Sunday, July 12सत्यम खबर
Shadow

आस्था

प्रधानमन्त्री ज्यू, डिजाईन एउटा सामाग्री अर्को हुँदा घर कसरी बलियो हुन्छ ?

प्रधानमन्त्री ज्यू, डिजाईन एउटा सामाग्री अर्को हुँदा घर कसरी बलियो हुन्छ ?

आस्था, धार्मिक, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०८० फागुन २५ गतेअशोकनाथ योगी प्रधानमन्त्री ज्यू डिजाईन एउटाकाे ( उत्तरकाे )ईन्जिनियर र सामाग्री अन्तकाे प्रयाेग गरेर घर बलियाे र दिगाे कतिकाे हुन्छ त ?झिमेकीाई बार बार सदाबहार झुक्याउन सकिँदैन ?नेपाली कांग्रेस र एमाले लाई झुक्याए जस्तै र धाेका दिए जस्तै गरिचिन र भारत लाई बारम्बार झुक्याउन सक्नु हुन्छ ?सक्नु भयाे भने त तपाईं जस्ताे भएंकर काेही हुँदैन ?कि त नेपालमा उथलपुथल ल्याई रहन लात्तीले हान्न उत्तर दक्षिण कुदि रहने हाे ? सम्मानित संसदमा प्रधानमन्त्रीकाे सम्बाेधनले उब्जाएका तरंग नेपाली कांग्रेसका सचेतक रमेश लेखकले उठाएका राेचक प्रसंग :- संसदमा नेपालकाे अभिभाबक प्रधानमन्त्री जस्ताे गरिमामय पदमाआसिन पुष्पकमल दाहाल (प्रचण्ड)ले सनातन हिन्दू धर्म लाई जाेडेर गठबन्धन टुटाउनुकाे प्रमूख कारण भनेका छन :-कांग्रेस नेपालकाे संबिधानकाे खिलापमा जान खाेजेकाे हाे कि पनि भनेका छन ?...
भारतले स्याटेलाइट कम्पोनेन्टहरूमा शतप्रतिशत एफडीआईको साथ विदेशी लगानी भित्र्याउने

भारतले स्याटेलाइट कम्पोनेन्टहरूमा शतप्रतिशत एफडीआईको साथ विदेशी लगानी भित्र्याउने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २५ फागुन – केन्द्रले अन्तरिक्ष क्षेत्रमा विदेशी लगानीकर्ता र निजी कम्पनीहरूलाई आकर्षित गर्ने प्रयासको रूपमा, उपग्रहका लागि कम्पोनेन्टहरू बनाउन शतप्रतिशत प्रतिशत विदेशी लगानीलाई अनुमति दिएर अन्तरिक्ष क्षेत्रमा विदेशी प्रत्यक्ष लगानीका मापदण्डहरू सहज बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। अब, स्याटेलाइट उप-क्षेत्रलाई प्रत्येक क्षेत्रमा विदेशी लगानीको लागि परिभाषित सीमासहित तीन फरक गतिविधिमा विभाजन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। हाल, अन्तरिक्ष क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीलाई सरकारी मार्गबाट मात्रै स्याटेलाइट स्थापना र सञ्चालनको क्षेत्रमा शतप्रतिशत अनुमति दिइएको छ। हालको नीतिमा परिवर्तन गर्दै सरकारले स्याटेलाइट निर्माण तथा सञ्चालन, स्याटेलाइट डाटा उत्पादन र ग...
चिकित्सा पर्यटनले बंगलादेश-भारत द्विपक्षीय सम्बन्ध थप मजबुत बन्दै

चिकित्सा पर्यटनले बंगलादेश-भारत द्विपक्षीय सम्बन्ध थप मजबुत बन्दै

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ फागुन – चिकित्सा पर्यटन उद्योगमा विश्वव्यापी नेताहरू मध्ये एक भारत आज विश्वभरका बिरामीहरूका लागि सबैभन्दा किफायती र द्रुत रूपमा बढ्दो चिकित्सा पर्यटन गन्तव्यहरू मध्ये एक बनेको छ। भारतले दक्षिण एसियाली देशहरू विशेष गरी बंगलादेशलाई स्वास्थ्य सेवा प्रदान गरेर सीमापार द्विपक्षीय सहयोगमा नेतृत्व भूमिका खेल्छ। युनानी, योग, ध्यान, आयुर्वेद, र होमियोप्याथिक उपचार जस्ता समग्र चिकित्सा सेवाहरू प्रदान गर्ने क्षमता भारतको विशिष्टता हो। उच्च गुणस्तरीय स्वास्थ्य सेवा पेशेवरहरू र नर्सहरूको उपलब्धता, चिकित्सा कर्मचारीहरूद्वारा चौबीसै घण्टा सेवाहरू, अस्पतालहरूमा विलासी कोठाहरूको छनोट, राम्रो चिकित्सा विकल्पहरू, उच्च सफलता दरहरू, हृदय शल्यक्रिया, अंग प्रत्यारोपण, र आँखा जस्ता उन्नत स्वास्थ्य सेवा क्षेत्रमा उपचारको लागि प्रतिष्ठा कमाएको छ। आज अधिक बंगलादेशीहरूले लागत-प्रभावी चिकित्सा उ...
चिनियाँ नागरिकलाई किन सावधानी अपनाउने सल्लाह ?

