बागेश्वरी तालमा देखिएको फोहोर बारे छानबिनसहित कडा कार्वाहीको मांग, ज्ञापन पत्र बुझाउने तयारी
नेपालगन्ज, २२ फागुन – ५० औं वर्षदेखि हिन्दु धर्मावलम्बीहरुको आस्थामाथि षडयन्त्रकारीहरुद्वारा धावा गरिएको केही समय अगाडी मात्र शक्तिपिठ बागेश्वरी मन्दिरमा अवस्थित तालको पानी सुखेपछि सबैमाझ सार्वजनिक भएको छ ।हिन्दू धर्मावलम्बीहरुले घरमा पुजा गर्दा, विजयादशमीको अवसरमा मुर्ति स्थापना गर्दा, छठ पर्वको पूजा गर्दा, भगवान जूँगे महादेवको पूजा गर्दा, बागेश्वरी माताको पूजा गर्दा, आफूलाई स्वच्छ गर्न नुहाउँदा ५० औं वर्षदेखि प्रयोग गर्दै आईरहेको तालको पानी दुषित देखिएको छ । बागेश्वरी मन्दिरमा रहेको ताल छेउछाउमा भएका घरहरुमा प्रयोग हुने शौचालयको पाईप लाईन उक्त तालमा देखिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले बताउनुभयो ।
उपमहानगर मेयर बिष्टका अनुसार केही समय अगाडी मात्र जुँगे महादेवको मन्दिर निर्माण गर्न तालको पानी फालिएको तथा उक्त पानी फलिएपछि फोहोरजन्य फाईप लाईनहरु देखिएको जानकारी ग...









