Thursday, July 9सत्यम खबर
Shadow

आस्था

मुख्यमन्त्री कोहलपुर गोल्डकप: ३–१ ले पराजित गर्दै त्रिभुवन आर्मी विजयी

मुख्यमन्त्री कोहलपुर गोल्डकप: ३–१ ले पराजित गर्दै त्रिभुवन आर्मी विजयी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कोहलपुर, १९ कार्तिक – ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौंले (३(१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।चौथो दिनमा भएको त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच भएको खेलमा त्रिभुवन आर्मीले (३(१) गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।खेल सुरु भएको १० मिनेटमा वि.एफ.सी. चितवन क्लबका खेलाडिल सुजित बुढाथोकीले १ गोल गरेका थिए त्यसको विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले २७ मिनेट र मान बहादुर बुढामगरले ५६ र ६९ मिनेटमा २ गोल गरी ३ गोल हानेका थिए । त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले म्यान अफद म्याज धोषित भएका थिए । रोयल नेपालगन्ज फुटबल क्लबका अध्यक्ष सुर्यमणी अधिकारी र समाजसेवी अञ्जना पाण्डेद्धारा बस्नेतलाई नगद रु ५ हजार रकम हतान्तरण गरिएको थियो ।प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफस...
कन्सर्टबाट भएको आम्दानी भुकम्प प्रभावितलाई सहयोग गरिने

कन्सर्टबाट भएको आम्दानी भुकम्प प्रभावितलाई सहयोग गरिने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १८ कात्र्तिक – नेपालगन्जमा कात्तिक २४ गते हुन लागेको ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्र्सटबाट भएको आम्दानी जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट प्रभावित भएका परिवारलाई सहयोग गरिने भएको छ ।कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको उक्त कन्र्सटमा पप गायक सुनिल सिंह ठकुरी र स्थानीयले कलाकारले आफनो प्रस्तुती राख्ने तयारी गरिरहेका छन् । सुनिलको पहिलो पटक आफनो गृह जिल्लामा एकल कन्र्सट हुन लागेको हो ।यसअघि उक्त कन्र्सट आयोजनाबाट भएको आम्दानी दृष्टिविहिन बालबालिकालाई सहयोग गर्ने भनिएको थियो । तर गत शुक्रबार राती गएको भुकम्पबाट जाजरकोट र पश्चिम रुकुममा धेरै मानवीय क्षेत्र भएकोले प्रभावित क्षेत्रका जनताको लागि लागि सहयोग गरिने गायक सुनिल सिंह ठकुरीले बताए । प्रभावित जिल्लामा गएर जिल्ला प्रशासन कार्यालयको अनुमति र समन्वयमा सहयोग गरिने आयोजक कालपृष्ठ दैनिकका प्रकाश...
भुकम्पमा घाइतेको उद्धारका लागि एम्बुलेन्सको व्यवस्था

भुकम्पमा घाइतेको उद्धारका लागि एम्बुलेन्सको व्यवस्था

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज १९ कात्र्तिक – भुकम्प पिडितहरुको उद्धार र उपचार सेवा अहिले भईरहेको छ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट थुप्रै मानिसहरु प्रभावित भएका छन् ।बाँकेका डुडुवा गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा पठाएको छ । गाउँपालिकाले शनिबार राती दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको जनाएको छ ।जाजरकोट अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. दयाराम यादव विदामा रहेकाले एक्कासी घटेको घटनापछि उपचारका लागि अहिले जाजरकोट अस्पतालसम्म जाने व्यवस्था मिलाइएको छ । बाँकेको डुडुवा गाउँपालिकाले एक वटा एम्बुलेन्सको व्यवस्था गरि दुई जना चालकसहितको टोलीसंग डा. यादवलाई पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार भुकम्पमा परि घाइते भएकाहरुको उपचारको बेलामा सदरमुकाम जान नसकेका...
‘सेवा नै धर्म हो’ भन्दै मैकु दर्जीको दुबै आँखाको उपचार

