Thursday, July 9सत्यम खबर
Shadow

आस्था

फेकन लुम्बिनी प्रदेशको साधारण सभा सम्पन्न

फेकन लुम्बिनी प्रदेशको साधारण सभा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ भाद्र - स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को लुम्बिनी प्रदेश स्तरीय प्रथम साधारण सभा सम्पन्न भएको छ । नेपालगन्जमा सम्पन्न भएको प्रथम साधारण सभाबाट दीपेन्द्र कुँवरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन भएको हो ।नेपालगन्ज स्थित स्नेहा होटलमा सम्पन्न भएको साधारण सभाबाट अध्यक्ष दीपेन्द्र कुँवर, आईटिपी कुलदिप शर्मा, उपाध्यक्ष ओमप्रकाश रिजाल, सचिब छवी गिरी, कोषाध्यक्ष सुमन शर्मा र सदस्यहरुमा बिनोज वास्तोला, अभिशेष क्षेत्री, रोमित गौचन, मानसिंह ओली चयन भएका छन् ।साधारण सभालाई सम्बोधन गर्दै फेकन केन्द्रीय अध्यक्ष राजु निरौलाले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरुले उच्च शिक्षा पढ्न सँधै बिद्यार्थीहरु बिदेश पठाएर ठूलो रकम बिदेशीयो भनेर आरोप लागिरहेका बेला बिश्वसामु नेपाललाई शैक्षिक हबको रुपमा बिकास गर्न नेपाल सरकारलाई बारम्बार झकझक्याउदै आएकोे बताए ।उनले बुद्धीज्म कोर्ष, ह...
तीन जना गुल्मेली सेवा समाज बाँकेद्वारा सम्मानित

तीन जना गुल्मेली सेवा समाज बाँकेद्वारा सम्मानित

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
पवन जायसवालनेपालगन्ज, २४ भाद्र –बाँकेको नेपालगन्जमा हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा गुल्मेली समाज सेवा समिति बाँकेको आयोजनामा तीज मिलन तथा सम्मान कार्यक्रम–२०८० शनिवार सम्पन्न भएको छ ।गुल्मेली समाज सेवा समिति बाँकेका अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा संस्थापक अध्यक्ष लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा व्रह्माकुमारी विश्वविद्यालय नेपालगन्जकी प्रमुख व्रह्माकुमारी दुर्गा, योग समितिका प्रमुख योग गुरु गिरिराज शर्मा भट्टराई र वरिष्ठ पत्रकार तथा समितिका संस्थापक संयोजक पूर्णलाल चुकेलाई प्रमुख अतिथि लक्ष्मणप्रसाद गौतम, अध्यक्ष हरिलाल न्यौपाने, व्रह्माकुमारी दुर्गाले दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गर्नु भएको थियो । सम्मानित व्यक्तित्व मध्ये व्रह्माकुमारी विश्वविद्यालय नेपालगन्जकी प्रमुख व्रह्माकुमारी दुर्गाले सम्वोधन गर्दै आफु व्रह्माकुमारी विश्व...
हुलाक प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान

हुलाक प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २४ भाद्र - जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गाेविन्दप्रसाद पाण्डेलाई निजामती सेवा पुरस्कार २०७९ प्रदान गरिएकाे छ ।निजामती सेवा दिवस २०८० काे अवसरमा निजामती सेवा दिवस मुल समाराेह समितिले सिंहदरवार काठमाण्डाैमा आयाेजना गरेकाे कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नगद पचास हजार पुरस्कार र ताम्रापत्र प्रदान गर्नु भएकाे छ ।हरेक कार्य क्षेत्रमा ताेकिएका कामहरू इमान्दारी पूर्वक सेवाग्राही केन्दीत भएर परिवर्तनसिल धारबाट गरेकाेले आफु पुरस्कृत भएकाे पाण्डेले बताउनु भयाे ।हाल हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभाेक्ता हितका क्षेत्रमा गरेका परिवर्तन मुखी काम, काेहलपुर नगरपालिका लगायतका स्थानीय तहमा गरेका संस्थागत सुधार, वातावरण तथा सरसफाई, सड्क बिस्तार तथा सीप र क्षमता विकास अभियानहरू आफु पुरस्कृत हुने थप आधार भएकाे उहाँले बताउनु...
कृष्णनगरमा तिज बिषेश शुभकामना आदान-प्रदान

