको भनाइलाई नोटिसमा लिएर पनि परराष्‍ट्र मन्त्रालय मौन बस्नु उचित नभएको टिप्पणी पनि उनले गरेका छन्।

उनले चिनियाँ राजदूतको अभिव्यक्तिले कूटनीतिक सीमा नाघेको कुरा नेपाल सरकारले नोटिसमा लिएको र थप प्रक्रियामा अघि बढ्नेमा आशावादी रहेको भन्दै उनले १० हजार मेगावाट विजुली भारतलाई बेच्ने सम्झौताको कार्यान्वयन भए मुलुकलाई कति नाफा हुन्छ भन्ने पनि हिसाब पनि सुनाएका थिए। खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *