Sunday, July 12सत्यम खबर
Shadow

आस्था

कालपृष्ठ दैनिकका सम्पादक खत्री सम्मानित

कालपृष्ठ दैनिकका सम्पादक खत्री सम्मानित

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, ३ वैशाख – आयुर्वेद सेवाको प्रचार प्रसारमा महत्वपुर्ण योगदान गरेको भन्दैं कालपृष्ठ दैनिकका सम्पादक तथा गोरखापत्रकर्मी कमल खत्री सम्मानित हुनु भएको छ ।सोमबार खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा भएको पञ्चकर्म तथा पुर्वकर्म थेरापी सेवाको उद्घाटन कार्यक्रममा खत्रीलाई सम्मान गरिएको थियो । खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले खत्री सहित पत्रकार चन्द्र बोहोरा र खगेन्द्र दाहाललाई सम्मान गर्नु भएको हो । कार्यक्रममा वर्ष भरी उत्कृष्ट काम गरेको भन्दैं नागरिक आरोग्य सेवा केन्द्र खजुरामा कार्यरत कार्यालय सहयोगी सविना केसीलाई सम्मान गरिएको थियो ।स्वास्थ्य सेवा आयुर्वेद समुह अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो ।करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय खत्रीलाई आयुर्वेद सेवाको प्रचार प्रसार तथा जनचेतना मुलक सन्देश प्रवाह गर्न भुमिका निर्वाह गरेको भन्दैं...
निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
जनकपुरधाम, ३ बैशाख – जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका छन् ।आज नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी वहाँहरुले नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड र अनुसूची ६ मा निजामती कर्मचारीको सम्बन्धमा प्रदेशलाई दिइएको अधिकार सम्बन्धी धाराहरु १०९, २३१ को (३), ३०४ को व्यवस्था र अन्तर्भाव को ठाडो उल्लंघन हो बताएका छन् । बिरोध गर्नेहरुमा तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेश चन्द्र लाल, नेपाली काँग्रेसका नेता र मधेश प्रदेश सभा सदस्य रामसरोज यादव तमलोपाका वरिष्ठ नेता संविधान सभा सदस्य डा. विजय कुमार सिंह, नेकपा(ए.समाजवादी)का नेता संविधान सभा सदस्य शीतल झा, वामपन्थी बुद्धिजीवी रोशन जनकपुरी तथा नेपाली काँग्रेसका नेता जीवनाथ चौधर...
जेसीजको साप्ताहिक कार्यक्रम शुरु, पहिलोमा शुभ–कामना आदान–प्रदान

जेसीजको साप्ताहिक कार्यक्रम शुरु, पहिलोमा शुभ–कामना आदान–प्रदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३ बैशाख – नेपालगन्ज जेसीजले ‘‘जेसीज सप्ताह’’ कार्यक्रम सुरु गरेको छ । जेसीजले बिगतका बर्षमा झैं यस बर्ष पनि साप्ताहिक रुपमा गरिने कार्यक्रमलाई रुटिङ बनाएर कार्यक्रम सुरु गरेको हो ।जेसीज सप्ताहको पहिलो कार्यक्रम नयाँ वर्ष शुभकामना आदान–प्रदान बागेश्वरी मन्दिरको पार्कमा सम्पन्न भईसकेको छ । जसको नेतृत्व मोहित बाबू शर्माको मुल संयोजकत्वमा कार्यक्रम संयोजक जेसी सन्दीप गुप्ता, सह–संयोजक जुनियर जेसीज शिशिर सुवेदी रहनु भएको थियोे भने प्रमुख अतिथि नेपाल जेसीज बर्ष २०२४ का राष्ट्रिय उपाध्यक्ष जेसि नबराज उपाध्यायबाट औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेर सुरुवात भएको थियो । उपाध्यायले उद्घाटन गर्दै विगतका दिनहरुमा भन्दा यसपटक अझ राम्रो कामहरु होस् भन्दै नयाँ २०८१ र जेसीज सप्ताहको लागि अग्रिम शुभकामना दिएका थिए ।त्यस्तै नेपालगन्ज जेसीजका वर्ष २०२३ का अध्यक्ष जेसी रोशन केसीले जेसीज सिक्...
रोहितको शतकका बाबजुद चेन्नईसँग हार्‍यो मुम्बई