कृष्णनगरमा तिज बिषेश शुभकामना आदान-प्रदान

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, २२ भाद्र - नजिकिंदै गरेको हरितालिका तिजको अवसरमा दुर्गा महिला समुह कृष्णनगरको आयोजनामा शुभकामना आदान-प्रदान तथा तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । कृष्णनगर नगरपालिका वडा नं. १ स्थित उद्योग वाणिज्य संघको हलमा आयोजित तिज बिषेश कार्यक्रमको मुख्य प्रायोजक कृष्णनगर नगरपालिका वडा नं. २ तथा होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर प्रायोजक रहेको थियो ।दुर्गा महिला समुहकी अध्यक्ष बसन्ती शर्माको अध्यक्षता, प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका उपप्रमुख आरती देवी चौधरी अतिथिमा कृष्णनगर नगरपालिका वडा नं. २ अध्यक्ष कृष्णकुमार गुप्ता, होटल व्यवसायी तथा पर्यटन व्यवसाय जिल्ला अध्यक्ष रविन्द्र पौडेल, होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर अध्यक्ष शिव घिमिरे, वडा सदस्य राहुल मोदनवाल, रेनु शर्मा लगायत अन्य रहेका थिए ।कार्यक्रममा दुर्गा महिला समुहकी सचिव भुमा घिमिरेले शुभकामना मनतव्य राखेकी थिइन ।कार्...
‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ तयार

‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ तयार

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ भाद्र – नेपालगन्ज उपमहानगरपालिकाले ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारेको छ । साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ लाई प्रतिस्थापन गर्न बनेको ‘गरिबसँग स्थानीय सरकार कार्यक्रम सञ्चालन कार्यविधि २०८०’ को मस्यौदा तयार पारिएको हो । यो कार्यविधि नगर कार्यपालिकाको बैठकबाट स्विकृत भई नेपालगञ्ज राजपत्रमा प्रकाशन भएपछि लागू हुने सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताउनुभयो ।उक्त कार्यविधिको मस्यौदा कार्यविधि संशोधन कार्यदलले सामाजिक विकास समिति संयोजक कौशलकुमार धोवीलाई हस्तान्तरण गरेको छ । कार्यदल संयोजक गोविन्दप्रसाद रेग्मीले उक्त मस्यौदा हस्तान्तरण गर्नुभएको हो । साउन २५ गते बसेको सामाजिक विकास समितिको बैठकले रेग्मीको संयोजकत्वमा लक्ष्मण बर्मा र विना थापा सदस्य तथा जोशी सदस्य सचिव रहेको कार्यदल गठन गर्ने निर्णय गरे...
प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली २४ सदस्यीय

प्रधानमन्त्रीको अमेरिका भ्रमण टोली २४ सदस्यीय

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – भदौ १९ गतेदेखि सुरू भएको संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते संयुक्त राज्य अमेरिका जाँदै छन्। महासभाको ७८ औं सभालाई प्रधानमन्त्री प्रचण्डले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्नेछन्। मुख्यसचिव बैकुण्ठ अर्यालका अनुसार २४ सदस्यीय टोली अमेरिका जाने तय भएको छ। यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट १० जना हुने छन्। स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने छन्। यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा छन्। यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उ...
मानवअधिकार संरक्षणको लागि मधेशी आयोग र भारतीय मानवअधिकार आयोगले सहकार्य गर्ने

मानवअधिकार संरक्षणको लागि मधेशी आयोग र भारतीय मानवअधिकार आयोगले सहकार्य गर्ने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त तथा भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिस अरुण मिश्र बीच भएको छ । दुवै देशका नागरिकको मानवअधिकार संरक्षण र सम्बर्धनको लागि मधेशी आयोग र भारतको राष्ट्रिय मानवाधिकार आयोगले आगामी दिनमा सहकार्य गर्ने भएको छ | द्विपक्षीय भेटवार्तामा दुवै अधिकारमुखी आयोगहरु आगामी दिनमा मानवअधिकारको संरक्षणको लागि साझा रुपमा अगाडी बढ्ने विषयमा गम्भीर छलफल भएको छ | सो छलफलमा नेपाल-भारत सिमामा हुने मानव तस्करी, लागुपदार्थ ओसार-पोसार जस्ता गैर-कानुनी गतिविधिहरु माथि दुवै आयोगले साझा रुपमा अनुगमन गर्ने समेत छलफल भएको छ | सो छलफलको क्रममा मधेशी आयोगका अध्यक्ष डा.दत्तले मधेशी आयोग सदैव नागरिक तथा देशको हितमा काम गर्न सकारात्मक रहेको र त्यस्ता कार्यको लागि मानवअधिकार आयोगसंग सहकार्य ग...
आंतरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनियाँ दुतावास अगाडि प्रदर्शन, राजदुत फिर्ता गर्न माग

