Thursday, July 9सत्यम खबर
Shadow

आस्था

मंगलबार नेपालगन्ज बन्दको घोषणा, नेपालगन्जमा पुनः गुंजियो ‘शर तन से जुदा’ नारा, जिम्मेवार को ?

मंगलबार नेपालगन्ज बन्दको घोषणा, नेपालगन्जमा पुनः गुंजियो ‘शर तन से जुदा’ नारा, जिम्मेवार को ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ असोज – नेपालगन्जमा पटक पटक हिन्दु धर्मावलम्बीहरुको अस्था र अस्मितामाथि दुव्यर्वहार हुँदा समेत प्रहरी प्रशासनको मौनतालाई अब तोड्ने भन्दै समस्त ॐ कार परिवार एकजुट भई नेपालगन्ज हिन्दु समाजद्वारा नेपालगन्ज बन्दको घोषणा गरेका छन् ।गाई काटेको बिरोधमा सामान्य स्टेटस लेखिएको भरमा सम्पूर्ण हिन्दुहरुलाई विशेष सामुदायका वर्गले तारगेट गरेर आईतबार बिहान गरिएको जक्काजाम तथा विरोध प्रदर्शनले के देखियो भने यस क्षेत्रमा गाई काटेर खानेहरु कै बोलबाला रहेको छ, हिन्दुहरुको आस्थाको केन्द्र तथा नेपालको राष्ट्रिय जनावर गाई काटेर खानेहरुको बिरोध गर्दा यत्रो जुलुस प्रदर्शन गर्नुभन्दा गाई काट्नेलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने थियो तर त्यसो नगरेर उल्टै सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुको आस्थामा चोट पुग्ने गरी जक्का जाम, शक्ति प्रदर्शन गरिनुका साथै नेपालको संविधानमा उल्लेख नभएको ‘शर त...
सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दै: सभापति लामिछाने

सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दै: सभापति लामिछाने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १३ असाेज - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिसन ८४ नेपाली जनताको अभियान हुनुपर्ने बताउनुभयो । रास्वपाको नेपालगन्ज नगर भेलालाई शनिबार सम्बोधन गर्दै सभापति लामिछानेले पुराना राजनीतिक दलले देश बनाउने हो भने अहिले पनि चार वर्षको प्रर्याप्त समय रहेको दावी गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीलाई बाहिर राखेर प्रमुख दलहरु मिलेर सरकार बनाउन उहाँले सुझाव दिनुभयो । सभापति लामिछानेले भन्नुभयो, ‘लामो समय सत्तामा रहेका दल र नेताहरुले अब पनि मिसन ८४ भन्नु फेरि पनि जनतामाथिको बेइमानी र धोका हो, मिसन ८४ को अभियान राजनीतिक दलले नभइ जनताले चलाउनुपर्ने अभियान हो ।’बर्तमान सरकारलाई शङ्काको सुविधा दिएर समर्थन जनाएको भन्दै सभापति लामिछानेले सरकारले प्रत्येक दिन जनविरोधी र देश बिरोधी निर्णय गर्दैआएको आरोप लगाउनुभयो । सरकारको निर्णयको बिरोध गर्ने हो भने माइतीघर मण्डलामै बा...
किन मनाइन्छ, सोह्र श्राद्ध ?, यो अवधिमा के गर्न मिल्छ, के मिल्दैन ?

किन मनाइन्छ, सोह्र श्राद्ध ?, यो अवधिमा के गर्न मिल्छ, के मिल्दैन ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, १३ असोज – दसैँको सुरुवातमा १६ दिनको पितृलाई सम्झिने दिन आउँछ जुन दिन आज बाट सुरु भएको छ। पूर्णिमाबाट सुरु भएको सोह्र श्राद्ध औँसीका दिनसम्म चल्ने गर्दछ। यी दिनमा पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ–आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् भन्ने मान्यता पनि रहेको छ। हिन्दु धर्मावलम्बिले सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गर्ने गर्छन्। पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उचाई र महत्त्वलाई थप स्पष्ट पार्छ। पन्ध्र दिनको यस पक्षमा मानिस आफ्ना पितृहरूलाई प्रतिदिन जल तर्पण गर्दछन् र...
नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री प्रचण्ड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १३ असोज – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढङ्गले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको जानकारी दिए । केही नाकालाई व्यवस्थित गर्नेबारेमा चीन सरकारले अनुदान उपलब्ध गराउने वचन दिएको प्रधानमन्त्री दाहालको भनाइ छ । “वैधानिक ढङ्गले सबै नाका खोल्ने सहमति भएको छ । केही नाका अनुदानमा बनाइदिन्छौँ भन्ने सहमति भएको छ”, उनले भने । यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो । आन्त...
एमाले लुम्बिनी प्रदेशमा पुष मशान्त भित्र अधिबेशन गर्ने