रोहितको शतकका बाबजुद चेन्नईसँग हार्‍यो मुम्बई

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ बैशाख – रोहित शर्माको शतकका बाबजुद चेन्नईसुपर किंग्ससँग मुम्बई इन्डियन्स पराजित भएको छ। इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई चेन्नाईसँग २० रनले पराजित भएको हो। चेन्नाईले दिएको २०७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बईले ६ विकेट गुमाएर १८६ रन मात्रै बनाउन सक्यो। मुम्बईका लागि रोहित शर्मा शतक प्रहार गरी नट आउट रहे। उनले ६३ बलमा ११ चौका र ५ छक्का प्रहार गरी १०५ रन बनाए। त्यस्तै तिलक बर्माले २० बलमा ५ चौका प्रहार गरी ३१ रनको जोडे। ओपनर इशान किशनले १५ बलमा ३ चौका र १ छक्का प्रहार गरी २३ रनको योगदान गरे। सूर्यकुमार यादव शून्य रन बनाएर आउट हुँदा कप्तान हार्दिक पाण्ड्या २, रोमारियो शेफर्ड १ र टिम डेविड १३ रन बनाएर आउट भएका थिए। बलिङतर्फ चेन्नाईका मथिश पाथिरानाले ४ विकेट लिँदा तुशार देशपाण्डे र मुस्ताफिजुर रहमानले १ विकेट लिए। वाङ्खेडे स्टेडियममा...
कल्पना फाउन्डेसन नेपालद्वारा खप्तडबाबाको अवलोकन भ्रमण सम्पन्न

कल्पना फाउन्डेसन नेपालद्वारा खप्तडबाबाको अवलोकन भ्रमण सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३ बैशाख – कल्पना फाउन्डेसन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थलको रुपमा परिचित रहेको “पर्यटन प्रवर्द्धनमा हाम्रो एकिबद्धता” भन्ने मूल मर्मका साथ खप्तडबाबाको अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्वमा आयोजित फाउन्डेसनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरिएको थियो । उक्त विभागका अन्य सदस्यहरूमा चरित्रा शाह, गीता अर्याल, बोधराज प्याकुरेल र इन्दिरा गौतम रहेका छन् । यसै गरी फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाद्वारा सम्पूर्ण उपस्थित साहित्यिक एवं योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागत गर्नु भएको । कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुका साथै फाउन्डेसनले आगामी दिनहरूमा कला र संस्कृति विभाग समेत गठन गर्ने योजना रहेका कुरा व्यक्त गरेका थिए । संयोजक चयन भए पश्चात् लेकप्रसाद प्याकुरेलले फ...
चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा गर्‍यो नौ सैनिक अभ्यास

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख –चीनको विरोधका बावजुद फिलिपिन्सले दक्षिण चीन सागरमा जापान, अस्ट्रेलिया र अमेरिकासँगै संयुक्त नौ सैनिक अभ्यास सञ्चालन गरेको छ । पछिल्लो समय दक्षिण चीन सागरका विषयलाई लिएर चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ । यससँगै चीनले फिलिपिन्सलाई कुनै किसिमको अभ्यास सञ्चालन नगर्न चेतावनी दिएको थियो । फिलिपिन्सले दक्षिण चीन सागरमा रहेको सेकेण्ड थोमस शोल नजिकै नौ सैनिक अभ्यास सञ्चालन गरेको हो । यो स्थान फिलिपिन्सको पलवान टापुबाट १ सय ९४ किलोमिटर र चीनले आफ्नो सार्वभौमिकता दाबी गर्ने मिशसेफ रिफबाट ३२ किलोमिटरको दुरीमा रहेको छ ।त्यसअघि चीनको रक्षा मन्त्रालयका प्रवक्ता वु चियानले सेकेण्ड थोमस शोलमा समेत आफ्नो मुलुकको दाबी रहेको भन्दै सो क्षेत्रमा कुनै पनि उत्तेजक गतिविधि नगर्न चेतावनी दिएका थिए । सेकेण्ड थोमस शोल क्षेत्रमा फिलिपिन्सको बीआरपी सिएरा माद्रे पानीजहाज रोकिएको ...
उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच

उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच

आस्था, प्रदेश ५, बिचार, राजनीति, शिक्षा/स्वास्थ्य
‘क्लिन स्वीप’ गर्ने बीजेपीको महत्वाकांक्षा मनोज घिमिरे ३ बैशाख २०८१, सोमबार   काठमाडौं- बैशाख ७ देखि हुन लागेको भारतको आम निर्वाचनका सन्दर्भमा खबरहबले यसअघि बिहार र पश्चिम बंगालको चर्चा गरेको थियो । तेस्रो श्रृंखलामा यहाँ नेपालसँग सीमा जोडिएको र हिन्दुवादको नारामा झुमिरहेको भारतको सबैभन्दा बढी सिट ओगट्ने उत्तर प्रदेश राज्यका बारेमा चर्चा गरिएको छ । भारतको सबैभन्दा धेरै सिट (८० सिट) रहेको उत्तर प्रदेश राज्य नेपालसँग सीमाना जोडिएको मात्र छैन, तराईको भूभागसँग संस्कृति पनि जोडिएको क्षेत्र पनि हो । भारतको राजनीतिमा उत्तर प्रदेशका केही फरक विशेषता छन् । राजधानी दिल्लीको गेटवेको रूपमा परिचित भएका कारण सो राज्य भारतको आर्थिक र सांस्कृतिक रूपले महत्त्वपूर्ण मानिन्छ । भर्खरै राम मन्दिर बनेको चर्चित धार्मिकस्थल अयोध्या पनि यहीँ पर्छ । अघिल्लो चु...
विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न, प्रतिष्ठित युवाहरू सम्मानित

विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न, प्रतिष्ठित युवाहरू सम्मानित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – विश्व युवा सम्मेलन थाइल्यान्डमा सम्पन्न भएकाे छ । ग्लाेबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयाेजित दुई दिने द याेङ्ग एचिभर्स समिट एण्ड अवार्ड २०२४ आइतबार सम्पन्न भएकाे हाे । बैंककस्थित सुकुम्बितमा आयाेजित समारोहमा थाइल्यान्डकाे प्रतिनिधिसभा सांसद सुपाकाेन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीराेज लाखनाडिसाेरान, याेंग जेनेरेसन नेटवर्क (वाइजिएन) काे संयाेजक नाथाकृत छाइछनाकुल, विभिन्न देशका युवा प्रतिनिधि सहभागी थिए । ग्लाेबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालकाअनुसार सम्मेलनमा विभिन्न देशमा प्रतिष्ठित २० जना बढी युवाहरूलाई याेंग एचिभर्स अवार्ड प्रदान गरिएकाे छ । थाइल्यान्ड निवासी लाेकेन्द्र ओली, अमेरिका निवासी अशाेक नेगी, युवा उद्यमी सुनिल खड्कालगायत नेपाली युवा पनि अवार्डबाट सम्मानित भए । ग्लाेबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भ...
गोर्खा सैनिकको कल्याणका लागि भारत सरकार सदैव प्रतिवद्ध छ : भारतीय सेनाका लेफ्टिनेन्ट जनरल

गोर्खा सैनिकको कल्याणका लागि भारत सरकार सदैव प्रतिवद्ध छ : भारतीय सेनाका लेफ्टिनेन्ट जनरल

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ बैशाख – भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन्। पाँच दिने नेपाल भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुभयो साथै काठमाडौं, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत र्‍यालीलाई सम्बोधन गरेका थिए। उनले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरे। साथै भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिवद्ध रहेको बताएको भारतीय दूतावासल...
ह्याट्रिकको योजनामा रहेका मोदीको संकल्पः जेष्ठ नागरिकको नि:शुल्क उपचार, तीन करोड गरिबलाई घर उपहार

ह्याट्रिकको योजनामा रहेका मोदीको संकल्पः जेष्ठ नागरिकको नि:शुल्क उपचार, तीन करोड गरिबलाई घर उपहार

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३ बैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ह्याट्रिकको योजनामा छन्। दुई कार्यकाल अर्थात् १० वर्ष भारतको प्रधानमन्त्री बनेका मोदी लोकसभा निर्वाचनबाट पनि भारतीय जनता पार्टी (विजेपी) बहुमत दिलाउन चाहन्छन्। विजेपीको चुनावी संकल्पपत्र सार्वजनिक गर्दै मोदीले ७० वर्षमाथिका जेष्ठ नागरिकको उपचार निशुल्क हुने घोषणा गरेका छन्। यसको सीमा ५ लाख भारु तोकिएको छ। त्यस्तै, ३ करोड गरिब परिवारलाई घर उपहार दिने घोषणा पनि विजेपीले गरेको छ। संकल्पपत्रमा महिला, युवा, गरिब र किसानको सशक्तीकरण जोड दिइएको छ। त्यस्तै, गरिबलाई निशुल्क राशन कार्यक्रम सन् २०२९ सम्म चलाइने वाचा गरिएको छ। मोदीले आफ्नो पार्टीको १० वर्षको शासनमा सुरु गरिएका सामाजिक कार्यक्रमलाई विस्तार गर्ने घोषणा पनि गरेका छन्। मोदी सरकारले गरिब किसानलाई प्रतिवर्ष ६ हजार भारतीय रुपैयाँ प्रदान गरिरहेको छ । सन् २०२७ सम्म भ...