‘सेवा नै धर्म हो’ भन्दै मैकु दर्जीको दुबै आँखाको उपचार

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक – ‘सेवा नै धर्म हो’ भन्ने लक्ष्य र उद्देश्य राखी दुबै आँखा मोतियाबिन्दु ग्रस्त भएका जयसपुरका मैकु दर्जीको उपचार गौरव स्मृति तथा बि योर सेल्फ फाउ्रण्डेशनले गरेको छ । गौरव स्मृति फाउण्डेशनका कोषाध्यक्ष विजय कोरीले दिएको जानकारी अनुसार अति विछडिएका तथा गरीब, आर्थिक अवस्था कमजोर भएको हुनाले हामीले हाम्रो फाउण्डेशनमार्फत मैकु दर्जीको उपचार गरेका बताए । गौरव स्मृति फाउण्डेशन कोषाध्यक्ष कोरीका अनुसार दर्जीको उपचारमा लागेको सम्पूर्ण खर्च तथा उहाँको उपचाररत अवस्थासम्म खाना, नास्ता, बस्ने बास लगायतको सम्पूर्ण खर्च संस्थामार्फत गरिएको बताए । आफूप्रति गौरव स्मृति फाउण्डेशनले गरेको सहयोग जीवन रहुनजेल कहिल्यै नबिर्सिने बताउँदै आँखा उपचार गराएका दर्जीले आफ्नो आर्थिक अवस्था कमजोर भएकै हुँदा आँखाको उपचार गराउन नसकेको तथा उक्त फाउण्डेशनले विभिन्न स्रोतमार्फत जानकारी प्राप्...
भुकम्पः १५६ बढीको मृत्यु, ८०० बढी घाईते, भेरी अस्पताल पुगे २७ बढी घाईते

भुकम्पः १५६ बढीको मृत्यु, ८०० बढी घाईते, भेरी अस्पताल पुगे २७ बढी घाईते

आस्था, प्रदेश ५, यता पनि, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक – शुक्रबार राती ११ः४८ बजे ६.४ हेक्टर मापन गरिएको भुकम्पमा परी हालसम्म १५६ जनाको मृत्यु भई सकेको छ भने ८०० बढी घाईते भएको जानकारी गराईएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेस्क्यू टीम लगायत मार्फत भुकम्पमा परी घरमा फसेका, दबेकालाई बचाव कार्य जारी रहेको छ ।शुक्रबार राती गएको भुकम्पमा परी मृत्यु तथा घाईत हुनेहरुको संख्यामा बृद्धि हुन सक्ने समेत बताईएको छ । हालसम्म घाईतेहरुको उपचारमा पायक पर्ने देशमा रहेका सबै स्थानका अस्पतालहरुमा तयारी (अर्लट) अवस्थामा स्वास्थ्यकर्मीहरुलाई रहन सम्बन्धित जिल्ला प्रशासन मार्फत निर्देशन समेत जारी भईसकेको छ ।यसैक्रममा नेपालगन्जमा समेत पूर्ण तयारी अवस्थामा शनिबार बिहानैदेखि प्रमुख जिल्ला अधिकारी श्रावणकुमार पोखरेलको निर्देशनमा भेरी अस्पताललाई राखिएको थियो । प्राप्त जानकारी अनुसार दिउँसो १२ बजेसम्म २७ बढी घाईतेहरु भेरी अस्पतालमा ...
फैसलापछि म यत्ति खुसी भएँ कि आफ्ना कुरा भन्न नसकेर धरधरी रोएँ: भारती

फैसलापछि म यत्ति खुसी भएँ कि आफ्ना कुरा भन्न नसकेर धरधरी रोएँ: भारती

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ कार्तिक – संविधान दिवसको अवसरमा आममाफी पाएका रिगल भनिने गुण्डा नाइके योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएको छ। नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेका रिगललाई सरकारले आममाफी दिएको थियो। रिगलको आममाफी विरूद्ध चेतनकी पत्नी भारती मानन्धरले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। हिजोमात्रै सर्वोच्चको पूर्ण इजलासले ढकालको आममाफी बदर गरिदिएको हो। साथै, ढकाल हिजो साँझ नै नेपालगञ्जबाट पक्राउ परिसकेका छन्। रिट निवेदक भारतीले सर्वोच्चको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सिंगो सरकार हत्याराको पक्षमा लाग्दा पनि आफूले न्याय पाएको भन्दै अदालतलाई धन्यवाद दिइन्। फैसलापछि आफूले न्यायाधीशहरूप्रति शब्दमा धन्यवाद पनि व्यक्त गर्न नसकेर न्यायालयको सम्मानमा सर्वोच्चको सिँढी ढोगेर धरधरी रोएको सुनाइन्। ...
अस्ट्रेलियन प्रधानमन्त्री अल्बानिज चीन भ्रमणमा

अस्ट्रेलियन प्रधानमन्त्री अल्बानिज चीन भ्रमणमा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज ऐतिहासिक भ्रमणका लागि चीन जाने भएका छन् । यो भ्रमण ठूलो व्यापारिक र रणनीतिक प्रतिद्वन्द्वी चीनसँग चिसो सम्बन्ध पग्लिएको सङ्केत हो । उनको बेइजिङ र साङ्घाईको चार दिने भ्रमण सात वर्षमा कुनै पनि अस्ट्रेलियाली नेताको पहिलो भ्रमण हो । अर्बौँ डलरको व्यापारिक नोक्सान हुनेगरी कूटनीतिक कूटनीतिक विघटन भएपछि दुई मुलुकबीचको सम्बन्ध सदृढ स्थितिमा रहेको छ भन्ने रूपमा यो भ्रमणलाई हेरिएको छ । गत वर्षको मे महिनाको निर्वाचनपछि अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावको सामना गर्दै आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदारसँग मित्रतापूर्ण सम्बन्ध बनाउने प्रयासमा चीनसँग दोहोरो रणनीति अपनाएको छ । अघिल्लो सरकारले फाइभ जी प्रविधिको हुआवेईमाथि प्रतिबन्ध लगाउने र कोभिड–१९ को उत्पत्तिको अनुसन्धान गर्ने आह्वान गरेपछि आक्रो...
इन्डो-प्यासिफिकमा सहकार्य भारत र भियतनामको हितमा छ : विदेशमन्त्री जयशंकर

