नेपालगन्ज, १९ फागुन – इन्सेकको आयोजनामा मानव अधिकार संजालको प्रदेश स्तरीय सरोकारवालाहरु बीच सार्वजनिक सरोकारका सवालमा शुक्रबार बैठक नेपालगन्जमा सम्पन्न भएको छ ।
सार्वजनिक सरोकारवालाका सवालमा र राष्ट्रिय मानव अधिकार आयोग, नेपाल उच्च बार एशोसिएसन, कानुनविद् लगायतको सहभागितामा खुल्ला छलफलमा झुठा मुद्धामा आफूलाई फसाएको कुरा विगत केही महिनादेखि विभिन्न सरोकारवालासँग कुरा राख्दै आएका पीडित मनोजकुमार बर्माको सन्दर्भमा समेत ब्यापक छलफल गरी मनोजकुमार बर्माले सजाय भोगेर आएका बारे छलफल गर्दैै न्यायको खोजी कसरी हुन सक्छ ? जसले आउने दिनमा कुनैपनि नेपाली नागरिक तथा विदेशी नागरिक अन्यायमा परी अनाव्यश्यक सजाय भोग्न नपरोस जसका लागि प्रकृयामा सुधार गरिनु आवश्यक रहेको वरिष्ठ अधिवक्ता सुनील श्रेष्ठल बताएका थिए ।
गतवर्ष नागरिक्ताबाट बन्चित रोल्पा निवाशी विनु शाहलाई इन्सेक लगायत कानुन ब्यवसायीको सहयोगमा न्यायिक प्रक्रियामा गएको निज पीडितले हाल न्याय पाएको सफल उदाहरण प्रति खुशी ब्यक्त गर्दै सहयोगीलाई धन्यवाद दिइयो ।
पीडितलाई न्यायका लागि न्यायिक प्रकृयामा लैजानका लागि नेपाल उच्च बार एशोसिएसन लगायत कानुन ब्यवसायीहरुको समन्वयका कानुनी उपचारका साथै आर्थिक सहयोग समेत गर्ने निर्णय गरियो । विभिन्न कारणले न्यायमा पहुँच नहुनेलाई आर्थिक तथा कानुनी रुपमा कसरी सहयोग गर्न सकिन्छ र पी.आई.एल. मार्फत महत्वपुर्ण कतब्र्य निर्वाह गरी सार्वजनिक सवालमा कार्य भएकोले नेपालगन्ज चर्चाको विषय बनेको छ । यो सम्वधित सरोकारका विषयमा नागरिक समाजले छलफल बैठक गरी कुरालाई निरन्तरता कसरी दिन सकिने बैठकमा छलफल चलाईएको थियो ।
साथै दादुरा रुवेला खोपबाट बाँकेको बैजनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले एकजना विद्यार्थाी यहाँ पनि पीडित भएकोे दादुरा रुवेला खोपबाट बालबालिकामा परेका असर तथा वर्तमान समसामयिक विषयमा छलफल गरी रहँदा नेपालगन्ज उपमहानगरपालिका २ गते होप इन्टरनेशनल एकडमी कक्षा ७ मा अध्ययरत १२ वर्षीय रिदेश चौधरीलाई फाल्गुन १५ गते खोप लगाएपछि आएको स्वास्थ्य समस्याले नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्ज नर्सिंङ्ग होममा उपचार गराइ रहेका हुँदा उपचारका लागि आर्थिक सहयोगका र थप उपचारका लागि लखनऊ रिफर गर्न विद्यालयले नगरपालिकासँग अनुरोध गरेको छ तथा यो टेस्टेड इन्जेक्सन हो कि ? यसको आवश्यक अनुसन्धान गरी यर्थाथ कुरा के हो ? रियाक्सन हो कि खोजी गरी पता लगाउनु आवश्यक भएकाले थप छलफलका लागि बैठकले फियान नेपाललाई जिम्मेवारी दिएको फियान नेपालका संयोजक अधिवक्ता सुरेश गौतमले बताए ।
नेपालगन्ज रानी तलाऊ तरकारी मण्डीमा राखिएको तरकारी खाने योग्य छ कि छैन भन्ने विषादीको मात्रा नाप जाँचको प्रविधिबारे अध्ययन अनुगमन आवश्यक भएकाले खाद्य अधिकार संजाल, फियान नेपाल, हकहित संरक्षण मंच, सहभागितामा अनुगमन आवश्यक भएको मानव अधिकारकर्मी प्रभात कुमार ठकुरीले बताए सोही अनुसार जिम्मेवारी दिने निर्णय गरियो ।
त्यसैगरी कोभिम–१९ को बीमितहरुले रकम नपाएको पीडितहरुको नाम र बीमा कम्पनी को बारेमा बार एशोसियसनले पहल गर्ने र नेपालगन्ज विमानस्थलमा लामो समयसम्म प्रतिक्षा गर्नुपर्ने लगायत विभिन्न समस्या बढदै गएकाले आगामी दिनमा सुधार गर्न आवश्यक भएकाले सुचना माँग गरेका छौं नेपालगन्ज एयरपोर्टका इन्चार्जले एयरलायन्स कपम्पनीहरुसँग छलफल गरीनु पर्ने बताए पनि न्यायको प्रकृयामा जाने अधिवक्ता विकास आचार्यले बताएका थिए ।
वातावरण स्वच्छ राख्दै अन्तराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा मानव अधिकार संजालको आयोजनामा बागेश्वरी मन्दिर सरसफाई तथा उक्त दिन बर्तालुहरुलाई पानी खुवाउने कार्यक्रम गर्ने राख्नुभयो जसको जिम्मेवारी फेडोका अध्यक्ष निर्मला सुनार र मानवअधिकार तथा सुचना केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजीत तिवारीलाई दिने निर्णय गरिएको छ ।
मानव अधिकार वर्ष पुस्तक २०२४ तथा स्थिति सुचक त्रैमासिक प्रत्रिकाको बारेमा छलफल गर्दै पीडितलाई न्यायको पहुँचमा पुर्याउनका लागि आर्थिक सहयोग गर्दै आएको र आउने दिनमा हाम्रो तपाईको भूमिका के हुन सक्छ भन्ने र सार्वजनिक सरोकारवालाका सवालमा अस्पष्ट पार्दै आवश्यक निकासका लागि हामी सवैको पहल के हुन सक्छ राष्ट्रिय मानव अधिकार आयोग, नेपाल उच्च बार एशोसिएसन, कानुनविद् लगायतको सहभागितामा बैठकमा प्रकाश पार्दै इन्सेकले लुम्बिनी प्रदेश संयोजक भोल महतले बताउनु भएको थियो ।