भाजपाले लोकसभा चुनाव हेर्न २५ देशका पार्टीलाइ बोलायो तर चीन, पाकिस्तान र अमेरिकालाइ दिएन निम्तो
काठमाण्डौ, १ बैशाख – भारतमा अप्रिल १९ देखि सुरु हुने लोकसभा चुनावका बीच भाजपाले विश्वभरका २५ राजनीतिक दललाई आमन्त्रण गरेको छ ।
द इन्डियन एक्सप्रेसका अनुसार जसको उद्देश्य भारतको चुनावी प्रक्रिया र बीजेपीको चुनावी रणनीति विदेशी दलहरूलाई बुझाउनु रहेको छ ।
पार्टी प्रमुख जेपी नड्डाले सुरु गरेको ‘भाजपा जान्नुहोस्’ पहल अन्तर्गत भाजपाले यो कदम उठाएको हो। निमन्त्रणा प्राप्त विदेशी दलहरूमा बेलायतको कन्जरभेटिभ र लेबर पार्टी, जर्मनीको क्रिस्चियन डेमोक्र्याट र सोसल डेमोक्र्याट पार्टी, बंगलादेशको अवामी लिग पार्टीसहित नेपाल र श्रीलंकाका प्रमुख राजनीतिक दलहरू पर्छन् ।
समाचार अनुसार अहिलेसम्म १३ राजनीतिक दलले भाजपाको निमन्त्रणा स्वीकार गरिसकेका छन् । यस अवधिमा भाजपाले पाकिस्तान, चीन र अमेरिकाका दलहरूलाई भने निम्तो दिएको छैन।
बीजेपीका एक नेताले द इन्डियन एक्सप्रेसलाई भने, ‘अमेरिकामा पनि यसै ...