चिनियाँ नागरिकलाई किन सावधानी अपनाउने सल्लाह ?

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ फागुन – चीनको सुरक्षा मन्त्रालयले भर्खरै चिनियाँ नागरिकहरूलाई सावधानीपूर्ण सल्लाहहरूको एक श्रृंखला जारी गरेको छ। चीनले यात्रामा निगरानी गर्नुका साथै यात्रा गर्नेहरुलाई पनि सावधानी अपनाउन आदेश जारी गरेको छ। विश्लेषकहरूले यो कदमलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले आफ्नो अख्तियार सुदृढ गर्नको लागि चालु आर्थिक चुनौतिहरूले गहिरो संकटको बीचमा गरेको रणनीतिक प्रतिक्रियाको रूपमा व्याख्या गरिरहेका छन्। 'दस कप चिया' शब्दले चिनियाँ इन्टरनेटमा महत्त्वपूर्ण महत्त्व प्राप्त गरेको छ, जसको अर्थ राज्य सुरक्षा वा सार्वजनिक सुरक्षा बलहरूद्वारा गरिएको सोधपुछ वा अनुसन्धान भन्‍ने रहेको छ। जनवरी ३० मा राष्ट्रिय सुरक्षा मन्त्रालयले जासुसीको शंकादेखि निर्माण अनुमतिको उल्लंघन, जासुसी अनुसन्धानमा सहयोग गर्न अस्वीकार, र राज्य सुरक्षासँग सम्बन्धित अन्य अपराधहरूसम्मका कार्यहरू निम्त्याउन सक्न...
नेपालगन्जमा ११४ औं नारी दिवस मनाइयो

नेपालगन्जमा ११४ औं नारी दिवस मनाइयो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ फागुन – नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा बाजागाजा सहित भब्यताका साथ ११४ औं नारी दिवस नेपालगन्ज उपमहानगरपालिका वी.पी.चौकदेखि धम्वोझीसम्म रैली गरी धम्बोझीमा लैगिंक हिंसा विरुद्ध चेतनामूलक सडक नाटक, कोणसभा गरी आज शुक्रबार नेपालगन्जमा मनाइएको छ । न्यायिक समितिका संयोजक भएकाले महिला हिंसा न्युनिकरणका लागि हर सम्भव प्रयास गर्ने प्रतिद्धता गर्दै गाउँ शहर टोल स्तरबाटै सबै प्रकारको विभेद, महिला हिंसा, घरेलु हिंसालाई न्युनिकरणमा हामी सवै लाग्नु पर्दछ अनि मात्रै सम्भव हुने नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले बताउनु भयो । नेपालगन्ज उपमहानगरपालिकाको आयोजनामा इन्सेक लगायत ४२ वटा संस्थाहरुको सहभागितामा धम्बोझीमा लैगिंक हिंसा विरुद्ध चेतनामूलक सडक नाटक गरी समाजमा विद्यमान महिला हिंसा परिवारबाटै हुने गरेको, कुलतले पनि महिला हिंसा हुने गरेकाले परिवारबाट भएपछि अरु...
६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार बितरण

६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार बितरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ फागुन - अखिल नेपाल महिला संघ बाँकेले भेरी अस्पतालका सुत्केरी महिलालाई पौष्टिक आहार बितरण गरेको छ । अखिल नेपाल महिला संघको स्थापना दिवस तथा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर भेरी अस्पतालमा रहेका ६५ जना सुत्केरी महिलालाई पौष्टिक आहार बितरण गरिएको हो । सुत्केरी महिलाका लागि पौष्टिक आहारको निकै आवश्यकता पर्ने भएकाले अखिल नेपाल महिला संघ बाँकेले सुत्केरी अवस्थामा रहेका महिलाहरुलाई पौष्टिक आहार दिने उद्देश्यले भेरी अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई पौष्टिक आहार बितरण गरिएको अखिल नेपाल महिला संघ बाँकेकी संयोजक मिना ढकालले बताईन् । उनले भेरी अस्पतालमा सुत्केरी अवस्थामा रहेका महिलाहरुका लागि छोहरा, किसमिस, गुँड, काजु, ओखर जस्ता पौष्टिक आहार बितरण गरिएको बताईन् । बिभिन्न जिल्लाबाट आई भेरी अस्पतालमा सुत्केरी अवस्थामा रहेका ६५ जना महिलाहरुलाई पौष्टिक आहार बितरण...
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनका लागि अन्तरक्रिया