आंतरिक मामिलामा हस्तक्षेप गरेको भन्दै चीनियाँ दुतावास अगाडि प्रदर्शन, राजदुत फिर्ता गर्न माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र –राष्ट्रिय एकता अभियानले आज काठमाण्डौं स्थित चीनियाँ दुतावास अगाडि प्रदर्शन गरेको छ। राजदूतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विरोधमा अभियानले प्रदर्शन गरेको हो। अभियानका अध्यक्ष विनय यादवको अगुवाईमा आयोजित प्रदर्शनमा चिनियाँ राजदूतलाई फिर्ता गर, ऋणजाल चाहिदैन, देश डुबाऊन पाइदैन, आंतरिक मामिलामा हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, राष्ट्रिय एकता अभियान जिन्दावादलगायतका नारा लगाएका थिए। प्रदर्शनमा मधेश सम्पर्क समितिका संयोजक बिनोद सिंह, अभियानका महासचिव डा. प्रभात कुशवाहा, विद्यार्थी परिषदका पप्पु यादव, युवानेता धीरज गिरी, अभियानी शिव पासवान, गणेश कुमार सिंह लगायतको सहभागिता थियो। अध्यक्ष यादवका अनुसार चीनियाँ दुतावासले जथाभावी बोलेर नेपाल–भारत सम्बन्ध माथि प्रहार गरेको र यो राजदूतको मर्यादा विपरीत काम हो। सरकारले कूटनीतिक प्रकृयाद्वारा...
चिनियाँ राजदूतलाई फिर्ता पठाउन सरकारसमक्ष जनमत पार्टीको माग

चिनियाँ राजदूतलाई फिर्ता पठाउन सरकारसमक्ष जनमत पार्टीको माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – जनमत पार्टीका उपाध्यक्ष तथा सांसद अब्दुल खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै ती राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खानले यस्तो माग गरेका हुन् । उनले भने–‘नेपाल सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । यो कुरा संविधानमा पनि लेखिएको छ । यदि हो भने कुनैपनि विदेशी मुलुकको एउटा राजदूतले नेपालको परराष्ट्र नीति निर्धारण गर्ने होईन । नेपालले को सँग कस्तो सम्बन्ध राख्ने भनेर नेपाल आँफैले निर्धारण गर्ने कुरा हो । तर, एउटा देशको राजदूतले जुन तरिकाले खुलेआम सार्वजनिक रुपमा सनातनदेखि (हजारौं वर्षदेखि) कायम नेपाल–भारत सम्बन्धको विषयमा विषवमन गर्ने, वैमनश्यता पैदा गर्न लगाउने काम गर्न खोजेको छ । त्यो घोर निन्दनीय छ । यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई तुरुन्...
‘चीन जाँदा नक्साबारे कुरा गर्न खुट्टा नकमाउनुस्’

‘चीन जाँदा नक्साबारे कुरा गर्न खुट्टा नकमाउनुस्’

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवं प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले चीनले नेपालको भू–भाग भारततिर राखेर नयाँ नक्सा जारी गरेमा आपत्ति जनाएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नेपालको संसद्ले एकमत भएर जारी गरेको चुच्चे नक्सा भारतले स्वीकार नगर्दा सार्वभौम नेपालीहरुको मन दुखेको बताए । उनले परराष्ट्र मन्त्रालयले नयाँ नक्सा जारी भएपछि अन्तराष्ट्रिय समुदायलाई पत्राचार नगर्नुले नेपालको परराष्ट्र नीति कमजोर रहेको स्पष्ट भएको बताए । उनले सदनमार्फत परराष्ट्र मन्त्रालयलाई उक्त विषयलाई प्राथमिकतामा राखेर कूटनीतिक नोटमार्फत छिमेकी राष्ट्रलाई नेपालको भू–भाग नेपालको नक्सामा राख्न पहल गर्न ध्यानाकार्षण गराए । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा पनि यो विषमा पहल गर्न उनले आग्रह गरे । नेपाली माटोको रक्षा गर्न खुट्टा नकमाउन प...