इन्डो-प्यासिफिकमा सहकार्य भारत र भियतनामको हितमा छ : विदेशमन्त्री जयशंकर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १७ कार्तिक – भारतीय विदेश मन्त्री एस जयशंकरले इन्डो-प्यासिफिक क्षेत्रमा सहकार्य भारत र भियतनामको साझा हितमा रहेको बताएका छन्। उनले आसियानको केन्द्रीयताको महत्त्वलाई जोड दिँदै क्वाड समूहको योगदानलाई हाइलाइट गरेका छन्। चार दिने औपचारिक भ्रमणका लागि आइतबार भियतनाम आइपुगेका जयशंकरले भियतनामको कूटनीतिक एकेडेमीलाई ‘इन्डिया इन द इन्डो–प्यासिफिक’ विषयमा सम्बोधन गर्दै उक्त टिप्पणी गरेका हुन्। 'इण्डो-प्यासिफिक निर्माणमा सहयोग गर्नु किन हाम्रो साझा हितमा छ भनेर छलफल गरियो। आसियान केन्द्रीयताको महत्वलाई रेखांकित गर्दै क्वाडको योगदानलाई हाइलाइट गरेका छौं,' विदेशमन्त्री जयशंकर सामाजिक सञ्‍जाल प्लेटफर्म एक्समार्फत भनेका छन्। 'भारत र भियतनामले कसरी आफ्नो स्वतन्त्र मानसिकताका साथ बहुध्रुवीय र नियममा आधारित विश्वव्यापी व्यवस्थालाई प्रवर्द्धन गर्न सक्छ भन्ने कुराबारे छलफल भएको,' उनले थपेक...
१० वर्षपछि नेपाल टी-२० विश्वकपमा

१० वर्षपछि नेपाल टी-२० विश्वकपमा

आस्था, खेल, प्रदेश ५, समाचार
काठमाण्डौ, १७ कार्तिक – नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ। आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको हो। शुक्रबार मुलपानी मैदानमा भएको सेमिफाइनल भिडन्तमा नेपालले युएईमाथि ८ विकेटको सानदार जित निकाल्यो। युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गरे। आसिफले नटआउट ६३ रन बनाए। उनले ५० बलमा ६ चौका र २ छक्का हिर्काए। रोहित पौडेलले २० बलमा नटआउट ३५ रन बनाए। दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जित निकाल्न सफल भएको हो। ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए। उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भए। कुशलले आउट हुनुअघि २ चौका ह...
फेडोद्वारा २४ जना महिलाहरुलाई बाख्रा वितरण

फेडोद्वारा २४ जना महिलाहरुलाई बाख्रा वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १५ असोज – बिपन्न महिलाहरुलाई डुडुवा गाउँपालिका वार्ड नं. २ मा अमृत महिला समुह र विकास महिला समूहमा आवद्ध २४ जना महिलाहरुलाई दलित महिला संघ (फेडो) नेपाल बाँकेले बाख्रा वितरण गरेको छ ।दलित महिला संघ (फेडो) नेपाल बाँकेको आयोजना र डि.सि.ए.को आर्थिक सहयोगमा पहुँच नामक परियोजना अन्तर्गत डुडुवा गाउँपालिका वार्ड नं.२ बेतहानीमा रहेको अमृत महिला समूह र विकास महिला समूहमा आवद्ध रहेका बिपन्न समुदायका मधेशी, मुस्लिम गरी २४ जना महिलाहरुलाई ७२ वटा बाख्रा र १ वटा बेलन बाख्रा वितरण गरिएको छ । दलित महिला संघ (फेडो) नेपाल बाँकेकी लेखापाल प्रतिभा गुर्तालका अनुसार डुडुवा गाउँपालिका वार्ड नं.२ का वडाध्यक्ष दुर्गाप्रसाद वर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डुडुवा गाउँपालिका कार्यपालिका सदस्य छवरानी यादव, पशु शाखाका ना.प्रा.स.द्वय रक्षाराम यादव, हिकमत बहादुर खत्री, सामाजिक परिचालक सर्वेशक...