Sunday, July 12सत्यम खबर
Shadow

आस्था

जाने होईन नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हेर्न ?

जाने होईन नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हेर्न ?

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ बैशाख – नेपाल युरोपियन युनियन चलचित्र महोत्सव आज नेपालगन्जमा हुनेभएको छ । साँस्कृतिक विविधताको उत्सव, लुम्बिनी प्रदेशको नेपालगन्जमा पहिलो पटक हुन गईरहेको छ । नेपालगन्जमा आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार आज सोमबार बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सुर्खेत रोडमा रहेको बाटिका होटलमा महोत्सव गरिने जानकारी गराईएको थियो । महोत्सवमा ४ वटा लघु नेपाली र ३ वटा युरोपेली चलचित्र प्रर्दशन गरिने आयोजकद्वारा जानकारी गराईएको छ । यसका अलावा बैशाख ४ गते बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्धारा फिल्म एप्रिसिएशनबारे मास्टर क्लास गरिनेछ भने युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेट्द्धारा नेपाल युरोपियन युनियनको दौत्य सम्बन्ध र विकास सहकार्य बारे नेपालगन्ज बहुमुखी क्याम्पसमा बिहान ९ः३० बजेदेखी १०ः३० बजेसम्म ब्य...
आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

आध्यात्मिकताले खराबी गर्दैन समाजको शुद्धीकरण गर्छः मन्त्री चौधरी

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सुनसरी, ३ वैशाख – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सुनसरीको धार्मिक एवं पर्यटकीय स्थल बराहक्षेत्र नगरपालिका १ चतरा धाममा जारी बाह्रबिसे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।आफूलाई जहिले पनि न आस्तिक न नास्तिक भन्दै गर्दा पनि ओम शान्तिको दिदीबहिनीहरूको आग्रहका कारण आफू पनि केही कुरा जान्ने, बुझ्ने र केही सुन्थे पनि गरेको उहाँले बताउनुभयो । नेपाली भूमि हिन्दु सनातनीहरूको ठुलो पावन भूमि रहेको भन्दै मन्त्री चौधरीले इतिहासको कालखण्डमा लिखित हिन्दु सनातनीमा मात्र नभएर अनेक इतिहासहरूले कोरिएको कौशिक नदिको नाम जोडिएको भूमिका हिसाबले पनि चतरा धाम महत्त्वपूर्ण रहेको बताउनुभयो ।मन्त्री चौधरीले धार्मिक आस्था, आध्यात्मिक कुराले अहिलेको समाजलाई परिवर्तन गर्न सक्ने समेत बताउनुभयो । ‘धर्म, कर्म, आध्यात्मिक चिजले खाली हामी पर...
जब चीनको दूतावासमा अमेरिकाले गर्‍यो बमबारी!

जब चीनको दूतावासमा अमेरिकाले गर्‍यो बमबारी!

आस्था, प्रदेश ५, बिचार, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाज
प्रेम ढकालकाठमाण्डौ, ३ बैशाख सोमबारसिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा दुई साताअघि इसराइलले हवाई आक्रमण गर्‍यो। अप्रिल १ को उक्त आक्रमणमा परेर तीन जनरलसहित सात इरानी सैन्य अधिकृत मारिए। त्यसको चार दिनपछि इक्वेडरले मेक्सिको दूतावासमा शरण लिएका आफ्ना पूर्व उपराष्ट्रपति पक्राउ गर्न प्रहरी नै पठायो। यी दुई घटना र खासगरी इरानी दूतावास परिसरमा इसराइलको हवाई हमलाले २५ वर्षअघिको घटना ताजा गराएको छ, जब बेलग्रेडस्थित चिनियाँ दूतावासमा अमेरिकाले बमबारी गरेको थियो। दूतावासहरूलाई अन्तर्राष्ट्रिय कानुनले लगभग अभेद्य सुरक्षा कवच प्रदान गरेको हुन्छ। तर पछिल्ला दिनमा दूतावासमाथि नै गरिएको बल प्रयोगले यो सुरक्षा कवचमाथि प्रश्न उठेको छ। सबभन्दा पहिला दमास्कस हमलाको कुरा गरौं। दमास्कसमा भएको आक्रमणमा कुद्स फोर्सका ६५ वर्षीय जनरल मोहम्मद रेजा जाहेदी, ज...
बिआरआइको ‘उपहार’ भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको बदमासी, ऋणको पासोमा नेपाल

