नेपालगन्ज, ३ बैशाख – नेपाल युरोपियन युनियन चलचित्र महोत्सव आज नेपालगन्जमा हुनेभएको छ । साँस्कृतिक विविधताको उत्सव, लुम्बिनी प्रदेशको नेपालगन्जमा पहिलो पटक हुन गईरहेको छ । नेपालगन्जमा आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार आज सोमबार बिहान १० बजेदेखी साँझ ६ बजेसम्म सुर्खेत रोडमा रहेको बाटिका होटलमा महोत्सव गरिने जानकारी गराईएको थियो ।
महोत्सवमा ४ वटा लघु नेपाली र ३ वटा युरोपेली चलचित्र प्रर्दशन गरिने आयोजकद्वारा जानकारी गराईएको छ । यसका अलावा बैशाख ४ गते बिहान ११ बजेदेखी दिउँसो १ बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्धारा फिल्म एप्रिसिएशनबारे मास्टर क्लास गरिनेछ भने युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेट्द्धारा नेपाल युरोपियन युनियनको दौत्य सम्बन्ध र विकास सहकार्य बारे नेपालगन्ज बहुमुखी क्याम्पसमा बिहान ९ः३० बजेदेखी १०ः३० बजेसम्म ब्याख्यान गर्ने कार्यक्रम रहेको जानकारी गराईएको छ ।