
नेपालगन्ज, १८ कार्तिक – ‘सेवा नै धर्म हो’ भन्ने लक्ष्य र उद्देश्य राखी दुबै आँखा मोतियाबिन्दु ग्रस्त भएका जयसपुरका मैकु दर्जीको उपचार गौरव स्मृति तथा बि योर सेल्फ फाउ्रण्डेशनले गरेको छ ।
गौरव स्मृति फाउण्डेशनका कोषाध्यक्ष विजय कोरीले दिएको जानकारी अनुसार अति विछडिएका तथा गरीब, आर्थिक अवस्था कमजोर भएको हुनाले हामीले हाम्रो फाउण्डेशनमार्फत मैकु दर्जीको उपचार गरेका बताए ।
गौरव स्मृति फाउण्डेशन कोषाध्यक्ष कोरीका अनुसार दर्जीको उपचारमा लागेको सम्पूर्ण खर्च तथा उहाँको उपचाररत अवस्थासम्म खाना, नास्ता, बस्ने बास लगायतको सम्पूर्ण खर्च संस्थामार्फत गरिएको बताए ।

आफूप्रति गौरव स्मृति फाउण्डेशनले गरेको सहयोग जीवन रहुनजेल कहिल्यै नबिर्सिने बताउँदै आँखा उपचार गराएका दर्जीले आफ्नो आर्थिक अवस्था कमजोर भएकै हुँदा आँखाको उपचार गराउन नसकेको तथा उक्त फाउण्डेशनले विभिन्न स्रोतमार्फत जानकारी प्राप्त गरी मेरो आँखा उपचारमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
इमाम मदिना मस्जिदका मो. नसिरुद्दीन अन्सारीले जयसपुरका मैकु दर्जीको आँखा खराब भएको जानकारी मैले गौरव स्मृति फाउण्डेशनका संरक्षक प्रदीप शाहलाई गराउँदा उनले सकारात्मक टिप्पणी गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च फाउण्डेशनमार्फत गर्ने बताउनुभयो ।
गौरव स्मृति फाउण्डेशनका संस्थापक संरक्षक प्रदीप शाहले आर्थिक अवस्था कमजोर भएको जानकारी पाउन साथ मैले फाउण्डेशनमार्फत उनको उपचार गराएको बताउनुभयो ।
गौरव स्मृति तथा बि योर सेल्फ फाउण्डेशनका अध्यक्ष मधु शाहको भनाई अनुसार उपचार गराईएका दर्जीको दुबै आँखा बिग्रेको हुँदा एउटा आँखा उपचारमा मोतियाबिन्दुको अपरेशन गर्न मिल्ने रहेको थियो भने अर्को आँखा नमिल्ने भएको हुँदा एउटा आँखाको मात्र उपचार गरिएको बताउनुभयो ।