बिआरआइको ‘उपहार’ भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको बदमासी, ऋणको पासोमा नेपाल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २ बैशाख – गत असारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले भनेका थिए, पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत हो। बिआरआइको उपहार हो। चाइनिज इन्जिनियरिङहरूबाट निर्माण भएको यो विमानस्थलमा १५ महिनासम्म व्यवसायिक उडान भएका छैनन्। चीनले त्यतिखेर बिआरआइको उपहार भने पनि नेपालले भने ठूलो मूल्य चुकाइरहेको छ । पोखरा विमानस्थल बनाउन सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर एक अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ। जुन ऋण तिर्न नेपाल उड्यन प्राधिकरणलाई हम्यहम्य परिरहेको छ किनकी उडान नहुँदा विमानस्थलको आम्दानी नै छैन। क्यानले पोखराका साथै क्यानको अन्य स्रोत र अन्य विमानस्थलबाट भएको आम्दानीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण र ब्याज तिरिरहेको छ। योबीचमा सरकार...
भारतले नेपाललाई एकैपटक ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप दियो

भारतले नेपाललाई एकैपटक ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप दियो

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २ बैशाख – भारतले एकैपटक नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन्। सो समारोहमा मेयर तथा विभिन्न जिल्लाका नगरपालिका एवम् गाउँपालिकाका अध्यक्ष, विभिन्न लाभग्राही संस्थाका प्रतिनिधि, राजनीतिक प्रतिनिधि, नेपाल सरकारका पदाधिकारी तथा समाजसेवीको उपस्थिति रहेको थियो। उपहारस्वरुप आइतबार हस्तान्तरण गरिएका कूल एक सय एक सवारीसाधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरेका थिए। नेपालका स्वास्थ्य तथा शिक्षा क्षेत्...
प्रेस युनियनको भित्तेपात्रो सार्वजनिक

प्रेस युनियनको भित्तेपात्रो सार्वजनिक

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २ बैशाख – नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री समेत रहनु भएका प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले शनिबार नेपालगञ्जमा युनियनको भित्तेपात्रो सार्वजनिक गर्नुभएको हो ।नेपाली कांँग्रेसका जनतासँग संवादका क्रममा नेपालगन्ज आइपुग्नु भएका प्रतिनिधि सभा सदस्य थापाले पात्रो सार्वजनिक गर्दै आफ्ना गतिबिधिहरु सार्वजनिक र दस्तावेज हुने भएकाले यस्ता रचनात्मक कार्य यूनियनले गर्नुपर्ने बताउनु भयो । उहाँले २०८१ सालमा काँग्रेसलाई पुर्नजागरण गर्नुपर्ने बताउनुभयो । पुर्नजागरणको लागि पार्टी भित्र सुद्धृढिकरण र पार्टी भित्र शुद्धिकरण हुनुपर्ने उहाँको भनाई छ । काँग्रेसका केन्द्रीय सदस्यहरु मैकुलाल बाल्मिकी, मधु आचार्य, प्रतिमा गौतम, लुम्बिनी प्रदेश सभापति अमरबहादुर पुन, काँग्रेस बाँकेका पुर्व सभापतिहरु कृष्णमान श्रेष्ठ, ...
काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना

काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना

आस्था, मौसम, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ बैशाख – तिब्बतमा चीनले निर्माण गरिरहेको काम्तोक बाँधले पर्यावरणमा नकारात्मक असर पर्ने भन्दै आलोचना शुरु भएको छ । तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि डा. छेवाङ ग्याल्पो आर्यले दिर्चु नदीमा चीनले बनाइरहेको बाँधले पर्यावरणमा असर पर्ने भन्दै विरोध गरेका हुन् । चीनले दिर्चु नदीमा ११ लाख किलोवाट जलविद्युत परियोजनाका लागि बाँध निर्माण गरिरहेको छ । यस बाँधले सो क्षेत्र आसपास रहेको पर्यावरण र ६ वटा ऐतिहासिक एवम् सांस्कृतिक महत्वका गुम्बामा असर पर्ने जोखिम रहेको जनाइएको छ । उक्त बाँध निर्माणका लागि सो परियोजना निर्माण स्थल नजिकै पर्ने माथिल्लो वोन्तो र शिपा गाउँका हजारौँ मानिसहरू विस्थापित हुने जोखिम पनि रहेको जापान फरवार्डले उल्लेख गरेको छ । यससँगै सो क्षेत्रमा बसोबास गर्ने मानिसहरूको परम्परागत जीवनशैलीमा पनि नकारात्मक असर पर्ने डा. आर्यले उल्लेख गरेका छन् । जापान...
गाजा आक्रमणमा इजरायलले एआईको प्रयोग गरेको खुलासा