एमाले लुम्बिनी प्रदेशमा पुष मशान्त भित्र अधिबेशन गर्ने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, १३ असोज – नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलोबैठकले रुकुमपूर्व बाहेकका सबै जिल्लाको अधिबेशन पुष मशान्त भित्र गरिसक्ने निर्णय गरेको छ ।असोज ११ गते बुटवलमा सम्पन्न भएको पहिलो बैठकले यस्तो निर्णय गरेका हो । त्यसमध्ये पुषमा बढि चिसो हुने भएका कारण रुकुमपूर्वको मंसिरमै अधिवेशन गरीसक्नु पर्ने छ । प्रदेश कमिटीका नवनिर्वाचित अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षता र एमाले केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इञ्चार्ज पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।जसअनुसार अधिबेशनमा सपथखान छुटेकालाइ सपथग्रहण, प्रमाण पत्र वितरण, आर्थिक सम्बन्धमा, लेवि निर्धारण, खाता परिवर्तन, अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, भुगोल र विभागको जिम्मेवारी बाँडफाँट, जनसंगठनको भेला, स्कुल विभाग सञ्चालन तथा कार्यालय सञ्चालनका विषयमा विभिन्न निर्णय गरेको छ । नेकपा एमाले केन...
चीन र ईयू साझेदार हुन् : चिनियाँ विदेशमन्त्री

चीन र ईयू साझेदार हुन् : चिनियाँ विदेशमन्त्री

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – चीनका विदेशमन्त्री वाङ यीले चीन र युरापेली सङ्घ (ईयू) प्रतिद्वन्द्वी नभई साझेदार भएको बताएका छन् । हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोसँग टेलिफोनमा कुरा गर्दै उनले बेल्ट एण्ड रोड’ सहयोगका लागि चीनसँग अन्तरसरकारी सहयोग दस्तावेजमा हस्ताक्षर गर्ने हङ्गेरी पहिलो युरोपेली देश भएको बताए। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागका सदस्यसमेत रहेका वाङले चिनियाँ राष्ट्रपति सी चिनफिङ र हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानको रणनीतिक मार्गदर्शनमा चीन र हङ्गेरीबीचको ‘बेल्ट एण्ड रोड’ सहकार्यले फलदायी परिणाम दिएको र नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धका लागि राम्रो उदाहरण प्रस्तुत गरेको बताए। ‘अन्तर्राष्ट्रिय सहयोगका लागि तेस्रो बेल्ट एण्ड रोड फोरममा हङ्गेरीको उपस्थितिलाई चीनले स्वागत गर्छ’, वाङले भने, ‘चीन हङ्गेरीसँग पारस्परिक विश्वास र मित्रता ब...
चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन, अर्थतन्त्रमा जोखिम उत्पन्न हुने चिन्ता

चिनियाँ घरजग्गा बजारमा अझै सुधारको संकेत देखिएन, अर्थतन्त्रमा जोखिम उत्पन्न हुने चिन्ता

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – चीनको घरजग्गा बजारमा अझै सुधारको संकेत नदेखिँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको छ । चीनको घरजग्गा क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्दै जाँदा अर्थतन्त्रमै जोखिम उत्पन्न हुने चिन्ता बढेको हो । अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार चिनियाँ घरजग्गा निर्माणको गति सुस्ताएको छ भने अपार्टमेन्टको मूल्य पनि घट्दो क्रममा रहेको छ । सानाठूला गरी ७० वटा सहरमा घरजग्गाको मूल्यको विश्लेषणबाट अमेरिकी बैंकिङ कम्पनी गोल्डम्यान स्याक्सले अगस्ट महिनामा चीनमा अघिल्लो वर्षको तुलनामा घरजग्गाको मूल्य २ दशमलब ९ प्रतिशतले ओरालो लागेको जनाएको छ । यसअघि जुलाई महिनामा यो २ दशमलब ६ प्रतिशतले ओरालो लागेको थियो । यद्यपि चीनका स्थानीय सरकारहरुले भने निर्माण व्यवसायीहरुलाई घरजग्गाको मूल्य नघटाउन दबाब दिँदै आएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । टियान्जिन शोध संस्थाका अनुस...
तिब्बतमा प्रधानमन्त्री दाहाल र सीपीसीका सचिव वाङबीच भेटवार्ता

तिब्बतमा प्रधानमन्त्री दाहाल र सीपीसीका सचिव वाङबीच भेटवार्ता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण अत्यन्त उत्साहजनक रहेको बताउँदै सचिव वाङ सियाङलाई चीन सरकारले नेपाल-चीन सम्बन्धका लागि इन्चार्जको जिम्मेवारी दिएकाले सियाङको नेतृत्वमा भएका नेपाल-चीन सम्बन्धलाई थप उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान पुगेको बताए। उनले नेपाल र चीनबीचका द्विपक्षीय हितका लागि हरेक क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि बताए। भेटवार्तामा सचिव सियाङले प्रधानमन्त्री प्रचण्डको चीन तथा तिब्बत भ्रमणबाट आफू धेरै खुसी भएको बताउँदै नेपालसँगको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन आफू अझ सक्रिय रहने बताए। अन्नपूर्णपोस्ट...
ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन

ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुन्छ : पेन्टागन

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक जना वरिष्ठ अधिकारीले ताइवानमा चिनियाँ नाकाबन्दी असफल हुने बताएका छन् । अमेरिकी रक्षा मन्त्रालयमा हिन्द प्रशान्त क्षेत्रको सुरक्षा मामिलासम्बन्धी सहायकमन्त्री एली राट्नरले ताइवानमा सफलतापूर्वक प्रत्यक्ष सैन्य आक्रमण गर्नु चीनका लागि निकै कठिन रहेको जनाए । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनले ताइवानमाथि गर्ने नाकाबन्दीले ताइवानलाई स्रोत परिचालन गर्न थप समय प्रदान गर्ने उनको भनाइ छ । अमेरिकी कंग्रेसलाई दिएको बयानमा उनले आर्थिक नाकाबन्दीबाट अर्थतन्त्रमा पर्ने अत्यन्त नकारात्मक असरका कारण विश्व समुदाय नै चीनविरुद्ध उभिने अवस्था आउनसक्ने जनाए । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभको सैन्य सेवा समितिलाई दिएको बयानमा उनले सम्भावित नाकाबन्दीको समयमा व्यवसायिक जहाजमाथि चीनले आक्रमण गरे त्यसबाट थप उत्तेज...
गलवान झडपपछि भारत–चीन सम्बन्ध ’असामान्य अवस्थामाः विदेशमन्त्री जयशंकर

गलवान झडपपछि भारत–चीन सम्बन्ध ’असामान्य अवस्थामाः विदेशमन्त्री जयशंकर

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १२ असोज – गलवान घाटीमा भएको झड्पपछि भारत चीन सम्बन्ध असामान्य अवस्थामा रहेको भारतीय विदेशमन्त्रीले भनेका छन् ।न्यूयोर्कमा परराष्ट्र सम्बन्धको परिषदमा बोल्दै, भारतका विदेशमन्त्री एस जयशंकरले भने कि भारत–चीन सम्बन्ध २०२० मा गलवान झडप पछि असामान्य अवस्थामा रहेका हुन् ।“चीनका कार्यहरूले भारतसँगको सम्बन्ध र सम्पर्कमा बाधा पुर्याएको छ,” उनले भने, ’देशहरू बीच ’ उच्च स्तरको सैन्य तनाव’ छ । तराई टप...