Sunday, April 26सत्यम खबर
Shadow

फेडोद्वारा २४ जना महिलाहरुलाई बाख्रा वितरण

नेपालगन्ज, १५ असोज – बिपन्न महिलाहरुलाई डुडुवा गाउँपालिका वार्ड नं. २ मा अमृत महिला समुह र विकास महिला समूहमा आवद्ध २४ जना महिलाहरुलाई दलित महिला संघ (फेडो) नेपाल बाँकेले बाख्रा वितरण गरेको छ ।
दलित महिला संघ (फेडो) नेपाल बाँकेको आयोजना र डि.सि.ए.को आर्थिक सहयोगमा पहुँच नामक परियोजना अन्तर्गत डुडुवा गाउँपालिका वार्ड नं.२ बेतहानीमा रहेको अमृत महिला समूह र विकास महिला समूहमा आवद्ध रहेका बिपन्न समुदायका मधेशी, मुस्लिम गरी २४ जना महिलाहरुलाई ७२ वटा बाख्रा र १ वटा बेलन बाख्रा वितरण गरिएको छ ।


दलित महिला संघ (फेडो) नेपाल बाँकेकी लेखापाल प्रतिभा गुर्तालका अनुसार डुडुवा गाउँपालिका वार्ड नं.२ का वडाध्यक्ष दुर्गाप्रसाद वर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा डुडुवा गाउँपालिका कार्यपालिका सदस्य छवरानी यादव, पशु शाखाका ना.प्रा.स.द्वय रक्षाराम यादव, हिकमत बहादुर खत्री, सामाजिक परिचालक सर्वेशकुमार सोनखर, सोनूसिंह बिक, दलित महिला संघ (फेडो) नेपाल बाँकेकी अध्यक्ष निर्मला सुनार, कार्यक्रम संयोजक दिलिसा गौतम लगायतको उपस्थितमा बाख्रा खोर मरम्मत सहयोग पश्चात खोर निर्माण सम्पन्न भएपछि बाख्रा बितरण गरिएको छ ।


अमृत महिला समूह र विकास महिला समूहमा आवद्ध रहेका बिपन्न समुदायका मधेशी, मुस्लिम गरी २४ जना महिलाहरुलाई प्रति व्यक्ति ३–३ वटा गरी ७२ वटा बाख्रा र दुई समूहमा १ वटा बेलन बाख्रा वितरण गरिएको संस्थाकी लेखापाल प्रतिभा गुर्तालले जानकारी गराउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *