Thursday, February 13सत्यम खबर
Shadow

छिमेक प्रथम नीतिमा भारत प्रतिबद्ध

काठमाण्डौ, १ बैशाख – भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम नीतिमा प्रतिबद्ध रहेको जनाएका छन् ।

सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर) मा पोस्ट गर्दै विदेशमन्त्री जयशंकरले आफ्नो मुलुक छिमेक प्रथम नीतिमा प्रतिबद्ध रहेको जनाएका हुन् ।

भारतले मालदिभ्सलाई अत्यावश्यक सामग्री प्रदान गरेको भन्दै त्यहाँका विदेशमन्त्री मुसा जमिरले भारतलाई धन्यवाद दिएसँगै जयशंकरले यस्तो टिप्पणी गरेका हुन् ।

मालदिभ्समा रहेको भारतीय उच्चायोगले पनि मालदिभ्सलाई अत्यावश्यक सामग्री सहयोग गर्न भारत सदैव तत्पर रहेको उल्लेख गरेको छ ।

पछिल्लो समय भारत र मालदिभ्सबीच कूटनीतिक सम्बन्ध चिसिएका बेला जयशंकरको यस्तो भनाइ आएको हो । मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो मुलुकमा रहेका भारतीय सुरक्षाकर्मीलाई तत्काल देश छाड्न निर्देशन दिएसँगै दुई मुलुकबीचको सम्बन्ध चिसिएको छ ।खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *