
नेपालगन्ज १९ कात्र्तिक – भुकम्प पिडितहरुको उद्धार र उपचार सेवा अहिले भईरहेको छ । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट थुप्रै मानिसहरु प्रभावित भएका छन् ।
बाँकेका डुडुवा गाउँपालिकाले भुकम्पमा परि घाइते भएका विरामीहरुलाई उद्धार तथा अस्पतालसम्म पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा पठाएको छ । गाउँपालिकाले शनिबार राती दुई जना चालकसहितको एक वटा एम्बुलेन्स जाजरकोट अस्पताल पठाएको जनाएको छ ।
जाजरकोट अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. दयाराम यादव विदामा रहेकाले एक्कासी घटेको घटनापछि उपचारका लागि अहिले जाजरकोट अस्पतालसम्म जाने व्यवस्था मिलाइएको छ ।

बाँकेको डुडुवा गाउँपालिकाले एक वटा एम्बुलेन्सको व्यवस्था गरि दुई जना चालकसहितको टोलीसंग डा. यादवलाई पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीका अनुसार भुकम्पमा परि घाइते भएकाहरुको उपचारको बेलामा सदरमुकाम जान नसकेका चिकित्सकलाई एम्बुलेन्सको व्यवस्थागरि अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाइएको छ ।
उहाँले यहाँबाट जाने एम्बुलेन्सले जिल्लामा अन्य विरामीहरुलाई समेत अस्पतालसम्म पुर्याउनमा सहयोग गर्ने बताउनुभयो । जिल्लाका भुकम्प पिडितहरुलाई जिल्ला अस्पताल तथा अन्य जिल्लाका अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्स खटाइएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको आज आईतबार बस्ने कार्यपालिकाको बैठकले भुकम्प पिडितका लागि थप सहयोग तथा कार्यक्रमका बारेमा निर्णय गर्ने जनाइएको छ ।