गाजा आक्रमणमा इजरायलले एआईको प्रयोग गरेको खुलासा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १ बैशाख –इजरायली सेनाले गाजामा आक्रमण गर्न एआई प्रविधि प्रयोग गरेको आरोप लागेको छ। एक प्रतिवेदनमा इजरायलले एआई प्रविधिको प्रयोग गरेर भएको आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको दाबी गरिएको छ । यो प्रतिवेदन गत हप्ता इजरायली र प्यालेस्टिनी पत्रकारद्वारा सञ्चालित पत्रिकामा प्रकाशित भएको थियो । यस रिपोर्टमा इजरायली गुप्तचर एजेन्सीका छ वटा अज्ञात स्रोतलाई उद्धृत गर्दै यो दाबी गरिएको हो । रिपोर्टका अनुसार इजरायली सेनाले प्रयोग गरिरहेको एआई प्रणालीलाई ल्याभेन्डर भनिन्छ । ल्याभेन्डरको साथमा, धेरै अन्य एआई प्रणालीहरू पनि लक्ष्यहरू पहिचान गर्न प्रयोग भइरहेका छन् । रिपोर्टमा भनिएको छ कि एआई प्रणालीको सहयोगमा धेरै संदिग्ध आतंककारीहरूलाई पहिचान गरी निशाना बनाइएको थियो । जब यी संदिग्धहरूलाई निशाना बनाइयो, रिपोर्टहरूले दाबी गर्छन् कि धेरै उनीहरूको घरमा उपस्थित थिए। जसक...
छिमेक प्रथम नीतिमा भारत प्रतिबद्ध

छिमेक प्रथम नीतिमा भारत प्रतिबद्ध

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ बैशाख – भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम नीतिमा प्रतिबद्ध रहेको जनाएका छन् । सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा पोस्ट गर्दै विदेशमन्त्री जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम नीतिमा प्रतिबद्ध रहेको जनाएका हुन् । भारतले मालदिभ्सलाई अत्यावश्यक सामग्री प्रदान गरेको भन्दै त्यहाँका विदेशमन्त्री मुसा जमिरले भारतलाई धन्यवाद दिएसँगै जयशंकरले यस्तो टिप्पणी गरेका हुन् । मालदिभ्समा रहेको भारतीय उच्चायोगले पनि मालदिभ्सलाई अत्यावश्यक सामग्री सहयोग गर्न भारत सदैव तत्पर रहेको उल्लेख गरेको छ । पछिल्लो समय भारत र मालदिभ्सबीच कूटनीतिक सम्बन्ध चिसिएका बेला जयशंकरको यस्तो भनाइ आएको हो । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो मुलुकमा रहेका भारतीय सुरक्षाकर्मीलाई तत्काल देश छाड्न निर्देशन दिएसँगै दुई मुलुकबीचको सम्बन्ध चिसिएको छ ।खबरहब...
युवा पुस्ताले देशमा आफ्नो भविष्य देखेनन् : पूर्वराजा

युवा पुस्ताले देशमा आफ्नो भविष्य देखेनन् : पूर्वराजा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ बैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य नदेखेर भौँतारिएको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार नभएको बताउँदै युवा पुस्ताले पनि आफ्नो भविष्य नदेखेको बताएका हुन् । उनले आफ्नो सन्देशमा भनेका छन्– ‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ। न देशको गौरव गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ। जान्ने बुझ्ने बुढापाकाहरू अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् भने युवा पुस्ता देशमा आफ्नो सुनौलो भविष्य नदेखेर भौँतारिएका छन् ।’ पूर्व राजाले देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको बताउँदै शिक्षा, स्वास्थ्य...