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २४ फागुन– बाँकेको डुडुवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धन सम्वन्धी पालिकास्तरिय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।डुडुवा गाउँपालिकाको समन्वयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले बुधबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका प्रमुख नरेन्द्रकुमार चौधरीले भ्रष्टाचारको समस्या केन्द्रीय तहदेखि नै बढेकाले यसको नियन्त्रणमा तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भ्रष्टाचार गरेको ठहरिएका दोषीलाई कानून अनुसारको सजायसहित सार्वजनिक रुप मै समाजबाट बाहिष्कार गर्नु पर्ने भन्दै कानून र प्रक्रिया विपरित लोभ लालचमा परेर अनियमितता गर्नेलाई कारवाहीको दायरामा ल्याउनु पर्ने बताउनुभयो ।अध्यक्ष चौधरीले स्थानीयस्तरमा सरकारले सञ्चालन गर्ने विकास निमार्णका योजनालगायतका विभिन्न कार्यक्रमको प्रत्यक्ष अवल...
वाल विवाह र लैंगिक हिंसा विरुद्ध सडक नाटक सम्पन्न

वाल विवाह र लैंगिक हिंसा विरुद्ध सडक नाटक सम्पन्न

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ फागुन – इन्सेकद्वारा बाल अधिकार समूह श्री जानकी मावि जानकी गाउँपालिका–४ जानकी र मानव अधिकार सचेतना समूह खजुरा तथा अनौपचारिक क्षेत्र सेवा (इन्सेक) को आयोजनामा वाल विवाह र लैंगिक हिंसा विरुद्ध सचेतना मूलक सडक नाटक खजुरा गाउँपालिका–४ श्री जानकी मावि प्रा·ण तथा जानकी गाउँपालिका–४ मानपुर गाउँको मुख्य सडकमा आज मंगलबार सम्पन्न भएको छ । श्री जानकी मावि जानकी गाउँपालिका–४ सहायक प्रधानाध्यापक ललितबहादुर खत्रीले विद्यालयमा बालबालिकाहरुको ज्ञान सीप क्षमता अभिबृद्धि हुने र समुदायमा सचेतना फैलाउनमा सहयोग गर्ने गरेको भन्दै इन्सेकलाई धन्यवाद दिनुभयो साथै बालअधिकार समूह र विद्यालय परिवार समन्वयका साथ कार्यक्रम गरेको र आगामी दिनमा पनि गर्ने बताउनु भयो । जानकी गाउँपालिका छैठौ अधिकृत जीतबहादुर श्रेष्ठले समुदायमा दाइजोको कारण घरेलु हिंसा बढी हुने भएकाले समुदायमा भएको वाल विवाह, दाइज...
सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ ।नगर प्रमुखप्रशान्त विष्टले आज मंगलबार एक कार्यक्रमका बीच नवनिर्मित भवनको उद्घाटन गर्नु भएको छ । महिला–पुरुष अपांगमैत्री शौचालयसहित १६ बेड क्षमताको २ ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डर समेतको भवन सञ्चालनमा आएको हो । २०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पौष २८ मा सम्पन्न भएको हो । १ करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने २ करोड रहेको छ । कुल क्षेत्रफल १३२१ बर्ग मिटर रहेकोमा भवनले ओगटेको क्षेत्रफल भने ३२५ बर्ग मिटर छ । खानेपानी मन्त्रालय अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझ्यौला र साना सहरहरुमा खानेपानी, सरसफाई, स्वच्छता र स्वास्थ्य पहलहरु मार्फत कोभिड १९ रोकथाम र नियन्त्रण आयोजनाले ...
जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो

जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २२ फागुन – नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्व व्यापी रूपमा अभिप्रेरित, स्थानीय रूपमा सशक्तिकृत :जलवायु सम्बन्धी गतिविधिमा जुनियर तथा युवा”भन्ने मूल नाराका साथ देश व्यापी रूपमा मनाइएको छ ।यसै उपलक्ष्यमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा भौतिक रूपमा आयोजित कार्यक्रममा प्रदेश तथा जिल्ला तहबाट भर्चुअल रूपमा सहभागिता रहेको थियो । रेडक्रसका युवा स्वयंसेवकहरूको सक्रियता र व्यवस्थापनमा सञ्चालित सो कार्यक्रमको उद्घाटन युवा स्वयंसेवकहरू रविना चौंलागाईं र सुरजकुमार सिंहले संयुक्त रूपमा गर्नु भएको थियो ।नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्यएवं राष्ट्रिय जुनियर युवा समितिका संयोजक विष्णुराज नेपालको सभापतित्वमा भएको सो कार्यक्रममा सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपाल प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै सोसाइ...